Saturday, December 18, 2010

स्याङ्जामा सुर्तीजन्य पदार्थ सेवन विरुद्ध पदयात्रा

लोकनाथ मरासिनी पौष २,स्याङ्जा  
सुर्तीजन्य पदार्थ सेवन विरुद्ध स्याङ्जामा शुक्रबार जनचेतनामुलक पदयात्रा लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल स्याङ्जामा आवद्ध २२ सामाजिक संस्था र नागरिक समाजको सक्रियतामा जनदवाव पदयात्रा तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको हो । स्याङ्जा सदरमुकामको सहिदचोकबाट निस्केको पदयात्राले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली मार्फत ज्ञापन पत्र बुझाएको हो । जनस्वास्थयमा प्रतक्ष्य असर पार्ने सुर्तिजन्य बस्तुहरुको नियन्त्रणका लागि अन्तराष्ट्रिय महासन्धि र नेपालको अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि लागु नगर्नाले हजारौं नेपाली सुर्तिजन्य पदार्थको सेवनबाट रोगी भई अकालमा मृत्यु भएकोले सुर्ति नियन्त्रण तथा नियमन विधेयक संसदबाट पास गरी लागु गर्न जोडदार ज्ञापनपत्रमा माग गरेको छ । ज्ञापनपत्रमा व्यवस्थापिका संसदमा विधेयक पेश गर्ने वातावरण नभए मन्त्रिपरिषदबाट निर्णय गराएर तुरुन्त लागु गर्न जोड दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वलीले सञ्जालले गरेको कामको स्रहान गर्दै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोग नगर्न सवैसँग आग्रह गर्नुभयो ।

