Monday, January 10, 2011

शिक्षामा सूचना तथा सञ्चार प्रविधि ( आइ टी ) कार्यक्रम स्याङ्जाबाट सुरु

लोकनाथ मरासिनी

पौष २६, स्याङ्जा ।

सामुदायिक रेडियो स्याङ्गजा सुन्न नभुल्नु होला 
   सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्ने उद्धेश्यका साथ अगाडि बढाइएको शिक्षामा सूचना तथा सञ्चार प्रविधि कार्यक्रम सोमबार स्याङ्जाबाट औपचारीक रुपमा सुरुवात गरीएको छ ।

  शैक्षिक क्षेत्रमा अगाडि रहेको स्याङ्जामा मुलुकमै पहिलो पटक उक्त कार्यक्रम वालिङ ८ खहरेस्थित रणवीर जनहित उच्च मध्यामिक विद्यालयबाट शुरुवात गरिएको हो ।

   निजी विद्यालयहरुले शिक्षण सिकाईमा सुचना तथा सञ्चारको विधि प्रयोग गरेकाले विद्यार्थीहरुको सकिाई उपलब्धी उत्कृष्ट हुदै गएको अवश्थामा सामुदायिक विद्यालयहरुमा पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप उपलव्ध गराउने उद्देश्यले स्याङ्जामा पहिलोपटक सो कार्यक्रम कार्यशाला गोष्ठि मार्फत शुभारम्भ गरिएको छ ।

 सन् २०२५ सम्म देशभरका करीव ३३ हजार विद्यालयमा उक्त कार्यक्रम लागु गर्ने सरकारको लक्ष्य रहेको छ ।
 शिक्षामा सूचना तथा सञ्चार प्रविधि विषयक दुईदिने कार्यशाला गोष्ठीको शिक्षा सचिव शंकर पाण्डेले सोमबार वालिङ्मा उद्घाटन गर्दै सूचना प्रविधिको माध्यमबाट विद्यार्थीहरुलाई पारङ्गत बनाउन कार्यक्रम लागु गरिएको बताउनुभयो ।

 त्यस्तै शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले विद्यालय र विद्यार्थीले नयाँ प्रविधि प्रयोग गरेर सिकाई उपलव्धी फलदायी बनाउनु पर्ने बताउनुभयो ।

 उहाँले सवै विद्यार्थीको सूचना र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

निर्देशक खगराज बरालले सूचना प्रविधिको ज्ञानविना डिग्री पास गरेर पनि निरक्षर जस्तो ठहरिन सक्ने भएकाले यसको पहुँच र वदलिदो परिस्थिति अनुसार सीप हासिल गर्न पाइलट प्रोग्रामको रुपमा स्याङ्जामा लागु गरिएको बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापा, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बावुराम पौडेल, रणवीर जनहित उच्च माविका अध्यक्ष सूर्यप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।
 जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले स्वागत र शिक्षा विभागका शाखा अधिकृत दिपेन्द्र सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

No comments:

Post a Comment