Saturday, January 8, 2011

ओरस्टे मा कृषि सहकारी संस्था लिमिटेड को साधरण सभा आज सम्पन्न


रेडियो स्याङ्गजा 

लोक नाथ मरासिनी ,२४ पुष 

समावेशी कृषि सहकारी संस्था लिमिटेड ओरष्टे ४ मिलन टोल स्याङ्जाको पहिलो वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । गाविस भित्र रहेका कृषकहरुको जिवनस्तरी बृद्धि गर्नका लागि व्यवसायिक कृषि प्रणालिको विकास गर्ने उद्धेश्यले संचालित सहकारीले साधरण सभा सम्पन्न गरेको हो । गाविस भित्रका ४०७ जना शेयर सदस्य रहेको सहकारी साधरण सभाको एक कार्यक्रमका विच सहयोगि संस्था सुर्यादय क्लबका मोतिप्रसाद मरासिनीले उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष टोपबहादुर थापाको सभापतित्वामा सम्पन्न कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन राधा पौडेलले तथा लेखा प्रतिवेदन कोषध्यक्ष निलबहादुर रानाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव जुनुमाया पौडेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ज्यानबहादुर आलले गार्नुभएको संस्थाले जानकारी दिएको छ ।

साहुथधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को साधरण सभा सम्पन्न

रेडियो स्याङ्गजा

साहुथधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भाटखोला ३ स्याङ्जाको वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभाले आर्थिक वर्ष ६६÷६७ सम्मको १७ लाख ७५ हजार ५ सय ७४ रुपैयाको लेखा परिक्षण प्रतिवेदन अनुमोदन  तथा ६७÷६८ का विभिन्न प्रस्तावित कार्यक्रमहरुको स्वीकृती गरेको छ । संस्थाले कृषकहरु तथा मजदुरहरुलाई प्ेशा प्रति आकर्षति गर्नका लागि पेन्सन योजना संचालनमा ल्याउने निर्णय समेत गरेको छ । सो योजना अन्र्तगत कृषक तथा मजदुरहरुले मासिक ५ सयका दरले २० वार्ष  सम्म रकम जम्मा गर्नुपर्ने संस्थाले जानकारी दिएको छ । १७२ जना शेयर सदस्य रहेको संस्थाले संचालित विभिन्न योजना अन्र्तगत बाल खुत्रेके, नियमित अनुशाशित बचत कर्ता र व्यवसायमुल कृषकलाई आज सोहि कार्यक्रमका विचमा सम्मान समेत गरीएको छ । संस्थाका अध्यक्ष मिनबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव शर्मा, माओवदी भाटखोला इन्चार्ज पुर्णबहादुर रानाभाट, एमाले क्षेत्र नं. १ क्षेत्रिय सदस्य गिता शर्मा, लोखा संयोजक चेतबहादुर रानाभाट लगायतले बोल्नुभएको थियो । संस्थाका सचिव तथा व्यवस्थापक रेशमलाल रानाभाटले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गोविन्द रानाभाटले स्वागत मन्तव्य राख्नुभएको थियो । विभिन्न संस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न कार्यक्रममा आफ्नो पुरानो परम्परालाई बचाई राख्ने उद्धेश्यले खाजाको रुपमा पारम्परागत पानि रोटिको प्रयोग गरीएको संस्थाले जानकारी दिएको छ !



शिवालय उच्च माध्यामिक विद्यालय जगत्रदेवी गाउँ विकास समिति वडा नं. ३ बलाम गुठीको  ४५ औँ वार्षिकोत्सव कार्यक्रम



शिवालय उच्च माध्यामिक विद्यालय जगत्रदेवी गाउँ विकास समिति वडा नं. ३ बलाम गुठीको  ४५ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय स्याङजाका उपसचिव दिपेन्द्र ढकालले समय परिस्थिती  अनुकुलको शिक्ष दिन नसके सरकारी विद्यालय धर्मशालामा परिणत  हुन सक्ने भन्दै  शैक्षिक विकासका लागि त्रिपक्षीय सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिनु भयो  ।  कार्यक्रममा विद्यालय निरिक्षक तोयानाथ लम्साल, स्रोत व्यक्ति झवनाथ शर्मा ,गल्याङ बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सिग्देल ,गा.वि.स.का पुर्व अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ, अभिभावक नमिन्द्र श्रेष्ठ, ढाकाराम न्यौपाने, महोन कमाचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रमा योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान समेत गरीएको थियो ।

ग्रमिण स्वालम्बन बहुउद्धेश्य सहकारी संस्था लिमिटेड अर्जुनचौपारी स्याङ्जाको ८ औ वार्षिक साधरण सभा  सम्पन्न :



ग्रमिण स्वालम्बन बहुउद्धेश्य सहकारी संस्था लिमिटेड अर्जुनचौपारी स्याङ्जाको ८ औ वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । अर्जुनचौपारी भित्रका सम्पुर्ण ११ सय ४ घरधुरीनै सेयर सदस्य रहेको संस्थाको साधरण सभाले ३ करोड ४७ लाख १५ हजार ५ सयको अगामि आर्थिकवार्षको अनुमानित कारोबार विवरण समेत अनुमोदन गरेको छ । सहकारीका अध्यक्ष दिर्घनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जाका पुर्व साप्काका इन्जीनियर तथा रामपुर क्याम्पसका प्रध्यापक ओमप्रकाश सिंह, तोयानारायण रिजाल, अम्बिका रोकाहा, क्षेत्रबहादुर रोकाहा, उत्तम थापा, थानापति न्यौपाने लगायतले बोल्नुभएको थियो । लेखा समितिका संयोजक धनबहादुर गुरुङ्ले लेखा प्रतिवेदन तथा शालिकराम काफ्ले संस्थको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन बोधनारायण रेग्मीले गर्नुभएको थियो भने संचालन प्रेमबहादुर थापाले गर्नुभएको थियो ।

