Friday, September 10, 2010

नेपाल टेलिकमको चरम लापरबाहि

समस्या आएको ७/७ दिनसम्म सम्बन्धित पक्ष मौन

लोकनाथ मरासिनी भदौ २३, स्याङ्जा
पक्कै पनि पैसा तिरीसकेपाछि सेवाग्रहीहरुले गुणस्तरीय सेवा र सुविधाको अपेक्षा गरेका हुन्छन् । तर त्यो अपेक्षाको हुमत काडिरहेको छ नेपाल टेलिकमले । सरकारी लगानी समेत रहेको नेपाल टेलिकमले प्रतिस्पर्धाको नाममा आफ्नो सेवामा जसरी संख्यात्मक रुपमा बृद्धि गरीरहेको छ सोही अनुरुपको सुविधा पटक्कै उपल्बध नगराउदा सेवाग्राहीहरु यतिबेला हैरान भइरहेका छन् ।
यसको पछिल्लो ज्वलन्त उदाहरण बनेको छ स्याङ्जा । नेपाल टेलिकम स्याङ्जा शाखाबाट वितरीत सम्पुर्ण फोन सेवामा समस्या आएको आज एक हप्ता वितिसक्दा समेत त्यसतर्फध्यानै नदिएर अर्को चर्तिकला देखाइरहेको छ नेपाल टेलिकमले ।
गुणस्तरीय सेवाको अपेक्षामा रहेका स्याङ्जाबासीहरु टेलिकमले देखाएको पछिल्लो रबैयाप्रति आक्रोशित हुनका साथै अचम्मित समेत भएका छन् । अचम्ममा नपरुन पनि किन जिल्लामा लगभग ९० प्रतिशत उपस्थिति जनाएको टेलिकमले ७/७ दिनसम्म बिग्रिएको सेवालाई सुधार गर्ने कुनै प्रकृया अगाडि नबढाएपछि ।
ल्यान्ड लाइन टेलिफोनबाट फोन गर्न खोज्य डायल टोन आउन १ मिनेट भन्दा बढि पर्खनुपर्ने, केहि गरी झुकिएर सर्म्पर्क भइहालेपनि १/२ मिनेटम भन्दा बढि कुराकानी गर्न नपाउने समस्याले यतिबेला स्याङ्जाबासी ग्रस्त भएका छन् ।
ल्याण्डलाइन टेलिफोन देखि टेलिकमले जिल्लामा वितरण गरेका प्रिपेड मोबाइल, पोष्डपेड, स्काई, सिडिएमए लगाएतका सम्पुर्ण सेवामा त्यस्तै समस्या आएपछि जिल्लामा रहेका हजारै सेवाग्रहीहरु मर्कामा परेका छन् ।
भोजपुर घर भई हाल स्याङ्जामा नोकरी गरी बस्ने रमेश सुवेदीका अनुसार एक हप्ता अगाडि देखी घरपरिवारसँग कुरा गरै भनेर फोन प्रयास गरेको अहिलेसम्म सफल हुन सकेको छैन् । उनका अनुसार दैनीक १५/२० पटक सर्म्पर्क गर्न खोज्दा २/३ पटक मात्रै सर्म्पर्क स्थापित हुन्छ त्यो पनि एक पटकमा १ मिनेटपनि कुरा गर्न नपाउदा घरव्यवहार मिलाउन गाह्रो परेको छ ।
रमेशको जस्तो व्यथा स्याङ्जामा रहेर नेपाल टेलिकमको सेवा उपभोग गर्ने सहरी तथा ग्रमिण सबै क्षेत्रका बासीन्दा सँग रहेको छ । जिल्लाका २ नगरपालिका र ६० ओटै गाविसहरुलाई सुविधा उपल्बध गराउन टेलिकम स्याङ्जाले जिल्लाका विभिन्न स्थानहरुमा गरी ३० भन्दा टावरहरु समेत विस्तार गरेको छ ।
पछिल्लो समय गाउँ गाउँमा मोवाइल सेवा संचालनमा आएपछि दङ्ग भएका सेवाग्रहीहरु अहिले भने हैरान भएका छन् । फोन गर्न खोज्यो सर्म्पर्क हुदैन भइहाले पनि १ मिनेटमै विच्छेद हुदा मोवाईल व्रि्रेको हो कि सेवा उपल्बध नभएको कति ग्रहकहरु अल्मलमा परिरहेको स्थिति समेत रहेका छ स्याङ्जाका ग्रमिण इलाकाहरुमा ।
सेवा प्रदान गर्न नसक्ने भए किन मोवाईल बाढने हामिलाई अन्योलमा पार्न - सेवाग्रहीहरुको नेपाल टेलिकम प्रति आक्रोशको प्रशन रहेको छ । ग्रमिण भगेहरुमा सेवा विस्तार गर्नु राम्रो पक्ष भएपनि गुणस्तरीय सेवा प्रदान गर्न नसक्नु टेलिकमको गम्भिर भुल भएको छ ।
ग्रामिण भेगमा रहेका मोवाइलका टावरहरु बिग्रेको लामो समयसम्म पनि मर्मत नहुदा सास्ती भोगीनै रहेका स्याङ्जाबासीका लागि पुनः फोन सर्म्पर्क भएको मिनेटमै विच्छेद हुने नयाँ समस्याले ग्रस्त पार्दा सेवाग्रही आक्रोशित तथा चिन्तीत भएका छन् ।
यता फोन सेवालाई समेत प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको टेलिकमले पछिल्लो समयमा विस्तार गरेको एडिएसएल प्रविधिको इन्टरनेट सेवा र मोवाइलमा रहेको इन्टरनेट समेत प्रभावकारी नहुदा थप झन्झट व्योहर्न बाध्य भएको बताउछन् स्थानिय पत्रकार राजन पौडेल ।
यस विषयमा हामिले नेपाल टेलिकम स्याङ्जा शाखामा बुझन खोज्दा कार्यलय प्रमुख सरुवा भई गएको दुर्इ महिना विति सकेको र नयाँ प्रविधिक ज्ञान सहितको कार्यलय प्रमुख नभएकाले आफुलाई यसबारेमा थाहा नभएको प्रतिक्रिया दिए निमित्त कार्यलय प्रमुख एकनारायण सापकोटाले ।
उनका अनुसार क्षेत्रिय कार्यलय पोखराबाटनै समस्या आएकाले पोखराबाटनै स्याङ्जाको समस्या समाधान हुन्छ । यसरी नफाको रकमबाट बोनस खाने कुरामा अगाडिनै रहेका टेलिकमका कर्मचारीहरुले र्सवसाधरणको अत्यावश्यक बनिसेकेको संचार सेवामा गरेको चरम लापारबाहिको सम्बन्धमा अब सम्बन्धित सरकारी पक्ष पनि मौन बस्न मिल्दैन् ।

