Sunday, January 9, 2011

पाँच वर्षभित्र स्याङ्जा दुव्र्यसनी मुक्त जिल्ला हुने

प्रकाश डोटेल

स्याङ्जा–२५, पौष ।

युवा वर्गहरुको जटिल समस्याका रुपमा रहेको दुव्र्यसनीको कुलतमा दिनप्रदिन युवाहरु फस्दै गईरहेको अवस्थामा जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आगामी पाँच वर्ष भित्रमा स्याङ्जालाई दुव्र्यसनी मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् ।

      जिल्लामा क्रियाशिल युवाहरुको बि–फाईभ समुह स्याङ्जा संस्थाले आयोजना गरेको एच.आई.भी. एड्स तथा दुव्र्यसनी न्युनिकरण र निवारणमा तपाई हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानलाई सफल बनाउने बताएका थिए ।

      विश्वमा विकराल रुप लिदै गएको एच.आई.भी.र दुव्र्यसनीलाई न्युनिकरण तथा निवारण गर्ने तर्फ स्थानिय युवाहरुले देखाएको सक्रियतालाई ध्यानमा राख्दै स्थानिय राजनीतिक दल, प्रशासन तथा सुरक्षा निकाय र नागरिक समाजले दुव्र्यसनी मुक्त जिल्ला बनाउनमा अभियानमा पुर्ण रुपमा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका हुन् ।

      अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एच.आई.भी. एड्स न्युनिकरण गर्न मानवीय सुरक्षित गतिविधि र विदेशीने जनशक्तिलाई सचेतनाको अभियानमा समाबेश गर्नुपर्ने बताए ।

       दुव्र्यसनीमा लागेकालाई सरकारी तबरबाट कारबाही गर्नमा कानुनी प्रावधान कडा नभएको स्पष्ट पार्दै प्रजिअ वलीले दुव्र्यसनी निवारण गर्नमा परिवार र समाजको महत्वपुर्ण जिम्मेवारी रहेकोमा जोड दिए ।

      स्याङ्जामा विषेश गरि पोखरा र बुटवल क्षेत्रबाट लागु औषधका सामाग्रीहरु आउने भएको हुदा त्यसको नियन्त्रणमा लाग्न प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले युवाहरुलाई आग्रह गरे । उनले जिल्लामा करिव ५ सयको हाराहारीमा दुव्र्यसनीको संख्या रहेको दावी गरे ।

      अन्तरक्रियामा बोल्दै युवा समाजसेवि राजु थापाले लागुऔषधको कुलतमा लाग्ने युवा वर्ग नै त्यस विरुद्ध लागेको अवस्थामा राज्यले नीतिगत रुपमा यसको नियन्त्रणमा चासो राख्नुपर्नेमा जोड दिए । लागुऔषधको दुव्र्यसनीमा लागेकालाई सतमार्गमा ल्याउन समाजका हरेक वर्गले सकारात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड थियो ।

      त्यस अवसरमा पुर्व दुव्र्यसनीमा लागेर पुर्नजीवन प्राप्त गर्दै दुव्र्यसनी विरुद्धको अभियानमा संलग्न स्थानिय नविन अर्याल र कुम्भराज गुरुङ् युवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुले दुव्र्यसनीको समय र वर्तमान जीवनका बारेमा बोलेका थिए ।

      एकीकृत नेकपा माओवादी शिव पौडेल, नेपाली काँग्रेसका मुन्ना सेख, स्थानिय विकास अधिकारी रामजी बराल, डा. तारानाथ पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले दुव्र्यसनी निवारणमा युवाहरुको सहभागिता अनिवार्य भएको बताए ।

        स्थानिय समाजसेवि पोमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संकल्प समुहका लक्ष्मण खाँण, सैदुद्धिन मियाँ, नारायण लम्साल लगाएतका वक्ताहरुले बोलेका थिए । अभियानलाई सफल बनाउन युवाहरुको बि–फाईभ समुहलाई विधिवत रुपमा दर्ता गरिने भएको छ ।

No comments:

Post a Comment