भाटखोलामा प्लाष्टिक नियन्त्रण परियोजना कार्यक्रम

सामाजिक रुपान्तरण तथा बातावरण सुधार गर्न कालो प्लाष्टिक नियन्त्रण गर्नुपर्नेमा विषयमा स्थायिन युवाहरुको सक्रियतामा स्याङ्जाको भाटखोलामा आज एक कार्यक्रम सम्पन्न भएको छ ।  सहारा समुह स्याङ्जाको सहयोगमा जनप्रिय उच्च मावि भाटखोलामा गठित युवाक्लबको पहलमा प्लाष्टिक नियन्त्रण परियोजना कार्यक्रमका विषयमा स्थानिय व्यापारी, संस्घ संस्थाका प्रतिनिधि, शिक्षक बुद्धिजिविहरु तथा विद्यार्थिहरुविच छलफल भएको हो । कार्यक्रममा प्लाष्टिकको झोला प्रयोगलाई विस्तारै कम गर्दै लैजाने त बातावरण सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरीएको छ । भेलामा उपस्वास्थ्य चैकीका प्रमुख नगेन्द्र पौडेल, जनप्रिय उच्च माविका प्रचार्य बलराम दोरंगा, रेडक्रस उपशाखाका सभापति मिनबहादुर रानाभाट, परशुरामा रानाभाट, कृष्ण शर्मा, शिक्षक लालबहादुर क्षेत्री, भीमप्रसाद सुवेदी विद्यार्थि ओशन रानाभाट, मनिषा अधिकारी लगायतले बोल्नुभएको थियो । मोहन रानाभाटको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव नविन विकले गर्नुभएको थियो ।

एच. आई. भि सचेतना कार्यक्रम

मालुङ्गा गाउँ विकास समिति स्याङ्जाका स्थानिय अगुवाहरुले एच.आई.भि प्रभावित तथा संक्रमितहरुप्रति हुने लान्छना तथा भेदभावलाई कम गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जा सपोर्ट ग्रपको सकरात्मक रोकधाम कार्यक्रम अन्र्तग  मालुङ्गामा आयोजित कार्यक्रममा उनिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । उनिहरुले मैले एच. आई. भि सङ्क्रमितहरुसँग बस्दा खादा भेदभाव गर्दा भेदभाव गर्ने छैन्, मानसिक चोट पुग्ने व्यावहार गर्ने छैन्, भेदभाव घटाउने प्रयास गर्ने छु जस्ता प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा गाविसका प्रत्यक वडाका महिला स्वयमसेवीकाहरु, गाविसका संयन्त्रहरु, शिक्षक, विभिन्न क्लबका प्रतिनिधि, संक्रमित तथा प्रभावित लगायतको सहभागिता रहेको  थियो । एच.आई.भि एडसका बारेमा अनुभुति गराई सङक्रमितहरुलई समुदायमा बस्ने बातावरणको विकास गर्ने, राम्रो व्यवहारका लागि अगुवाहरुलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम संचालन गरीएको हो । कार्यक्रममा गाविस सचिव डोलराज बस्याल, स्थानिय स्वास्थ्य चौकिका प्रमुख डा लक्ष्मीकान्त शर्मा लागायतले बोल्नुभएको थियो । स्याङ्जा सपोर्ट ग्रुपका सदस्य मैना सेनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परियोजना संयोजक विजय ज्ञावलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने संचालन लक्ष्मी जिटीले गर्नुभएको थियो ।

ओरष्टे, टक्सार तथा पंचमुल र आरुचौर गाबिस मा एमाले प्रशिक्षण

नेकपा एमाले स्याङ्जाले कार्यकर्ता प्रशिक्षण अभियनलाई तिव्र पारेको छ । यसै अन्र्तगत ओरष्टे, टक्सार तथा पंचमुल र आरुचौर गाउँ कार्य समितिको अयोजनामा प्रशिक्षण  भेलाहरु सम्पन्न भएको समचार प्रप्त भएको छ ।
ओरष्टे गाविसमा  एमाले जिल्ला कमिटि अध्यक्ष चक्रबहादुर पराजुलीको नेतृत्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जसमा पुर्वजिल्ला कमिटि सदस्य चुनप्रसाद शर्मा, क्षेत्रिय कमिटि सदस्य थमनराज गुरुङ् लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । गाविसका  १५० जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता गाउँ कार्य समिति अध्यक्ष तारापति पोखरेलले गर्नुभएको थियो भने संचालन सचिव बालनन्द पोखरेलले गर्नुभएको थियो ।
त्यस्तै टक्सार गाउँ विकास समितिमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नारायण मरासिनीको नेतृत्वमा प्रशिक्षण कार्य सम्पन्न भएको छ । जसमा एमाले जिल्ला कमिटि उपसचिव सुधिर पौडेल सचिवालय सदस्य सिमा क्षेत्रि, जिल्ला कमिटि सदस्य देवी थापा, खडकराज सुवेदी, क्षेत्रिय कमिटि सदस्य विश्व पौडे, लोकनाथ रेग्मी लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । गाउँ कार्य समितिका अध्यक्ष गोपिनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पोबनाथ पौडेलले र्गुभएको थियो भने स्वागत इमान विक्रम केसीले गर्नभएको थियो ।
त्यस्तै पंचमुल र आरुचौर गाउँ कमिटीको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पंचमुल गाउँ कार्य समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आरुचौरका सचिव इश्वरी चापागाईले गर्नुभएको थियो भने आरुचौरका अध्यक्ष टंक सापाकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अंचल कमिटि सल्लाहाकार परिषद सदस्य कृष्ण गुरुङ् लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