Thursday, September 9, 2010

दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध

प्रकाश डोटेल स्याङ्जा–२४, भदौं
स्याङ्जाको दासिङ् दहथुम गाविस–२ अर्न्तगत सिद्धार्थ राजमार्गमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा पुतलीवजार नगरपालिका–१ का मोहम्वद यासिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटना परि घाईते भएका मियाँलाई उपचारका लागी पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। वालिङबाट स्याङ्जा तर्फ जादै गरेको ग १ ख २९१० नम्वरको माईक्रो बसले स्याङ्जाबाट वालिङ् तर्फ जादै गरेको ग ४ प ५३१० मोटर साईकललाई ठक्कर दिदा मोटर साईकलमा सवार मियाँको मृत्यु भएको हो।
दुर्घटनामा परि घाईते भएका पुतलीवजार नगरपालिका–१ वर्ष १८ का भुपेन गुरुङ्गको चरक अस्पतालमा उपचार भईरहेको छ। गुरुङ् खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
माईक्रो बसको ठक्करबाट मियाँको मृत्यु भएपछि उनका आफन्तले उचित क्षतिपुर्तिको माग राख्द सिद्धार्थ राजमार्गको स्याङ्जा वालिङ् सडक खण्ड अवरुद्ध पारेका छन्। सडक खुलाउनमा स्थानिय प्रशासनले पहल स्वरुप सम्बन्धीत पक्षसँग छलफल गरेको छ।

पिंडीखोलामा टाम्केकोट महोत्सव हुने


(ई स्यांग्जा सम्बाददाता )

स्याङ्जाको पश्चिमी ग्रामीण पर्यटकीय क्षेत्र पिँडीखोलामा पहिलोपटक टाम्केकोट महोत्सव हुने भएको छ। जनमुक्ति युवा क्लब पिँडीखोला-७ सल्यान गाउँको आयोजनामा असोज २७ देखि कात्तिक ४ गतेसम्म महोत्सवको आयोजना हुनलागेको हो।
ग्रामीण पर्यटनको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बिनोद रखालीमगरले जानकारी दिनुभयो।
महोत्सवले स्याङ्जा जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने तथा पर्यटन वर्ष २०११ लाई टेवा दिन, ग्रामीण भेकमा लुकेर रहेका ऐतिहासिक भौगोलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्न, ग्रामीण पर्यटन विकास गर्ने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो।
महोत्सवमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, रस्साकसी प्रतियोगितालगायतका प्रतियोगता हुनेछन्।
महोत्सवमा पर्यटकीय क्षेत्र टाम्केकोटको भ्रमणको व्यवस्था, पिडीखोला गाउँ विकास समितिअर्न्तर्गतका एकगौडे गुफा, सौरेनी गुफा, वाकछ्याक चौर, भाल्थुमकोट चिया बगान तथा सुन्दर मगर बस्ती सल्यान गाउँको अवलोकनको व्यवस्था गरिएको मगरले जानकारी दिनुभयो।
महोत्सवलाई आकषर्णबनाउनका लागि राष्ट्रियस्तरका कलाकारहरुको प्रदर्शन, स्थानीय मौलीक कला, संस्कृतिको झाँकी प्रदर्शन, मगर खानाको व्यवस्था, मगर गायक गायिकाको प्रस्तुति रहने छ।
महोत्वसलाई सफल बनाउन राम बहादुर रखाली मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन भएको छ भने पाँचवटा उपसमिति समेत गठन भइसकेको छ। महोत्सव अवलोकनका लागि १० हजार आउने अनुमान गरिएको महोत्सव सम्पन्न गर्न करिब दुर्इ लाख खर्च लाग्ने क्लबले अनुमान गरेको छ। महोत्सव स्थल पुग्न स्याङजाको तल्लो गल्याङ बजारबाट कच्ची बाटो हुँदै तीन घण्टामा पुग्न सकिन्छ।