Friday, December 17, 2010

पञ्चासेमा दैनिक सयौ पर्यटकको ओइरो

लक्ष्मीप्रसाद सापकोटा
सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउँदै गर्दा पर्वत, कास्की र स्याङ्जाको सिमानामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे सही गन्तव्य हुन सक्छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित यो स्थान प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं ऐतिहासिक पर्यटनका लागि प्रसिद्ध छ ।
पर्वत सदरमुकामदेखि राम्जा अथवा चित्रे, कास्कीबाट नौडाँडा हुँदै भदौरे, सिधाने गाविस र स्याङ्जाबाट बाङसिंग र काउले हुँदै पञ्चासे पुग्न सकिन्छ । पञ्चासे कास्कीबाट ३५ किलोमिटर, पर्वतबाट ३५ किमि र स्याङ्जाबाट ४० किमिको दूरीमा पर्छ । तीनवटै जिल्ला सदरमुकामबाट पैदलयात्रा गरेर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सबै जिल्लाबाट सहज रूपमा यातायातको पनि व्यवस्था छ ।
समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे अहिले पश्चिमाञ्चल क्षेत्रकै मुख्य पर्यटकीय क्षेत्र बनिरहेको छ । घना जंगलसँगै विभिन्न धार्मिक स्थलहरूका साथै सफा र सुन्दर प्राकृतिक ताल पनि यहाँ छ । पछिल्लो समयमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । यहाँबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत एक दर्जनभन्दा बढी हिमश्रृंखला एकैसाथ दख्न सकिन्छ । त्यस्तै पर्वत, बाग्लुङ, पोखरा, पाल्पा, स्याङ्जा, वालिङ, तनहुँलगायतका जिल्ला सदरमुकामसमेत अवलोकन गर्न सकिन्छ ।
यहाँ जाने पर्यटकहरू प्रायः अघिल्लै दिन पुग्छन् । पञ्चासे जाने पर्यटकका लागि कास्कीको भदौरे, पर्वतको चित्रे, राम्जा र आर्थर, त्यस्तै कास्कीको बाङसिङ र सरादीमा होमस्टेको समेत सुविधा छ । पर्यटकहरू सूर्याेदयसँगै हिमालको मनमोहक दृश्य हेर्नका लागि अघिल्लै दिन होमस्टे भएको ठाउँमा गएर बास बस्ने र अर्को दिन बिहान सबेरै उठेर डाँडामा पुग्छन् ।
अधिकांश आन्तरिक र केही मात्रमा बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहा“बाट मनोरम दृश्य नियाल्दै पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए ।
“पञ्चासेबाट लोभलाग्दा मनोरम दृश्य हेर्न पर्यटकको घुइ“चो लाग्छ,” अध्यक्ष गुरुङ्गले भने, “विगतका वर्षभन्दा अहिले मौसम राम्रो परेकाले हिमश्रृंङ्खलालगायत अन्य दृश्यसमेत सफा र स्पष्ट देखिएकाले यसपटक यहाँ आएका पर्यटक ज्यादै रमाएका छन् ।” उनका अनुसार पर्यटन वर्ष सुरु हुन लागेकाले पञ्चासेमा दिन–प्रतिदिन पर्यटकको आगमनमा वृद्धि भएको छ ।
होमस्टे सुविधाले पर्यटकलाई बढी आकर्षण गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले बताए । “यो वर्ष पञ्चासेमा गत वर्षभन्दा दोब्बरको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने उनको अनुमान छ । अहिले स्वदेशका अधिकांश जिल्लाका साथै विदेशी पर्यटकको पनि उत्तिकै लर्को लागेको गुरुङले बताए । उसो त पर्यटक मात्र हैनन्, शैक्षिक भ्रमणका लागि अवलोकन गर्न आउने शिक्षक तथा विद्यार्थीको संख्या पनि पञ्चासेमा उत्तिकै छ ।
यो क्षेत्रमा अत्यधिक जाडो हुने भए पनि जाडोको प्रवाह नगरी पर्यटक आउँछन् । होटलको अभावमा विदेशी पर्यटकहरू भने पाल टा“गेर बस्ने गरेका छन् । आन्तरिक पर्यटकहरू दुई दिनसम्म र विदेशी पर्यटकहरू चार दिनसम्म यो क्षेत्रमा घुमफिर गरी रमाउने गरेको चित्रेका होमस्टे सञ्चालकहरूले बताए ।
यहाँ विभिन्न क्षेत्र अवलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ । कुनै पनि खोला वा मुहानविनाको ताल यो क्षेत्रको मुख्य आकर्षण हुन् । यस क्षेत्रमा पुराना र ऐतिहासिक मन्दिरहरू पनि छन् । तालमा कुनै पात खस्यो कि हावाले उति बेलै किनारमा पु¥याइदिने यहाँको तालका बारेमा मनिसहरूको विश्वास पनि अझै रोचक छ । ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासेको जंगलमा १ सय १२ थरीका सुनाखरी र बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । पञ्चासे जडिबुटीका लागि पनि परिचित छ ।
मुख्य पर्यटकीय क्षेत्र मन्दिर र अतिथिगृह रहेको स्थानमा खानेपानीको समस्याले गर्दा पर्यटकहरूलाई भने समस्या हुने गरेको छ । नजिकमा स्रोत नभएकाले र निकै उचाइमा रहेकाले पनि पानी सहज रूपमा उपलब्धता हुन नसकेको हो । पञ्चासेसम्म खानेपानी विस्तारका लागि काम भने सुरु भइसकेको छ ।
गत वर्षदेखि सुचारु गरिएको होमस्टे सेवाले यहाँ जानेहरूलाई केही सहज भएको छ । चाडबाडको समयमा अन्य बेलाभन्दा धेरै पर्यटक यहाँ भित्रिन्छन् । “पहिले–पहिले प्रचार–प्रसारको अभावसँगै यातायातको असुविधाले निकै कम आउँथे,” पञ्चासेमा होटल सञ्चालन गर्दै आएका लोकबहादुर गुरुङले भने, “यातायातको सुविधाले बालबालिका, बूढापाकालगायत सबै वर्गका सर्वसाधारणहरू आउने गरेका छन् ।” होमस्टे भएका गाउँहरू पञ्चासेदेखि निकै तल झर्नुपर्ने भएकाले झन्झटिलो मानेर पञ्चासेमै बस्ने गरेको लोकबहादुरले बताए । बिहानीपख देखिने सूर्योदयसँगै आफ्नो तस्बिर क्यामेरामा कैद गर्न पर्यटकहरू जाँडो सहेरै भए पनि बस्ने गरेका हुन् ।
शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्ति, नववर्ष, हरीबोधनी एकादशी, पूर्णिमा, लगायत विभिन्न पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्छ ।
होटल–व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवासुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियानको शुरुवात भइरहेको स्थानीय मनोज गुरुङले बताए । सबै खाले सेवा–सुविधाको व्यवस्था गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउने तयारी समितिले गरेको छ । पञ्चासे क्षेत्रकै प्रचार–प्रसार र पर्यटकहरूको थप आकर्षणका लागि स्थानीयवासीहरूले ‘पञ्चासे मेला’को आयोजना गर्ने भएका छन् । कास्कीको तमाङी गाविसको सिदाने गाउँमा मेला मंसिर १६ र १७ गरी दुई दिनसम्म मेला सञ्चालन गरिनेछ । मेलामा स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरेलु उत्पादनको प्रदर्शनी गरिने बताइएको छ । आयोजक पञ्चासे आदर्श युवा क्लबका अनुसार मेला अवलोकनका लागि आउने पाहुनालाई स्थानीय परिकारहरूको व्यवस्था गर्ने र आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सुविधाको व्यवस्थासमेत गरिनेछ ।
पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पर्यटकहरूको अकार्षणको केन्द्र भइसकेको पञ्चासे क्षेत्रलाई अझ सुविधासम्पन्न बनाउनका लागि चित्रे गाविसमा भएको होमस्टेलाई थप प्रभावकारी बनाउन लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पञ्चासे क्षेत्रको रुट मानिने उक्त गाविसमा ११ वटा घरले होम स्टे सेवा दिँदै आएका छन् । प्राकृतिक हिसाबले महत्वपूर्ण मानिएको पञ्चासेको अझै व्यापक रूपमा प्रचार–प्रसार गर्न सके पर्यटन वर्षमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरू बताउँछन्