एमाले को रामकोष फलबारीमा बृहत सहभोज कार्यक्रम सम्पन्न

रेडियो स्याङ्गजा 
नेकपा एमाले पुतलिबजार नगरपालिका वडा नं. ९ स्याङ्जाको अयोजनामा आज रामकोष फलबारीमा बृह सहभोज कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्तरका देखि वडा स्तरका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा ५०० जनाको सहभागिता रहेको वडा कमिटिले जानकारी दिएको छ । एमाले स्याङ्जाका सचिव पुण्य भुषलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय पार्टिका क्रियाशिल पुराना कार्यकर्ता हर्कबहादुर केसीलाई सम्मान समेत गरीएको थियो । वडा कमिटि अध्यक्ष विश्वप्रकाश मल्लाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन राजेश पुरीले गर्नुभएको अमृत श्रेष्ठले जानकारी दिनुभएको छ ।

एमाले कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम

लोक नाथ मरासिनी

नेकपा एमाले स्याङ्जाको अयोजनामा पुतलिबजार नगर क्षेत्रभित्रका विभिन्न वडाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । वडा नं. १, २, ३, ४, ५ र ११ का करीब १५० जनालाई आज प्रशिक्षण प्रदान गरीएको एमालेले जनाएको छ । पार्टि कार्यलयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा विभिन्न वडामा एमालेमा प्रवेश गरेका नव प्रवेशिहरुलाई सपथ ग्रहण समेत गराईएको थियो । वडा नं. १ वडा कमिटि अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याज्ञ पौडेल, मोहन रेग्मी, लोकराज शर्मा लागायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । वडा नं. ५ वडा कमिटि सदस्य सिद्धिमान कुमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन मानोज मल्लले गर्नुभएको थियो ।

कांग्रेसको जनजागरण अभियान :स्याङजाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु सम्पन्न

लोक नाथ मरासिनी

नेपाली कांग्रेसको तीन महिने जनजागरण अभियान अन्तर्गत स्याङजाका विभिन्न ठाँउमा आज पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यसैक्रममा खिलुङ्गदेउरालि गाविसमा एक कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीले संविधान निर्माणको प्रमुख बाधक माओवदी भएको आरोप लागाउनुभयो । उहँले लोकतन्त्रको विकल्प कुनै पनि हालतमा कम्युनिष्ट हुनै नसक्ने ठोकुवा समेत गर्नुभएको थियो । कार्यक्रममा पार्टिमा लामोसमयसम्म क्रियाशिल विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरीएको थियो भने पार्टिमा नवप्रवेशिहरुलाई समेत स्वागत गरीएको कांग्रेस खिलुङ्गले जनाएको छ । कार्यक्रममा तरुणदलका तिलबहादुर केसी, नेविसंघका कुमार थापा, रेश्मप्रसाद रेग्मी, शिव रेग्मी लगायतले बोल्नुभएको थियो । गाँउ कार्य समिति सभापति तोयानाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन हरिप्रसाद अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य खेमथापाले गर्नुभएको थियो  । सोहि भेलाले गाउँस्तरीय पार्टिका विभिन्न भातृ संगठनहरु समेत गनठ गरेको छ ।
नेपालि कांग्रेस नगर समिति पुतलिबजार नगरपालिका वडा नं. १० खुमलटारी स्याङ्जामा आज कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपालि कांग्रेस पुर्व जिल्ला सभापति श्रीप्रसाद जिटिले मुलुकमा लोकतन्त्र कायम रहनका लागि लोकतन्त्र बादिहरुमा एकता कायम रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुन्ना शेख, प्रेमनारायण गौतम, जयप्रसाद गौतम, इन्द्र हमाल, मनबहादुर रोकाहा लगायतले बोल्नुभएको थियो । वडा सभापति दुर्गाबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मनबहादुर रोकाहाले गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेस पिडीखोला गाऊ कार्य समितिको आयोजनामा पिडीखोला ४ डुडेमा पनि कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघ स्याङजाका सभापति गुरुप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगिसरा भण्डारी, अजित क्षेत्री, विष्णु अधिकारी ,नेत्रप्रसाद सापकोटा, विनोद रखाली, कमलापति भूषाल लगाएतले बोल्नुभएको थियो । भेलाले जयश्वर पाण्डेयको अध्यक्षतामा १९ सदस्य गाउ कार्यसमिति समेत गठन गरेको छ । कार्यक्रमको संचालन सचिव तिलकप्रसाद चापागाईले गर्नु भएको थियो ।