गरिमा बैंकले एटिएम सेवा ल्याउने तयारीमा

रोशन लामिछाने
स्याङ्गजा २३ भाद्र

गरिमा विकास बैंकले एटिएम सेवा छिट्टै संचालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।

स्याङ्जाको प्रमुख व्यपारीक केन्द्रमा रहेको वालिमा स्थापना गरेर आफ्नो सेवा संचालनमा ल्याएको बैंकले स्थापना भएको करिव तिन बर्षमै एटिएम सेवा संचालनमा ल्याउने भएको हो ।

बैकले पहलोपटक स्याङ्जाको वालिङ्सदरमुकाम पुतलीबजार र पोखरामा गरि तिन ठाँउमा एटिएम सेवा संचालनमा ल्याउने बैकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार तिन ठाँउमा एटिएम संचालनमा ल्याउदा करिव ४० लाख खर्च हुने बताए ।

बैकका सेवाग्राहिले २४ सै घण्टा पैसाको आवश्यकता बाट बन्चित हुन नपरोस भनेर यो सेवा संचालनमा ल्याएको समेत अध्यक्ष पाण्डेले बताए । गरिमा बैकले एटिएम सेवा संचालनमा ल्याएपछि वालिङ्मा एटिएम सेवा तिन पुग्ने छ ।

गरिमा बैंकले ९ लाख ४० हजार पव्लिक शेयर खुल्ला गरेकोमा ७२ बराबरको शेयर आवेदनमा परेको बैंकका कम्पनि सचिव माधव आर्चायले जानकारी दिए । बैकले १ सय २२ करोड निक्षेप रहेको र ८९ करोड लगानी गरेको आर्चायले बताए ।

बैकले आर्थिक बर्ष ०६६÷०६७ मा ३ करोड ७१ लाख नाफा गरेको जनाएको छ । बैंक छिट्टै १० जिल्लामा आफ्नो सेवा विस्तार गर्ने अध्यक्ष पाण्डेले बताए । रुपन्देहीनवलपरासीचितवनलमजुङ्गतनहु पर्वत र बागलुङ्ग लगायतका जिल्लामा सेवा विस्तार गर्न नेपाल राष्ट्रबैकको मापदण्ड र सक्षम रहेकोले बैक यि जिल्लामा जाने तयारीमा समेत रहेको बैंकले जनाएको छ

मोवाइल सेवा प्रभावकारी नहुदा जनता सास्तीमा

रोशन लामिछाने
स्याङ्गजा २३ भाद्र

स्याङ्जाका ग्रामिण भेगमा नेपाल टेलिकमले संचालन गरेको मोवाईल सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधरणहरुको छ ।

जिल्लाका बिभिन्न क्षेत्रमा मोवाइलका टावरहरु राखेपनि बेलाबेलामा ति टावरहरुको मर्मत र निरिक्षण नगरिदिदा ग्रामिण क्षेत्रमा मोवाइल सेवा प्रभावकारी नभएको गुनासो आउने गरेको हो ।

मोवाइल सेवा संचालनमा आएपछि ग्रामिण जनता सुचनाको क्षेत्र बाट टाढा हुन परेको थिएन । यही समस्याको बाध्यतामा रहेका छन् । स्याङ्जा सदमुकाम बाट उत्तर क्षेत्र आरुचौर लगायतका गाविसका जनता एक महिना देखि सुचनाको पहुच बाट टाढा रहेका छन् ।

मोवाइल टावर नआएको एक महिना भयो सर्वोदय उच्च माविका शिक्षक रामप्रसाद पौडेलले भने मोवाइलको टावरनै नभएपछि टेलिकमलाइ पन खवर गर्न पाइएन । पर्वतको सिमानामा पर्ने गाविस भएका कारण पर्वतको मोवाइल सेवा प्रयोग गरेर सदरमुकाममा रहेको टेलिकम कायलयमा खवर गर्दा पनि सुनुवाइ नभएको दुखेसो पौडेलले पोखे ।

आरुचौर गाविसका वाड नं। ३ देखि ९ सम्मका जनता र रापकोटपर्वतका केहि गाविसमा एक महिना देखि मोवाइल सेवा बाट बन्चित भएका छन् । स्याङ्जामा मोवाइल सेवा दिए पनि मोवाइल प्राविधिकनै नभएकोले पटक पटक यो समस्या आएको निमित्त टेलिकम प्रमुख एकनारायण सापकोटाले बताए । आफु राजस्व संकलामा मात्रै काम गर्ने भएकोले पोखरा खवर गरि यो समस्या समाधान गर्ने सापकोटाले बताए ।

