Thursday, January 13, 2011

माओवदी संविधान निर्माणको पक्षमा नभएको विश्वकर्माको आरोप



एमालेका कारण गतिरोध अन्त्य भएको राज्य मन्त्री गौतमको दावि


लोकनाथ मरासिनी
रेडीयो स्याङ्गजा 
पौष २९, स्याङ्जा ।  

      एकीकृत नेकपा माओवदीले संविधान निर्माण कुनै पनि हालतमा गर्न नचाहेको नेकपा एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्माले आरोप लागाउनुभएको छ ।

 संविधान निर्माणका क्रममा देखिएका विवाद मिलाउन सफल माओवदी अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उच्चस्तरीय संयन्त्रलाई भंग गर्ने निर्णय माओवदी स्वयमले गर्नु त्यस्को पुष्टी गर्ने आधर भएको विश्वकर्माको दाबि थियो ।

  नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाको पाँचौ जिल्ला सम्मेलनको उदघाटन सत्रलाई विहिबार सम्बोधन गर्दै संविधान सभा सदस्य समेत रहनुभएका विश्वकर्माले नेपालि जनताले प्रप्त गरेका उपल्बधीहरु पनि गुम्ने खतरामा रहेकातर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभएको हो ।

  उहाँले परिवर्तन संस्थागत गर्नका लागि राजनितिक दलहरुले शान्ति प्रकृया टुंगोमा पुराउदै थप गरीएको समयमा संविधान निर्माण गरी जनतालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

      नयाँ बन्ने संविधानमा दलित हक अधिकारहरु समेटिनेमा विश्वस्त हुन आग्रह गर्दै विश्वकर्माले सबैभन्दा धेरै नयाँ संविधान दलित बर्गलाईनै खाचो रहेको उल्लेख गर्नुभएको थियो ।

  सोहि कार्यक्रममा सामान्य प्रशासन राज्य मन्त्री जितु गौतमले एमालेको महत्वपुर्ण निर्णयका कारण १६ औ चरणसम्म पुगेको अर्थहिन निर्वाचन प्रकृयाको अन्त्य भई नयाँ प्रकृयाको सुरुवत भएको दावि गर्नुभएको थियो ।
 एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका गौतमले राजनितिक दलहरुको सत्ता मोहका कारण यो देशमा सरकार समेत गठन हुन नसकेको भन्दै आफुहरुलाई लामो समयसम्म कामचलाउ भएर बस्न रहर नभएको बताउनुभयो ।

 नेपाल उत्पीडित जातिय मुक्ति समाज नेपालका केन्द्रिय अध्यक्ष समेत रहनुभएका गौतमले आफुहरु सरकारमा रहदा दलित हक अधिकारका विषयमा धेरै गरेको दावि समेत गर्नुभयो ।

      अन्तरजातिय विवाहा गर्ने जोडिलाई राज्यको तर्फबाट सम्मान गर्दै पुरस्कार दिने व्यवस्थाले दलितहरुमा उत्साहा थपेको दावि गर्दै दलित बर्गहरुको सुनौला दिनहरु धेरै टाढा नभएको बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री मोदनाथ पश्रितले अरुलाई अछुत ठान्ने मान्छेहरुनै अछुत हुन भन्दै हिनताबोध नगरी अगाडि बढन आग्रह गर्नुभएको थियो ।

 सोहि कार्यक्रमलाई सम्बोधन गर्दै इनसेकका अध्यक्ष सुबोधराज प्याकुरेलले कानुनभन्दा पनि माथि हुने संस्कार माथि शसक्त प्रहार आवश्यक रहेको बताउनुभयो ।

  यस्तै पुर्व उद्योग मन्त्री तथा उद्योगि हरी पाण्डेले सहयोगहरुलाई सम्बन्धित क्षेत्रमा सदुपयोग गर्न आग्रह गर्दै स्याङ्जाका दलित महिलाहरुको उत्थानका लागि आफुले १ लाख रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो ।

      पाण्डेले यस अगाडिनै दलित विद्यार्थिहरुका लागि छात्रबृति स्वरुप ५० हजार नगद समेत प्रदान गरीसक्नुभएको थियो ।

      कर्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष तथा एमाले केन्द्रिय कमिटि सदस्य जगत विश्वकर्मा, एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य टेकु नेपाली, राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द नेपाली, एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, समाजका केन्द्रिय सदस्य धनबहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वली, अनेमा संघ स्याङ्जाका अध्यक्ष देवी थापा, समाज कास्कीका अध्यक्ष लालबहादुर परियार, दलित संघ स्याङ्जाका अध्यक्ष खडकबहादुर दर्जि लगायतले नेपालमा दलित समुदायले भोग्दै आएका विषयवस्तुहरुका बारेमा बोल्नुभएको थियो ।

साम्पन्न सोहि कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाले विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत प्रदान गरेको छ ।









नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाका अध्यक्ष खडकबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा स्वागत उपाध्यक्ष धनमाया विश्वकर्माले गर्नुभएको थियो भने संचालन जमनसिंह नेपालिले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

No comments:

Post a Comment