कोलेनिका स्याङ्जा आफ्नै सुविधा सम्पन्न भवनमा

लोकनाथ मरासिनी मंसिर २७,स्याङ्जा  


स्थापना भएको झण्डै ३० वर्ष पछि कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जा आफनै सुविधा सम्पन्न भवनमा सरेको छ । २०३८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यलयको स्थापना भएपश्चातनै भाडाको घरमा बस्दै आएको कोलेनिका स्याङ्जाले २० महिना लगाएर आफ्नै भवन निर्माण पश्चात सुविधा सम्पन्न भवनमा सरेको हो । जिल्लाको सम्पुर्ण सरकारी कार्यलयहरुको आर्थिक गतिविधिहरुको अनुगमन तथा नियन्त्रण गर्ने कार्यलय कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाको भवन १ करोड २७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा सदरमुकामको मुटु सहिद चोक नजिकै रेडक्रस भवन सँगै रहेको करिब १ रोपनि ३ आना जग्गामा भवन निर्माण गरीएको हो । ३ तले रहेको नवनिर्मित भवनमा सुविधासम्पन्न ७ कोठा कार्यलय प्रयोजनका लागि र ४ कार्यलय प्रमुखका लागि गरी ११ कोठा रहेका छन् । १ आर्थिक वर्षमा सिधाउने लक्ष्यका साथ कार्य अगाडि बढाइएको भएपनि देशको राजनितिक लगायतका विभिन्न कारणले २ पटक म्याद थप गरी २० महिनामा कार्य सम्पन्न भएको भवनको सोमबार महालेखा नियन्त्रक डा. माधवप्रसाद घिमिरेले एक कार्यक्रमका विच उदघाटन गर्नुभएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै नियन्त्रक घिमिरेले सेवाग्रही प्रति उत्तरदायि भई आफ्नो व्यात्तिगत स्वार्थलाई त्यागि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै सह महालेखा नियन्त्रक चुडामणि शर्माले निकट भविष्यमै लागु हुन लागेको एकृकीत कोष प्रणलिका लागि नवनिर्मित भवन कोषेढुङ्गा सावित हुने दावि गर्नुभएको थियो । देशका ८ जिल्लाहरुमा प्ररिक्षणका क्रममा रहेको एकृकीत कोष प्रणलि स्याङ्जामा पनि छिटै लागु हुने तयारीमा रहेको तथा २ वर्ष भित्र देशै भरी लागु गरीने जानकारी समेत उप महालेखा नियन्त्रक शर्माले दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी वलीले कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाले जिल्लामा राम्रो कार्य गरीरहेको भन्दै खुसी व्यक्त गर्नुभएको | उहँले जिल्लाका कार्यलयहरुमा पर्यप्त बजेट विनियोजन नगरीदा कार्य संचालनमा केहि कठिनाई भएको भन्दै महालेखा नियन्त्रकको ध्यानअकर्षण समेत गराउनुभएको थभवन निर्माणका सुरुवति समयमा जिल्लामा रहनुभएका प्रमुख कोष नियन्त्रक विष्णुराज ढकालको विशेष पहलमा निर्माण सुरु भएको भवन अफ्नो कार्यकालमा सफलता पुर्वक सम्पन्न भएको निमित्त कोष नियन्त्रक पदमबहादुर घिमिरेले जानकारी दिसुविधा सम्पन्न भवनमा कार्यलय सरेपश्चात कर्मचारीहरुको कार्य गर्ने मनोवलमा बृद्धि हुने भन्दै घिमिरेले खुसी व्यक्त गर्नुभयो ।भवन सम्पुर्ण प्रविधिक दृष्टिकोणले उतकृष्ठ तथा आधुनिक रहेको इनजिनियर अन्नत पौडेलले उक्त उदघाटन कार्यक्रममा जानकारी गराउनुभएको थियो । भवन निर्माणको ठेक्का लिएको सपना निर्माण सेवा प्र लिका निर्माण व्यवसायि बाबुकाजि श्रेष्ठले विविध बाह्य कारणहरुले निर्धारीत समयमा निर्माण गर्न नसकेपनि सम्पुर्ण कार्यहरु उतकृष्ठ रुपमा सम्पन्न गरेको दावि गर्नु भयो । कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाले मंसिर २२ गतेको सुभ साइत पारी आफ्ना दैनिक कार्यहरु संचालन नवनिर्मित भवनबाट सरु गरी सकेको छ ।