स्याङ्जा जिल्लामा मात्रै एक लाख भन्दा मोवाइल प्रयोगकर्ताहरु रहेका छन् तर जिल्लामा एउटा पनि प्राविधिक नखटाउने टेलिकमको लापरवाहीले पटक पटक मोवाइल सेवा बाट हैरान बेहोर्नु परेको छ । पाचमुल गाविस ५ कुर्लेमा रहेको टावरमा खरावी आएपछि त्यस भेगका जनता मोवाइल सेवा बाट बन्चित हुन पुगेका हुन् ।

एक महिनादेखि यस टावरमा आएपछि नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित हुन पुगेको छ

Tuesday, September 7, 2010

फोटो सहितको मतदाता नामावली संकलनका सम्वन्धमा स्याङजा र वालिङमा छलफल सम्पन्न

By Prakash Dotel 
नेपाल सरकार अन्तरगत निर्वाचन आयोगको कार्यक्रम अनुसार फोटो सहितको मतदाता नामावली संकलनका सम्वन्धमा स्याङजा र वालिङमा छलफल सम्पन्न भएको छ। पुतलीबजार, वालिङ नगरपालिका क्षेत्रमा भएको छलफलका सहभागीहरुले फोटो सहितको मतदाता नामावली संकलन र त्यसको प्रक्रियाका वारेमा छलफल गरेका थिए। कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत गंगाप्रसाद सुबेदीले मतदाता नामावली संकलनका वारेमा जानकारी गराए। 
देशका ५८ वटै नगरपालिकामा एकै पटक नामावली संकलन गरिने कार्य्क्रम रहेकोमा स्याङजा निर्वाचन कार्यालयले यसलाई ब्यापक रुपमा तयारी गरिरहेको छ। 
स्याङजाका २ नगरपालिका पुतलिबजार र वालिङ् नगरपालिकामा जिल्ला निर्वाचन कार्यालयको कार्यक्रम तालिका अनुसार यही भदौ २३ गतेदेखि कार्यक्रम सुरु हुने गरि ब्यापक रुपमा तयारी सुरु गरेको जनाएको छ। 
जिल्ला निर्वाचन कार्यालय स्याङजाले तयार गरेको तालिका अनुसार भदौ २३ गतेदेखि तोकिएको मतदाता नामावली संकलन केन्द्रहरुमा प्रचार– प्रसार भदौ २७ गतेसम्म गरिने तथा भदौ २८ गतेवाट दर्ता तथा संकलन कार्य सुरु गरिने उल्लेख छ।
साधन स्रोतको अभाबका कारण पहिलो चरणमा वालिङ नगरका ११ वटा र पुतलिबजार नगरपालिकामा ३ वटा वडामा संकलन कार्य प्रारम्भ गरिने जिल्ला निर्वाचन अधिकृत गंगाप्रसाद सुबेदीले बताए।

मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती

 नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित 
By Prakash Dotel 
स्याङ्जाका शहरी ईलाका र ग्रामिण भेगमा नेपाल टेलिकमले संचालन गरेको मोवाईल सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधरणहरुको गरेका छन्। जिल्लाका बिभिन्न क्षेत्रमा गरि २४ वटा मोवाइलका टावरहरु राखिएको छ। सम्बन्धीत निकायबाट समय–सयमा टावरहरुको मर्मत र निरिक्षण नहुदा ग्रामिण क्षेत्रमा मोवाइल सेवा प्रभावकारी नभएको गुनासो आउने गरेको हो। जिल्लामा मोवाइल सेवा संचालनमा आएपछि ग्रामिण जनता सुचनाका माध्यामबाट नजिक भएका थिए। स्याङ्जा सदमुकामबाट उत्तर क्षेत्र पञ्चमुल, फेदिखोला, लगायतका गाविसका जनता एक महिना देखि सुचनाको पहुचबाट टाढा रहेका छन्।
मोवाइल टावर नआएको एक महिना भयो सर्वोदय उच्च माविका शिक्षक रामप्रसाद पौडेलले भने, मोवाइलको टावर नै नभएपछि टेलिकमलाई खवर गर्न पाइएन। पर्वतको सिमानामा पर्ने गाविस भएका कारण पर्वतको मोवाइल सेवा प्रयोग गरेर सदरमुकाममा रहेको टेलिकम कार्यालयमा खवर गर्दा पनि सुनुवाइ नभएको दुखेसो पौडेलले पोखे।
स्याङ्जामा मोवाइल सेवा दिए पनि मोवाइल प्राविधिक नै नभएकोले पटक–पटक यो समस्या आएको निमित्त टेलिकम प्रमुख एकनारायण सापकोटाले बताए। आफु राजस्व संकलनमा मात्रै काम गर्ने भएकोले पोखरा खवर गरि यो समस्या समाधान गर्ने सापकोटाले बताए।
स्याङ्जा जिल्लामा मात्रै एक लाख भन्दा मोवाइल प्रयोगकर्ताहरु रहेका छन् तर जिल्लामा एउटा पनि प्राविधिक नखटाउने टेलिकमको लापरवाहीले पटक–पटक मोवाइल सेवाबाट हैरान बेहोर्नु परेको छ। पञ्चमुल गाविस ५ कुर्लेमा रहेको टावरमा खरावी आएपछि त्यस भेगका जनता मोवाइल सेवा बाट बन्चित हुन पुगेका हुन्।
एक महिनादेखि यस टावरमा आएपछि नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित हुन पुगेको छ।

तीजको दिन आफ्नो छालाअनुरूप अनुहारलाई सुहाउने शृंगार कसरी गर्ने ??

