Wednesday, January 5, 2011

दुर्व्यबहार नियन्त्रण नभएको एचआईभि सङ्क्रमितहरुको गुनासो

लोकनाथ मरासिनी

पौष २०, स्याङ्जा ।

      एच.आई.भि सङ्क्रमितहरुप्रति आफ्नै घरपरिवार तथा समाजबाट दुव्र्यहार हुने घटना अझै नियन्त्रण हुन नसकेको सदरमुकाम स्यङ्जा बजारमा मंगलबार अयोजित कार्यक्रममा सङ्क्रमितहरुले गुनासो गरेका छन् ।संकल्प सहयोग समुह, स्याङ्जाले अयोजना गरेको जिल्ला स्तरीय सरोकारवलाहरुसँगको छलफलमा सङ्क्रमितहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै स्याङ्जा जगतभञ्ज्याङ्का जगतबहादुर खडकाले आफु एच.आई.भि सङ्क्रमित भएको थाहा पाएपछि आफनै बाबुले दशैमा टिका नलगाइदिएको देखि लिएर कुनै पनि पुजा आजमा समेत समावेश हुन नदिएको पिडा सुनाउनुभयो ।

      संकल्प समुहका कोषध्यक्ष समेत रहनुभएका खडकाले आफु माथि भएको जस्तो दुव्र्यहार अन्यले सहन नपरोस भनेर संस्थामा अबद्ध भएर कार्य गरीरहेको बताउनुभयो ।

      त्यस्तै कार्यक्रममा अर्का सकंरमित मालुङ्गाकि पुनप खडकाले पनि आफु सकंरमित भएपछि घरपरिवारले कुटपिट गरी घरमा बस्न नदिएपछि माइतिको शरणमा बस्न बाध्य भएको दुखेसो पोख्नुभएको थियो ।

      जिल्लामा एच.आई.भि को क्षेत्रमा क्रियाशिल संकल्प सहयोग समुहले अफुले अहिलेसम्म गरेका कार्यको बारेमा जानकारी दिन तथा समन्वय गरी अगाडि बढनका लागि थप छलफलका लागि कार्यक्रम अयोजना गरेको जनाएको छ ।

      समुहले खासगरी जिल्लामा रहेका बालबालिकाहरुप्रति लक्षित गरी विभिन्न कार्यहरु अगाडि ल्याएको जानकारी दियो ।

      स्याङ्जामा सम्पर्कमा आएका २३ जना बालबालिकाहरुमा आफुहरुले शिक्षा, स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यहरु गरीरहेको समुहका कार्यक्रम संयोजक लक्षुमण खाडले जानकारी दिनुभयो ।

       जिल्लाका विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थीतिमा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलिले  एच.आई.भि सङ्क्रमितहरुलाई दुव्यवाहार नभई माय र सदभाव गर्नुपर्नेमा जोड दिदै दुव्यवहारका घटना भएको पएमा प्रशासन कडा कारवाहिका लागि तयार रहेको बताउनुभयो ।

       जिल्लामा रहेको जिल्ला एडस समन्वय समितिले प्रभावकारी कार्य गर्न नसेको भन्ने गुनासो समेत आएको थियो ।

      कार्यक्रममा माओवदी प्रतिनिधि नारायण लम्साल, कांग्रेसका मुन्ना शेख, एमालेका तारा शर्मा, महिला विका कार्यलयका प्रमुख मिरा शेरचन, जिल्ला एडस समन्वय समिति स्याङ्जाका नरेन्द्र चौधरी, जिविस प्रतिनिधि थानापति न्यौपाने लगायतले बोल्नुभएको थियो ।

      संस्थाका अध्यक्ष टोका रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गेमबहादुर नेपालीले गर्नुभएको थियो ।

No comments:

Post a Comment