Thursday, September 9, 2010

मोवाइल सेवा प्रभावकारी नहुदा जनता सास्तीमा

रोशन लामिछाने
स्याङ्गजा २३ भाद्र

स्याङ्जाका ग्रामिण भेगमा नेपाल टेलिकमले संचालन गरेको मोवाईल सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधरणहरुको छ ।

जिल्लाका बिभिन्न क्षेत्रमा मोवाइलका टावरहरु राखेपनि बेलाबेलामा ति टावरहरुको मर्मत र निरिक्षण नगरिदिदा ग्रामिण क्षेत्रमा मोवाइल सेवा प्रभावकारी नभएको गुनासो आउने गरेको हो ।

मोवाइल सेवा संचालनमा आएपछि ग्रामिण जनता सुचनाको क्षेत्र बाट टाढा हुन परेको थिएन । यही समस्याको बाध्यतामा रहेका छन् । स्याङ्जा सदमुकाम बाट उत्तर क्षेत्र आरुचौर लगायतका गाविसका जनता एक महिना देखि सुचनाको पहुच बाट टाढा रहेका छन् ।

मोवाइल टावर नआएको एक महिना भयो सर्वोदय उच्च माविका शिक्षक रामप्रसाद पौडेलले भने मोवाइलको टावरनै नभएपछि टेलिकमलाइ पन खवर गर्न पाइएन । पर्वतको सिमानामा पर्ने गाविस भएका कारण पर्वतको मोवाइल सेवा प्रयोग गरेर सदरमुकाममा रहेको टेलिकम कायलयमा खवर गर्दा पनि सुनुवाइ नभएको दुखेसो पौडेलले पोखे ।

आरुचौर गाविसका वाड नं। ३ देखि ९ सम्मका जनता र रापकोटपर्वतका केहि गाविसमा एक महिना देखि मोवाइल सेवा बाट बन्चित भएका छन् । स्याङ्जामा मोवाइल सेवा दिए पनि मोवाइल प्राविधिकनै नभएकोले पटक पटक यो समस्या आएको निमित्त टेलिकम प्रमुख एकनारायण सापकोटाले बताए । आफु राजस्व संकलामा मात्रै काम गर्ने भएकोले पोखरा खवर गरि यो समस्या समाधान गर्ने सापकोटाले बताए ।

स्याङ्जा जिल्लामा मात्रै एक लाख भन्दा मोवाइल प्रयोगकर्ताहरु रहेका छन् तर जिल्लामा एउटा पनि प्राविधिक नखटाउने टेलिकमको लापरवाहीले पटक पटक मोवाइल सेवा बाट हैरान बेहोर्नु परेको छ । पाचमुल गाविस ५ कुर्लेमा रहेको टावरमा खरावी आएपछि त्यस भेगका जनता मोवाइल सेवा बाट बन्चित हुन पुगेका हुन् ।

एक महिनादेखि यस टावरमा आएपछि नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित हुन पुगेको छ

No comments:

Post a Comment