हिन्दू/नेपाली   महिला तीज पोसाक मा 


नेपाली दिदी-बहिनी महान् पर्व तीज उल्लासमय रूपले मनाउने तयारीमा छन् । तीजको दिन धेरैजसो महिला व्रत बस्छन् अनि बेहुलीकै जस्तै शृंगार पनि गर्छन् । तीजको दिन आफ्नो छालाअनुरूप अनुहारलाई सुहाउने शृंगार कसरी गर्ने, कसरी बिहानदेखि बेलुकासम्म आफूलाई तरोताजा राख्ने भन्ने विषयमा जानकारी राख्नु फाइदाजनक नै हुन सक्छ ।

शृंगार गर्नुअघि आफ्नो छालाको प्रकार थाहा पाउनुपर्छ । छाला सुख्खा छ भने मेकअप कीटमा मोस्चराइजर तथा तैलीय छ भने ओइल पि|m जेल फाउन्डेसन राख्नुपर्छ । तीजको एक-दुई दिन पहिले नै कुनै दक्ष ब्युटिसियनसँग फेसियल गराउनुपर्छ किनभने फेसियल गराएको छालामा चमक हुन्छ र त्यो सफा पनि देखिन्छ । यस्तो छालामा गरिएको मेकअप सुहाउँदिलो हुन्छ ।

शृंगार गर्ने विधि

    अनुहार सफा गर्ने र छालामा सबैतिर बराबर लाग्ने गरी फाउन्डेसन लगाउने ।

    दाग-धब्बायुक्त छाला छ भने कन्सिलर प्रयोग गर्न सकिन्छ ।  कन्सिलरलाई राम्रोसँग छालामा लगाई माथिबाट लुज पाउडर वा कम्प्याक्टर पाउडर लगाउने ।

    आँखामा रातो रंगको क्रिमी आइस्याडो लगाउने । गहुँगोराहरूले ब्रन्ज कलरको आइस्याडो लगाउने ।

    आई पेन्सिलले मोटो वा पातलो जस्तो सुहाउँछ आँखाको तलमाथि रेखा तान्ने ।

    परेलामा मस्काराको एक कोट लगाई केहीबेर सुक्न दिने । त्यसपछि अर्को एक कोट लगाउने ।

    गालामा रातो रंगको लाइटमा ब्लस प्रयोग गर्ने । सिमर रुजलाई पनि मेकअप ब्लसरमा प्रयोग गर्न सकिन्छ ।

    किशोरीहरूले गुलाबी ब्लसर प्रयोग गर्नु राम्रो हुन्छ किनभने यसको प्रयोगले अनुहारमा निर्दोष सौन्दर्यको आभास दिलाउँछ ।

    ओठमा सबैभन्दा पहिले लिप वेक्सिङ प्रयोग गर्ने । ओठ खस्रो  वा फुटेको छ भने लिप स्क्रब प्रयोग गर्दा ओठमा भएको मृतकोष हटेर ओठ नरम हुन्छ ।

    ओठमा लिपस्टिकको रंगभन्दा एक सेड गाढा रंगको पेन्सिलले आउट लाइन तान्ने र ब्रसको सहायताले लिपस्टिक भर्ने । लिप्स्टिकको माथिबाट ब्राइट कलरको लिप ग्लिटर वा लिप ग्लास एक कोट लगाउने, अन्त्यमा अनावश्यक रूपमा लिपस्टिक फैलन नदिन टिस्यु पेपरलाई ओठको बीचमा राख्ने र हल्का दबाब दिने ।

    गर्मी मौसम भएकाले केशमा जुरो बनाउने । केश लामो छ भने चुल्ठो बनाई साडीको रंगसँग मिल्ने हेयर फ्लाबरको कानभन्दा दुई इन्चमाथि पिन अप गरेर लगाई चुल्ठोको शोभा बढाउन सकिन्छ । बजारमा हेयर स्टाइल डेकोरेसन गर्ने विभिन्न प्रकारका क्लचर क्लिप पाइन्छन् जसलाई प्रयोगमा ल्याउन सकिन्छ ।

    यो वषर्ाको मौसम भएकाले वाटरप्रुफ मेकअप गर्नु राम्रो हुन्छ । सम्पूर्ण मेकअप वाटरप्रुफ  नभए पनि मस्कारा भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ ।

    तीजको अवसरमा हातमा मेहन्दी लगाई आफ्नो सम्पूर्ण सौन्दर्य बढाउन सकिन्छ । दुवै हातमा प्रशस्त सुहाउँदा चुरा लगाउने ।

    तीजको दिन दिदी-बहिनीहरू समूहमा भेला भई खुसीपूर्वक नाचगान गर्छन् । यस्तो अवसरमा सरिक हुन प्राकृतिक देखिने खालको हलुका शृंगार उपयुक्त हुन्छ ।