Monday, December 13, 2010

सिरुवारीमा स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न

लोकनाथ मरासिनी


मंसिर २६,स्याङ्जा ।

नेपालको पहिलो पर्यटकीय गाँउ सिरुवारीमा देशमै पहिलो पटक नमुना स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न भएको छ ।
पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरगतको समिति तारा गाउँ विकास समितिको अयोजनामा संचालित तालिममा ग्रमिण पर्यटनको विकास, होमस्टे, हर्बलथेरापि लगायतकाका विषयमा प्रशिक्षण प्रदान गरीएको हो ।
तालीमको समापनमा जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपालको पहिलो पर्यटकीय गाउँ सिरुवारी पहिलो नमूना स्वास्थ्य पर्यटकी गाउँ बन्नेमा विश्वास व्यक्त गर्दै सबैले सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
सिरुबारी पर्यटन विकास समितिका २७ जना सदस्यहरुको सहभागिता रहेको तालिममा पर्यटन विकासका लागि आगमी ५ बर्षका लागि कार्ययोजना तयार पारि सोही अनुसार कार्य गर्ने सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।
पर्यटन विकास निति अन्तरगत नेपाल सरकारले कृषि, स्वास्थ्य र खेल गरि तीनवटा क्षेत्रमा बर्गिकरण गरेकोमा स्वास्थ्य पर्यटन अन्तरगत स्याङ्जाको सिरुवारी, लम्जुङको घलेगाउँ र रोल्पाको जलजला छानिएका छन् ।

बहुमतिय सरकारको विकल्प छैन – नेता श्रेष्ठ

लोकनाथ मरासिनी

मंसिर २६,स्याङ्जा ।
नेपालि काँग्रेसका केन्द्रिय सदस्य तथा सभाषद गोपालमान श्रेष्ठले सहमतिय सरकार निर्माण गर्न संभव नभएपछि बहुमतिय सरकार गठनको विकल्प नभएको बताउनुभएको छ ।
तिन ठुला दलको राजनैतिक खिचातानीका कारण देश अहिलेको अन्यलोग्रस्त अवस्थामा पुगेको नेता श्रेष्ठको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाको सदरमुकाममा निर्माण शुरु गरिएको कार्यालय भवनको शिलन्यास गर्दै आइतबार उहाँले तिन दलले सहमति गरेर तत्काल निकास दिनुपर्ने बतउनुभयो ।
भवनको शिलन्यस गर्र्दै उहाले एकीकृत नेकपा माओवादीको गोरखाको पालुङ्टारमा सहभागि सेनालाई सरकारले तलवभत्ता रोकेर जनसेनाबाट निस्कासन गर्नुपर्ने पनि बताउनुभएको थियो ।
भवन सिलन्यास कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनी, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष दिपक लम्साल, स्याङ्जा निर्माण व्यवसायी संघका अधयक्ष गजिन्द्रप्रकाश मल्ल लगाएतका वक्ताहरुले नेपालमा देखिएको राजनीतिक अस्थिरताले देश गम्भिर संकटमा फस्ने आशंका व्यक्र गर्नुभयो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा आवास कार्यालय पोखराबाट निर्माण शुरु गरिएको भवनको कुल लागत २ करोड ९९ लाख रहेको छ ।
आर्थिक वर्ष २०६८÷०६९ को साउन मसान्तसम्ममा भवन निर्माण गर्ने लक्ष लिइएको छ । करिव २ रोपनी क्षेत्रफलमा बन्ने भवन ३ तलाको २४ कोठाको रहने छ ।