Friday, January 7, 2011

कम्प्युटरबाट विद्युतको महसुल भुक्तानी

प्रकाश डोटे स्याङ्जा-२२, पौष
विद्युत महसुल तिर्न लाईनमा बस्नुपर्ने बाध्यता सहदै आएका स्याङ्जाका विद्युत उपभोक्ताहरुलाई अब सहज हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कार्यालय जिल्ला शाखामा स्याङ्जामा कम्प्युटर प्रणाली लागु भएपछि महसुल बुझाउन सहज हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको २२ लाख बराबरको कम्प्युटर र सफ्टवयर सहयोग र जिल्ला शाखाको करिव एक लाखको लागतमा कम्प्युटर जडान भएपछि उक्त प्रणालीबाट महसुल बुझाउन पाउने भएका हुन् ।
जिल्ला सदरमुकाम पुतलीबजार र आसपासका क्षेत्रका करिव २० गाविसका करिव १५ हजार विद्युत उपभोक्ताहरु रहेका छन्, विद्युत प्राधिकरण जिल्ला शाखाका प्रमुख ओमप्रकाश शाहले भने, उपभोक्ताहरुलाई लाईनमा बस्नुपर्ने समस्या हटेर गएको छ ।
खाता प्रणाली हुदा एउटा ग्राहकको बिल भुक्तानीको लागि करिव पाँच मिनेट लागने गर्थो । प्रमुख शाहले थपे, कम्प्युटर प्रणालीबाट एउटा ग्राहकको बिल भुक्तानीका लागि मात्रै बढिमा दर्ुइ मिनेटको समय लाग्छ ।

सम्भाव्यता अध्ययनका लागि कालिगण्डकीमा जलयात्रा

प्रकाश डोटेल स्याङ्जा-२२, पौष
ट्रेकिङ् एशोसियसन पोखराको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको व्यवस्थापनमा स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल रामनदीधाम (राम्दीघाट) देखि नवलपरासी जिल्लाको देवघाट क्षेत्रसम्मको कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) तथा त्यस क्षेत्रका पर्यटकीय स्थलको सम्भाव्यताको अध्ययन शुरु भएको छ ।
कालिगण्डकी नदी किनारबाट देखिने समथर फाँट र पहाडी भागको मनोरम दृश्य तथा स्याङजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लामा पर्ने नदी किनारामा रहेका धार्मिक स्थलहरुको दृश्य अवलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी जलयात्रा (र्‍याफ्टिङ) सहित पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन शुरुवात गरिएको हो ।
नेपाल सरकारले सन २०११ लाई पर्यटन वर्षघोषणा गरि वर्षशुरुवात भईसकेको समय पारेर स्याङ्जाका-९, पाल्पा-१०, तनहुँ-९ र नवलपरासीका-१० गाविस अर्न्तगत कालिगण्डकी नदीको करिव एक सय १० किलोमिटर भित्र पर्ने जलयात्रा (र्‍याफ्टिङ) क्षेत्रका पर्यटन सम्बन्धी पुर्वाधारहरुको सम्भाव्यता अध्ययन गरिने छ ।
बुधबारदेखि रामनदीधाम (राम्दिघाट) बाट सुरु भएको सम्भाव्यता अध्ययन जलयात्रा (र्‍याफ्टिङ) र पर्यटन क्षेत्रको अध्ययन ५ दिनसम्म संचालन भई नवलपरासी जिल्लाको ऐतिहासिक धार्मिक क्षेत्र देबघाटमा पुगेर पौष २५ गते समापन हुनेछ । टोलीमा एक दर्जन र्‍याफटिङ् बोटमा सरकारका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहित करिव ६० जना सहभागि छ ।
सम्भाव्यता अध्ययनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले नेपालको उत्तरी क्षेत्रमा रहेको मुक्तिनाथदेखि देबघाटसम्मको कालिगण्डकी क्षेत्रमा पर्यटन सम्बन्धी सरकारले बिशेष योजना बनाएर पर्यटन प्रवद्धन गर्दै पर्यटन क्षेत्रको प्रचार-प्रसार गर्न सके राज्यले दिगो आर्थिक आर्जनको स्रोत बनाउन सक्ने कुरामा जोड दिएका थिए ।
सोहि अवसरमा संविधानसभाका सदस्य गोमा पाठकले विश्वमै प्रसिद्ध कालिगण्डकी नदी किनारमा रहेका क्षेत्रमा कृषिजन्य बस्तु उत्पादनको विकास गर्न सके विदेशमा खेरा गईरहेको जनशक्तिको सदुपयोग हुने स्पष्ट पार्दै नदी किनारमा रहेका बहुमुल्यका शालिकग्राम शिलाहरुको प्रचारमा राज्यले ध्यान दिए आयआर्जनको राम्रो श्रोत हुने बताइन् ।
स्थानिय स्तरमा कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) को सम्भाव्यता अध्ययन गर्न २०६५ र २०६६ सालमा जलयात्रा (र्‍याफ्टिङ) महोत्सव गरिएको भएपनि त्यो दिगो हुन नसकेको हुदा अव राज्य स्तरबाटै अध्ययन गर्न लागिएको डा. बुद्धिमान श्रेष्ठले बताए ।
ज्लयात्रामा सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी, मनेारम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाको रहन-सहन, कला सांस्कृतिको पहिचानका बारेमा जानकारी लिन सकिने छ ।

Wednesday, January 5, 2011

कालीगण्डकीमा आजदेखि ५ दिने -याफ्टिङ् सुरु !