संस्कृतिले विकृत मोड लिएको छ 
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने यो चाड पहिले सीमित समुदाय वा जातजातिले मनाउँथे । अहिले अन्य विभिन्न समुदाय वा जातजातिले पनि यसलाई अपनाएका छन् । पौराणिक कथाअनुसार हिमालयकी  पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुवात भएको मान्यता छ । तीजमा विवाहितहरू आफ्ना श्रीमान् तथा परिवारको सुख-समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहितले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्छन् ।

तीजको अघिल्लो दिन दर खाने चलन भए पनि हिजोआज महिना दिनअघिदेखि नै दर खाने-ख्वाउने तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने चलन बढेको छ । पहिले-पहिले दरका रूपमा मिठाइ, खीर तथा दूधले बनेका परिकारको चलन बढी  थियो भने हिजोआज माछा-मासुको प्रयोग बढेको पाइन्छ । व्रतको दिन पानी पनि नपिई बस्नुपर्छ भन्ने मान्यता एकथरि को छ भने यी सबै नियम मान्छेले नै बनाएका हुनाले निराहार व्रत बस्नु नपर्ने भनाइ अर्काथरिको छ । शास्त्रमा निराहार व्रत बस्नुपर्ने कुरा कतै पनि उल्लेख नभएको कुरा धर्मशास्त्रीहरू बताउँछन् । तीजका दिन महिलाहरू व्रत बस्ने, भेटघाट गरी नाचगान गरी रमाइलो गर्छन् भने चौथीका दिन स्नान गरी व्रत पारायण गरेपछि खाना खान्छन् । तेस्रो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको  नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास  छ । त्यसपछि अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाइन्छ ।

 तीजको दिन महिलाले लगाउने रातो साडी सुख-समृद्धि एवं साहसको प्रतीक हो । त्यसैगरी पोते शान्तिको प्रतीक हो भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजमा विवाह गरी टाढा-टाढा गएका दिदी-बहिनीहरू, साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख-दुःख गीत-संगीतका माध्यमबाट  साटासाट गर्छन् । पहिले-पहिलेका तीजमा गाइने गीतहरूमा छोराछोरीबीचको भेदभाव, आफूले विवाह गरेर गएको घरबाट पाएका दुःख वा पीडा आदि कुरा हुन्थे भने हिजोआज समयको गतिसँगै महिलाहरूमा आएको शैक्षिक जागरण, चेतना, सामाजिक परिवर्तन एवं बदलिँदो राजनीतिक स्वरूपअनुसार तीजमा गाइने गीतहरूमा पनि परिवर्तन आउन थालेको छ । महिलाहरू विभिन्न समसामयिक घटनाहरूमा आधारित भएर आफ्ना गीतहरूबाट सन्देश दिने काम गर्छन् ।

यी तीजका विधि तथा परम्परा भए पनि तीजमा गरिने अनावश्यक गहना तथा पहिरन प्रदर्शन भने नकारात्मक हो जसले आत्मसम्मान र आपसी सद्भावमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेको हुन्छ । हाम्रो धर्म, संस्कृति तथा शास्त्रमा श्रीमान्ले आफ्नी श्रीमतीको दीर्घायु र कल्याणका लागि पूजा गर्ने र व्रत बस्ने चलन पाइँदैन । वास्तवमा सुखद् दाम्पत्य जीवन एवं असल जीवनसाथी महिलाका लागि मात्र नभई पुरुषका निम्ति पनि उत्तिकै आवश्यक कुरा हो । हाम्रो पुरुषप्रधान समाजमा शारीरिक, मानसिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्यका दृष्टिकोणले पनि महिलाहरू धेरै पछाडि छन् । यस्ता आधारभूत कुरामा समेत निर्णय गर्ने अधिकार महिलालाई छैन । श्रीमान्लाई आफूले पाउने दःुखका बारेमा बुझाउनु र श्रीमान्ले श्रीमतीको पीडा बुझ्नु श्रीमान्को कर्तव्य हो । त्यसैले सम्पूर्ण हिन्दू नारीले परम्परालाई निरन्तरता दिँदै आफ्नो सोचमा पनि समयानुकूल परिवर्तनसहितको तीज मनाउनुपर्छ जुन समयको माग पनि हो ।   

References : 1.करुणा उदासी "कृष्ण"
                  2.Many sources .

