Saturday, January 8, 2011

कांग्रेसको जनजागरण अभियान :स्याङजाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु सम्पन्न

लोक नाथ मरासिनी

नेपाली कांग्रेसको तीन महिने जनजागरण अभियान अन्तर्गत स्याङजाका विभिन्न ठाँउमा आज पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यसैक्रममा खिलुङ्गदेउरालि गाविसमा एक कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीले संविधान निर्माणको प्रमुख बाधक माओवदी भएको आरोप लागाउनुभयो । उहँले लोकतन्त्रको विकल्प कुनै पनि हालतमा कम्युनिष्ट हुनै नसक्ने ठोकुवा समेत गर्नुभएको थियो । कार्यक्रममा पार्टिमा लामोसमयसम्म क्रियाशिल विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरीएको थियो भने पार्टिमा नवप्रवेशिहरुलाई समेत स्वागत गरीएको कांग्रेस खिलुङ्गले जनाएको छ । कार्यक्रममा तरुणदलका तिलबहादुर केसी, नेविसंघका कुमार थापा, रेश्मप्रसाद रेग्मी, शिव रेग्मी लगायतले बोल्नुभएको थियो । गाँउ कार्य समिति सभापति तोयानाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन हरिप्रसाद अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य खेमथापाले गर्नुभएको थियो  । सोहि भेलाले गाउँस्तरीय पार्टिका विभिन्न भातृ संगठनहरु समेत गनठ गरेको छ ।
नेपालि कांग्रेस नगर समिति पुतलिबजार नगरपालिका वडा नं. १० खुमलटारी स्याङ्जामा आज कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपालि कांग्रेस पुर्व जिल्ला सभापति श्रीप्रसाद जिटिले मुलुकमा लोकतन्त्र कायम रहनका लागि लोकतन्त्र बादिहरुमा एकता कायम रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुन्ना शेख, प्रेमनारायण गौतम, जयप्रसाद गौतम, इन्द्र हमाल, मनबहादुर रोकाहा लगायतले बोल्नुभएको थियो । वडा सभापति दुर्गाबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मनबहादुर रोकाहाले गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेस पिडीखोला गाऊ कार्य समितिको आयोजनामा पिडीखोला ४ डुडेमा पनि कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघ स्याङजाका सभापति गुरुप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगिसरा भण्डारी, अजित क्षेत्री, विष्णु अधिकारी ,नेत्रप्रसाद सापकोटा, विनोद रखाली, कमलापति भूषाल लगाएतले बोल्नुभएको थियो । भेलाले जयश्वर पाण्डेयको अध्यक्षतामा १९ सदस्य गाउ कार्यसमिति समेत गठन गरेको छ । कार्यक्रमको संचालन सचिव तिलकप्रसाद चापागाईले गर्नु भएको थियो ।

No comments:

Post a Comment