लोक नाथ मरासिनी 
लोकनाथ मरासिनी

पौष २१, स्याङ्जा ।

      पर्यटन वर्ष २०११ को सुरुवातसँगै कालीगण्डकी नदी अन्तर्गत पहिलो पटक स्याङ्जा र पाल्पाको सीमाना राम्दीघाट देखि नवलपरासीको देवघाटसम्म -याफ्टिङ महोत्सब २०६७ सुरु भएको छ ।

      ट्रेकिङ् एसोसियसनको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको सहयोगमा  संचालन गरिएको -याफ्टिङ महोत्सबको आज पश्चिमाञ्चल क्षेत्रिय प्रशासक अर्जुन बहादुर भण्डारीले -याफ्टिङ बोटमा चढेर उद्घाटन गर्नु भयो ।

      उक्त अवसरमा प्रशासक भण्डारीले मुक्तिनाथदेखि देबघाट सम्मको कालिगण्डकी क्षेत्रमा बिशेष योजना बनाएर पर्यटन पर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

      उहाँले त्यस क्षेत्रको पर्यटन बिकासमा स्थानिय जनताको नेतृत्व हुनुपर्ने बताउनुभयो । त्यस्तै कालिगण्डकी ग्रामीण पर्यटन बिकास समितिका सल्लाहाकार डा.बुद्धिमान श्रेष्ठले पर्यटन बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिनु भएको थियो ।

      नदीवाट देखिने मनोरम दृश्य र स्याङजा, पाल्पा, तनहुँ र नवलपरासीको नदी किनारामा भएका धार्मिक स्थलहरुको दृश्य अवलोकन गराई त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी -याफ्टिङ महोत्सब २०६७ शुरु गरिएको हो ।

      जलयात्राले सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी, मनोरम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाका सांस्कृतिक पहिचानका बारेमा जानकारी लिन सकिने छ ।

      -याफ्टिङ महोत्सबमा एक दर्जन ¥याफ्टिङ बोट संचालनमा ल्याइएक छन् । आज राम्दिघाट देखि सुरु भएको महोत्सव ५ दिन सम्म संचालन भई नवलपरासीको देबघाटमा पुगेर २५ गते समापन हुनेछ ।

नेकपा एमाले विद्यार्थि अध्यन दल गठन

लोक नाथ मरासिनी
जनता उच्च माध्यामिक विद्यालय ठुलाडिहि ८ स्याङ्जामा नेकपा एमाले विद्यार्थि अध्यन दल गठन भएको छ । नेकपा एमालेको विद्यालयहरुमा अध्यान दल गठन गर्ने रणनिति अनुसार विद्यालयको कक्षा ११ र १२ मा ऋषिराम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय दल गठन गरीएको हो । जसको उपाध्यक्षमा सरिता गौतम, सचिवमा विष्णु ठकुरी, उपसचिव तिला रेग्मी लगायत रहनुभएको छ । दल गठन कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्यहरु सिमा क्षेत्रि, सिता सुन्दास तथा अनेरास्ववियु जिल्ला सह सचिव गणेश तिमिलसना लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो

विद्यालय व्यवस्थापन समिति गठन

लोक नाथ मरासिनी
जनप्रदिप उच्च माध्यामिक विद्यालय चिलाउनेवास स्याङ्जामा आज सम्पन्न एक भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । सम्पन्न भेलाले रामचन्द्र पौडेलको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ र ताराबहादुर विकको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको समचार प्रप्त भएको छ । विद्यालय निरिक्षक रमेशराज सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको चिलाउनेवासबाट आशोक पौडेलले जानकारी दिनुभएको छ

सामुदायिक रेडियो स्याङ्जाले जिम्मेवारी पुरा गर्नेमा विश्वाश व्यक्त

लोक नाथ मरासिनी

स्याङ्जामा हालै सरुवा भई आउनुभएका स्थानिय विकास अधिकारी राम्जीप्रसाद वरालको अजा सामुदायिक रेडियो स्याङ्जा एफ.एम तथा लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले स्वगत गरेका छन् । लक्ष्मी स्मृति सामुदायिक पुस्ताकलयको सभाहलमा आज एक विशेष कार्यक्रमको अयोजना गरी स्वागत गरीएको हो । स्वागत कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी बरालले जिल्ला विकास समिति स्याङ्जाले रेडियोलाई गर्दै आएको सहयोगलाई निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहँले रेडियो ग्रमिण भेगसम्मका समुदायका लागि सुचनाको भरपर्दे माध्यम भएकाले सामुदायिक रेडियो स्याङ्जाले जिम्मेवारी पुरा गर्नेमा विशवास व्यक्त गर्नुभयो । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय तथा रेडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्टेशन प्रबन्धक ऐकबहादुर गोदारले गर्नुभएको थियो

दुर्व्यबहार नियन्त्रण नभएको एचआईभि सङ्क्रमितहरुको गुनासो

लोकनाथ मरासिनी

पौष २०, स्याङ्जा ।

      एच.आई.भि सङ्क्रमितहरुप्रति आफ्नै घरपरिवार तथा समाजबाट दुव्र्यहार हुने घटना अझै नियन्त्रण हुन नसकेको सदरमुकाम स्यङ्जा बजारमा मंगलबार अयोजित कार्यक्रममा सङ्क्रमितहरुले गुनासो गरेका छन् ।संकल्प सहयोग समुह, स्याङ्जाले अयोजना गरेको जिल्ला स्तरीय सरोकारवलाहरुसँगको छलफलमा सङ्क्रमितहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै स्याङ्जा जगतभञ्ज्याङ्का जगतबहादुर खडकाले आफु एच.आई.भि सङ्क्रमित भएको थाहा पाएपछि आफनै बाबुले दशैमा टिका नलगाइदिएको देखि लिएर कुनै पनि पुजा आजमा समेत समावेश हुन नदिएको पिडा सुनाउनुभयो ।