स्यांग्जा मा महिला पत्र कार पनि जुर्मुराए

by Prakash Dotel
स्याङ्जामा पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारहरुको एक भेलाले क्रियाशील महिला पत्रकार समुह(डब्लूडब्लूजे )सोमबार गठन गरेको छ । भेलाले पत्रकार जानु पंगेनीको अध्यक्षतामा नौ सदस्यीय समुह गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा दिलिपाश्री एसी, महासचिवमा बिना गैरे, सचिवमा कल्पना सुवेदी, कोषाध्यक्ष संगीता भाट रहनुभएको छ । समितिको सदस्यहरुमा किरण सेन, सविना कर्माचार्य, विद्या पराजुली, सृजना सुवेदी रहनुभएको छ ।
भेलालाई समुहकी पश्चिमाञ्चल संयोजक रीता गुरुङ्ले महिला पत्रकारहरुका समस्या, चुनौति र अधिकार संरक्षणका लागि महिलाहरु संगठित हुनुपर्नेमा जोड दिनुनुभयो। उहाँले महिला पत्रकार समुह गठन गर्ने औचित्यबारे प्रकाश पादै पत्रकारका थुप्रै संगठन भएपनि महिला पत्रकारहरुका समस्यामा ती संगठनहरुको भुमिका गौण देखिएकाले छुट्टै संगठन गठन गर्न आवश्यक भएको स्पष्ट पार्नुभयो ।

Sunday, September 5, 2010

सारीले तान्यो जापानी

स्याङ्जा, भाद्र १९
 By Basanti Bastola
'म पनि साडी लगाउँछु नि,' सबैजना सारीमा ठाँटिएर देखेरे होला, जापानी युवती एचुको अतारासीले भनिन् । उनको आग्रहलाई महिला विकास कार्यालयका कर्मचारीले पूरा गरिदिए ।

जाईकामार्फत् महिला विकास कार्यालयमा स्वयंसेवी भएर आएकी उनी जिल्लास्तरीय खुल्ला तीज गीत प्रतियोगिताको अन्तिम दिन सारी पहिरेरै उपस्थित भइन् । नेपाली नाम 'नूतन' राखेकी उनलाई प्रशंसा गर्ने थोरै भएनन् । कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसमेत सहभागी थिए ।

'लगाउन निकै गाह्रो भए पनि धेरै राम्रो देखिँदो रहेछ,' एचुकोले मक्ख पर्दै भनिन्, 'मैले छुट्टै पोसाक लगाउँदा विदेशीजस्तो देखिन्छु, मलाई नेपालीजस्तै बन्न मन छ ।' उनलाई तीज निकै मन परे पनि किन महिलाले मात्र मनाएको होला, किन गीत गाउँदा पुरुष नमिसाएको भन्ने लाग्दो रहेछ । महिलाले अन्त व्यक्त गर्न नसकेका दुःख-पीडा पोख्ने चाड तीज भएको आयोजकले अथ्र्याएपछि उनले भनिन्, 'महिलाले दुःख नपाए त तीज लोप हुन्छ होला है ?'

मूल आयोजक समितिकी अध्यक्ष गीता शर्माले समयसँगै तीजका गीत परिमार्जन भएको बताइन् । वातावरण, जात, कृषि, विकासजस्ता विषय गीतमा सुनेपछि एचुकोलाई लागेको छ, 'नयाँ नेपाल भनेको यही पो

रहेछ ।' उनले महिला विकासबाट फिल्डमा भेटेका टाउकामा रुमाल र कम्मरमा पटुका बाँधेर काम गरेका महिला पनि कार्यक्रममा सहभागी थिए । चिनेजानेका अनुहार देखेपछि उनले भनिन्, 'कस्तो अचम्म, अहिले त तिनै महिला गहना र रातो साडी लगाएर कति राम्रा देखिएका ?'

भदौ ११ मा सुरु प्रतियोगिता गल्याङ, वालिङ र पुतलीबजारमा तीनपटक आयोजना गरेपछि चौथोपटक तीन क्षेत्रका उत्कृष्ट १२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो । त्यसमा कटुस्वारा आमा समूह

-फेदीखोला) पहिलो, कालीगण्डकी कृषि उपज सहकारी संस्था लिमिटेड -पकवादी) दोस्रो र नारायणस्थान टोल विकास संस्था -प्रगतिनगर) तेस्रो भए । प्रमुख अतिथि सभासद् पद्मा अर्यालले उनीहरूलाई क्रमशः ८, ५ र ३ हजार रुपैयाँ पुरस्कार स्वरूप हस्तान्तरण 
गरिन् ।  (ekantipur)

" अब बन्ने संविधानमा खेलाडीको भविष्य सुनिश्चित हुनु पर्दछ " मोहनप्रसाद पाण्डे

प्रकाश डोटेल स्याङजा-१९ भदौं
संविधानसभाका सदस्य मोहनप्रसाद पाण्डेले जनताले दिएको म्यान्डेट अनुसार सबिधान निर्माणमा सभाषद नभई प्रमुख राजनैतिक दल दोषी भएको आरोप लगाएका छन् । उनले प्रमुख दोषी माओवादी भएको समेत आरोप लगाए । संविधानसभाका सदस्य पाण्डेले ढिलै भएनि सबैको सहमति र सहकार्य बमोजिम सबिधमान निर्माण गर्नु पर्ने बताउदै भने, अन्यथा फेरी सविधान जल्ने छ ।
जनजाति भाषाभाषी सबैलाई समेटेर सन्तुलित संविधान निमाण गर्नुपने सभाषद पाण्डेको भनाई थियो । पाण्डेले एक मधेश एक प्रदेश र जातिय आधारमा राज्या आफुलाई स्विकार नहुने बताए । राज्यको स्पष्ट नितिका अभावमा खेल क्षेत्र पछाडी परेको बताउदै भने, अब बन्ने संविधानमा खेलाडीको भविष्य सुनिश्चित हुनु पर्दछ ।

