Tuesday, January 4, 2011

मुक्तिनाथ बैंकको रक्तदान कार्यक्रम

प्रकाश डोटेल स्याङ्जा-२०, पौष

जिल्लाका समाजसेवि तथा प्रतिष्ठित व्यवसायीहरुको पहलमा संचालनमा आएको मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो स्थापना दिवस तथा चौथो वर्षपुरा गरेको अवसरमा स्याङ्जाको वालिङ्मा रक्तदान कार्यक्रम गरेको छ । बैंक नाफामुखी मात्रै होईन, यसको सामाजिक दायित्व पनि छ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा बैंकका कर्मचारी सहित ४२ जनाले रक्तदान गरेका थिए ।
देशका वित्तिय संस्थाहरु नाफामुखी मात्रै छ भन्ने आम नागरिकको सोच रहेका छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले भने, त्यहि सोचलाई परिर्वतन गराउँन रक्तदान कार्यक्रम गरिएको हो । बैंकले स्याङ्जा, कास्की र तनहुँ जिल्लामा गरि ३४ वटा शाखा मार्फ करिव ७० हजार ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
एक करोड ३० लाख चुक्ता पुजीबाट बित्तिय कारोकार शुरु गरेको बैंकको हाल १३ करोड चुक्ता पुँजी, एक अरब ४० करोड निक्षेप संकलन गरि एक अरब ३० करोड कर्जा लगानी गरेको छ ।
आधुनिक तथा लद्युवित्त बैंकिङ्ग कार्यक्रम संचालन गरेको बैंकले एक व्यक्ति एक वचत खाता, एक परिवार एक सफल व्यवसायी बनाउने अभियान अनुशार आर्क्राक योजनाहरु संचालनमा ल्याएको छ ।

No comments:

Post a Comment