      संकल्प समुहका कोषध्यक्ष समेत रहनुभएका खडकाले आफु माथि भएको जस्तो दुव्र्यहार अन्यले सहन नपरोस भनेर संस्थामा अबद्ध भएर कार्य गरीरहेको बताउनुभयो ।

      त्यस्तै कार्यक्रममा अर्का सकंरमित मालुङ्गाकि पुनप खडकाले पनि आफु सकंरमित भएपछि घरपरिवारले कुटपिट गरी घरमा बस्न नदिएपछि माइतिको शरणमा बस्न बाध्य भएको दुखेसो पोख्नुभएको थियो ।

      जिल्लामा एच.आई.भि को क्षेत्रमा क्रियाशिल संकल्प सहयोग समुहले अफुले अहिलेसम्म गरेका कार्यको बारेमा जानकारी दिन तथा समन्वय गरी अगाडि बढनका लागि थप छलफलका लागि कार्यक्रम अयोजना गरेको जनाएको छ ।

      समुहले खासगरी जिल्लामा रहेका बालबालिकाहरुप्रति लक्षित गरी विभिन्न कार्यहरु अगाडि ल्याएको जानकारी दियो ।

      स्याङ्जामा सम्पर्कमा आएका २३ जना बालबालिकाहरुमा आफुहरुले शिक्षा, स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यहरु गरीरहेको समुहका कार्यक्रम संयोजक लक्षुमण खाडले जानकारी दिनुभयो ।

       जिल्लाका विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थीतिमा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलिले  एच.आई.भि सङ्क्रमितहरुलाई दुव्यवाहार नभई माय र सदभाव गर्नुपर्नेमा जोड दिदै दुव्यवहारका घटना भएको पएमा प्रशासन कडा कारवाहिका लागि तयार रहेको बताउनुभयो ।

       जिल्लामा रहेको जिल्ला एडस समन्वय समितिले प्रभावकारी कार्य गर्न नसेको भन्ने गुनासो समेत आएको थियो ।

      कार्यक्रममा माओवदी प्रतिनिधि नारायण लम्साल, कांग्रेसका मुन्ना शेख, एमालेका तारा शर्मा, महिला विका कार्यलयका प्रमुख मिरा शेरचन, जिल्ला एडस समन्वय समिति स्याङ्जाका नरेन्द्र चौधरी, जिविस प्रतिनिधि थानापति न्यौपाने लगायतले बोल्नुभएको थियो ।

      संस्थाका अध्यक्ष टोका रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गेमबहादुर नेपालीले गर्नुभएको थियो ।

Tuesday, January 4, 2011

मुक्तिनाथ बैंकको रक्तदान कार्यक्रम

प्रकाश डोटेल स्याङ्जा-२०, पौष

जिल्लाका समाजसेवि तथा प्रतिष्ठित व्यवसायीहरुको पहलमा संचालनमा आएको मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो स्थापना दिवस तथा चौथो वर्षपुरा गरेको अवसरमा स्याङ्जाको वालिङ्मा रक्तदान कार्यक्रम गरेको छ । बैंक नाफामुखी मात्रै होईन, यसको सामाजिक दायित्व पनि छ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा बैंकका कर्मचारी सहित ४२ जनाले रक्तदान गरेका थिए ।
देशका वित्तिय संस्थाहरु नाफामुखी मात्रै छ भन्ने आम नागरिकको सोच रहेका छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले भने, त्यहि सोचलाई परिर्वतन गराउँन रक्तदान कार्यक्रम गरिएको हो । बैंकले स्याङ्जा, कास्की र तनहुँ जिल्लामा गरि ३४ वटा शाखा मार्फ करिव ७० हजार ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
एक करोड ३० लाख चुक्ता पुजीबाट बित्तिय कारोकार शुरु गरेको बैंकको हाल १३ करोड चुक्ता पुँजी, एक अरब ४० करोड निक्षेप संकलन गरि एक अरब ३० करोड कर्जा लगानी गरेको छ ।
आधुनिक तथा लद्युवित्त बैंकिङ्ग कार्यक्रम संचालन गरेको बैंकले एक व्यक्ति एक वचत खाता, एक परिवार एक सफल व्यवसायी बनाउने अभियान अनुशार आर्क्राक योजनाहरु संचालनमा ल्याएको छ ।

NEPAL CHARTER SCHOOL INITIATIVE


Mr Homraj Acharya

The 21st century economy requires a well-trained labor force at all levels of economic activity. The initiative I propose here would expand the possibility of high quality education to everyone in the country through publicly funded, privately managed education initiative. Under this initiative, schools would be established by private entities and the government would provide funding to schools based on the number of students enrolled in specific grades and programs. Because there are different needs in the various grades in schools, the funding has to be weighted to reflect the reality of program needs. This initiative would be called the Nepal Open Choice Initiative or Charter Initiative.A charter school is a public school operated by a private entity that is accountable to the public, but with funding provided by the government. However, it is not a community school. It is managed like a private business entity by an organization or a public venture -but the beauty of this is that there is no cost to parents.