आर्रुखर्कका कृषकले एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल

'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'

प्रकाश डोटेल स्याङ्जा, २० भदौं
उत्तरी स्याङ्जाको आर्रुखर्कका एक कृषकले गरेको गोलभेडा खेतीमा एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल भएका छन् । कृषक रामजी पौडेलले कलमी गरेर लगाईएको बोटमा जिल्लामै पहिलो पटक बढि गोलभेडा उत्पादन भएको छ । उनले विगत पाँच वर्षेखि गोलभेडा लगाउदै आए पनि यसरी बढि उत्पादन दिएको यो पहिलो पटक हो । कृषक पौडेलले भने, 'यो प्रविधिबाट धेरै फाईदा हुदो रहेछ ।'
स्थानिय स्तरमा उत्पादीत गोलभेडा पोखरा र स्याङ्जा सदरमुकाम निकासी हुदै आएको छ । त्यस क्षेत्रका करिव १० घरपरिवार मौसमी तथा बैमौसमी तरकारी खेतीमा निर्भर रहेको छ । कृषकको भनाई अनुशार १५ रुपयाँ देखि ४० रुपयाँसम्म गोलभेडाको मुल्य रहेको छ ।
नेपालमा यो प्रविधि बंगलादेशबाट भित्रिएको हो । यस प्रविधि अर्न्तगत बंगलादेशबाट नेपाल ल्याईएको सोलानम सिसिम्व्रो फोलियम -जंगली भण्टा) को जरालाई आफुले मन परेको जातको टमाटरमा कलमी गरेपछि यो विरुवा उत्पादन हुन्छ । विज्ञका अनुसार कलमी गरेको ४५ दिनदेखि ६० दिनसम्म गोलभेडाको विरुवा र्सार्न योग्य हुन्छ।
यसरी सारेको विरुवा अरु पुराना जात भन्दा बढि प्रभावकारी देखिएको छ । यो बोटमा फल धेरै फल्ने मात्र नभई गोलभेडा पनि स्वादिलो हुने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारीले बताए ।
चाडै नविग्रने र देख्दा आर्कषक दाना हुनाले पनि ग्राहकले रुचाएको स्थानिय कृषकहरुको अनुभव छ । कलमीमा पि.एच.डि गरेका कृषि विषेशज्ञ डाक्टर महेश प्रसाद पुडासैनीले भने, 'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'
परम्परागत गोलभेडाको जराम गाँठो परी खनीज र पानि लिनेकाममा अवरोध गर्नाले गोलभेडा राम्ररी फस्टाउन नसक्ने डा.पुडासैनीले बताए । यसरी कलमी बोट व्यवसायि कृषकको लागी धेरै लाभदायक बनेको छ 

मोवाईल फोन अबरुद्ध


 भाद्र २० - स्याङजा,कास्की र पर्वतको सीमामा रहेको पञ्चासे स्थित नेपाल टेलीकमको रिपिटर टावरमा खरावी आएपछि आईतवार विहानैबाट धौलागिरी अञ्चलमा मोवाईल फोन अबरुद्ध भएको छ । पानीले गर्दा टावरमा खरावी आएपछि धौलागिरिका बागलुङ,म्याग्दी,मुस्ताङ्ग र पर्वतका सम्पूर्ण पि्रपेड,पोष्ट पेड र सिडिएमए मोवाईल फोन अबरुद्ध भएका हुन् । मोवाईल फोन अबरुद्ध हुंदा सेवाग्राहीहरु मर्कामा परेका छन् । पञ्चासेमा पानीपरीरहेकाले मर्मत गर्न समस्या भएको र साँझ सम्म सबै मोवाईल सुचारु हुने टेलीकम पर्वतले जनाएको छ ।

कैदीको स्वास्थ्य परीक्षण

 - नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले ४८ औ रेडक्रस दिवसको अवसर पारेर जिल्लामा विभिन्न कार्यक्रम संपन्न गरको छ । उक्त अवसरमा जिल्लाका कारागारका ४५ जना कैदीको स्वास्थ परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणपछि ३० जनालाई एचआईभी परामर्श र २८ जनाको रक्त परीक्षण गरीएको जिल्ला रेडक्रस सोसाईटी सामुदायिक सेवाकेन्द्रका परामर्शदाता नन्दलाल ढकालले बताए ।  २८ जना मध्ये ९ जनालाई यौनरोगको उपचार गरीएको थियो ।
कैदीलाई प्रमुख जिल्ला अधिकारी जिवन वली र रेडक्रसका उपसभापति दिपक लम्सालले नुहाउँने र लुगा धुने सावुन वितरण गरेका थिए  । प्रमुख जिल्ला अधिकारीको आग्रहमा जिविसले कैदीलाई क्यारेम्बोर्ड  र रेडक्रसले त्रिपाल दिने भएको छ । कारागारमा रहेको त्रिपाल पुरानो भएर पानि चुहिदै आएको थियो ।