Access to high quality public education is critical to a nation's development. Nations may contain all the resources of the world, but if they don't have an educated public, they will not be able to use those resources. Apart from this economic argument, there is a moral argument. That is, it is the moral responsibility of a state to provide high quality education to its citizens so that they can innovate and create opportunities for themselves and their fellow citizens within their own country. Due to the lack of quality education, our public education system produces a labor force that is capable of providing mostly low level services for people in affluent nations.

While low level services are an important part of the global economy, it is important for a nation to focus on producing people who can contribute ideas, knowledge, skills and innovative approaches to solving problems.


The schools cannot charge any fees.

Charters provide schools the freedom to innovate and offer parents the open choice to select many arrays of education programs that fit their children’s needs.

Schools are approved by an independent board based on the quality of proposals submitted by different groups to operate schools.

Each school would have to have a distinct strategy to attract more students to its campus. By definition, charter schools are driven by missions and a desire to make a difference in a society, so the likelihood of their success is very high in a country like Nepal. Charter schools are specialty public schools, but they are open to everyone. The movement for charter schools started in the 1970s and 80s in the US. However, the concept became more popular and picked up speed in the 90s.
First, the government would need to adjust its current policy to allow charter schools to be established.

This would involve creating an independent authorizing

board whose responsibility would be to judge the soundness of submitted proposals by the prospective school operators.
The establishment of charter schools has the potential to increase enrollment and reduce the repeater and dropout problems, resulting in a higher return on investment, because the resource does not have to be used twice for the same person.

For funding, the government would have to establish a funding formula on the basis of the number of students through a mechanism called a weighted per pupil funding formula. The government provided funding would include instructional costs and non instructional costs such as overhead and administration and facilities subsidy.

To prevent fraud and over counting, the number of students reported by schools would have to be audited for enrollment and attendance by an independent auditing firm hired by the government. The audited number is used as the basis for funding. The school can raise private funds.

However, schools cannot charge fees to the students.

Such schools are operated like a business that must cater to clients’ specific needs.
The role of the government is to be a facilitator, create good policies, establish sound accountability measures and let the schools run like private business. Any school operating under this provision will have to meet academic, financial and management standard proposed in the proposal submitted during the time of application. The school concerned has the right to hire and fire the teachers. The government has no say in this. The schools develop/determine the curriculum.They would have to propose what curriculum they will use at the time of their proposal submission.The charter schools are specialty schools and therefore there would not be any limits; however, limits should be placed on schools’ enrollment floor and ceilings to prevent mismanagement. For example, there could be a minimum of 250 students and a maximum of 1000 students in a single school. The minimum and maximum could be worked out. This would have to be worked out in the government policy on the common practice research.

Homraj Acharya is a former education policy advisor at the Washington DC’s Department of Education.

युएईमा स्याङ्जालीहरुको भेला हुने

भुपराज बस्याल, दुबई

अनिश्चित आबश्याकता हरु परिपुर्ति गर्नका लागी आफ्ने जिल्ला छाडि युएईमा रहेका स्याङ्जालीहरु याहि शुक्बार भेला हुने भएका छन् ।

परिस्थिति र बाध्याताले जिल्ला बाट बाहिरिएता पनि जिल्लाको पहिचान र युएईमा रहेका  जिल्ला बासीहरु हरु सामु आईपर्ने सक्ने समस्यालाई मध्यानजर गर्दै भेला को आयोजना गरिएको हो भने भेलाबाट युएईमा रहेका स्याङ्जालीहरुको तथ्या समेत थाहापाउन सकिने लगायत स्याङ्जाका सम्पुर्ण ब्याति हरुको उपस्थिति हुने हुदा भेलालाई महत्वापुर्ण मनिएको छ ।

जनवारी सात तरीक बरदुबईको अरब उडुपी होटलमा दिउसो  १ देखि ३ बजेसम्म सन्चालन हुने कार्यक्रममा सम्पुर्ण स्याङ्जालीहरु लाई उपस्थित हुन अग्रह गरीएको छ भने सम्मपर्कको लागी चन्द्र रोकाहा को मोबाईल नम्बर ०५५९५३११५० र भुपराज बस्याल को यो नम्बरमा ०५०२९६३९६७ मा सम्पर्क गरी कायक्रम स्थालको जानकारी लिन सकिने जनाईएको छ । भेलामा स्याङ्जालीहरुको हकहितको लागी नयाँ कार्यसमिति पनि गठन गरिने हुदा भेला को महत्व अझ बढेको समाजसेवि चन्द रोकाहाको भनाई छ । उनि भन्छन् युएईमा रहेका स्याङ्जालीहरु  हरुको यो महत्वापुर्ण क्षण हो त्यसकारण भेलामा उपस्थित हुन स्याङ्जालीहरु  हरुलाई आग्रह गर्दछु ।

सिमित अबधिकालागी होटलको ब्याबस्थापन गरिएको हुदा समयमै उपस्थितभई प्रबासमा आफ्नो स्याङ्जाली को भेला सफल पार्न समाजसेबि रोकाहा ले आग्रह गरेका छन् ।

Sunday, January 2, 2011

विपिसि क्षमता विस्तारको तयारीमा स्थानियवासीद्धारा विरोध

प्रकाश डोटेल स्याङ्जा-१८, पौष
स्याङ्जाको आँधीखोलाबाट विद्युत उत्पादन गर्दै आएको बुटवल पावर कम्पनी (बीपीसी) ले क्षमता बृद्धिको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । बीपीसीले सहमति नगरि क्षमता बृद्धि तर्फलागेकोमा स्थानियवासीले विरोध गरेका छन् । सहमति विना काम अगाडी बढाएमा अवरोध गर्ने समेत स्थानियवासीले चेतावनी दिएका छन् ।
जिल्लाको जगत्रदेवी गाविस-८ मा बाँध बाधेर वार्ड-९ को लल्याङ्मा पावर हाउस निर्माण गरेर २०४६ सालबाट ५.१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले थप ४.३ मेगावाट क्षमता बृद्धि गर्ने तयारीमा रहेको बताएको छ ।
कम्पनीले स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाका विभिन्न भागमा विद्युत सेवा प्रदान गर्दै आएको छ । थप क्षेत्र विस्तारका लागि क्षमता बृद्धि गर्ने तयारीमा रहेको कम्पनीले सहमति नगरि अगाडी बढ्दा स्थानियवासीले विरोध गरेका हुन् ।
२०४६ सालमा निर्माण सम्पन्न भएको सुरुङ्गमार्ग अशुरक्षित बन्दै गएको छ। जगत्रदेवी गाविसका लल्याङ् र सिम्ले क्षेत्रका करिव ९० घरपरिवार अशुरिक्षत बनेको हो । पावर हाउसको (फलोसिङ्ग) बाट निस्केको पानीले बर्षोनी भुक्षय गर्ने क्रम बढदै गएपछि स्थानियवासिन्दा अशुरक्षित बनेका हुन् । कम्पनीले भुक्षय रोक्ने पक्षमा कुनै पहल नगरेको स्थानियवासीले बताएका छन् ।
कम्पनीले बनाएको पुरानो ड्याममा डुबेर करिव ८ वर्ष अघि स्थानिय ४ र्सवसाधारणको ज्यान गएको थियो । मृतकका परिवारले हालसम्म कुनै क्षतिपुर्ति पाएका छैनन् । तत्कालिन समयमा कम्पनीले पिडित परिवारलाई ५/५ लाख दिने सहमति गरेको थियो ।
कम्पनी क्षमता बृद्धिको अन्तिम चरणमा पुग्दा स्थानियवासीले समस्या समाधान सरोकार समिति गठन गरेका छन् । स्थानियवासी प्रेम श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय समिति गठन गरिएको हो । समस्या समाधान नभएसम्म क्षमता बृद्धि गर्न दिदैनौ, अध्यक्ष श्रेष्ठले भने, पहिले समाधान त्यसपछि मात्रै क्षमता विस्तार ।
भुक्षय रोक्नुको सट्टा क्षमता बृद्धि तर्फलागेर कम्पनीले स्थानियवासीको समस्यालाई अपहेलना गरेको छ । प्रभावित परिवारलाई सुरक्षित बनाउनुपर्छ, सरोकार समितिका सदस्य गुरुप्रसाद भट्टर्राई भने, अपहेलना गर्दै अगाडी बढे अवरोध गरिन्छ । सुविधाको तुलनामा अशुरक्षा बढ्दै गएको छ ।
क्षमता बृद्धि स्याङ्जाली जनताको हितमा छ । स्थानियवासीले सहयोग गर्नुपर्छ । बीपीसी स्याङ्जाका प्रमुख डोल खरेलले भने, विरोध भन्दापनि यसको उपयोगितालाई ध्यान दिनुपर्छ । क्षमता विस्तार गर्न नपाए कम्पनी बन्द गर्नुको विकल्प छैन् ।
आँधीखोलालाई थुनेर सरकारी लगानीमा उच्चबाँध बनाउने कार्यलाई सरकारले चालु आर्थिक वर्ष२०६७/०६८ मा ४५ लाख विनियोजन गरेको छ । सरकारले आँधीखोला हाईड्यामबाट एकसय ७५ मेगावाट विद्युत उतपादन गर्ने लक्ष्य लिएको सभाषद मोहनप्रसाद पाण्डेले बताए ।
कम्पनीले क्षमता विस्तारमा करिव ८० करोड लगानी गर्न लागेको छ । सभाषद पाण्डेले भने, लगानीको ५ प्रतिशतले हुने आउने करिव ४ करोड सामाजिक उत्तरदायीत्वमा खर्च गर्नुपर्ने छ ।
थोरै लगानीमा कम्पनीले क्षमता बृद्धि गर्न लागेको हो । विगत केहि वर्षेखि क्षमता बृद्धि गर्ने कुरा चलेपछि उच्चबाँध बनाउने घोषणपछि कम्पनीले क्षमता बृद्धि गर्ने कार्यलाई त्रि्रता दिएको हो । कम्पनीको एक श्रोतले भर्‍यो, थोरै लगानीमा धेरै मुआव्जा पाउने आशमा यो काम भएको हो ।
कम्पनीले क्षमता बृद्धि गर्न ड्यामको पर्खाल उच्च बनाउने तर्फकाम थालनी गर्न लागेको छ । थप थोरै लगानीमा विद्युत गृहमा रहेको टरबाईन परिवर्तन क्षमता बृद्धि गर्न सकिने भएपछि कम्पनीले क्षमता बृद्धिको कार्यलाई अगाडी बढाएको बताएको छ ।