Tuesday, September 7, 2010

मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती

 नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित 
By Prakash Dotel 
स्याङ्जाका शहरी ईलाका र ग्रामिण भेगमा नेपाल टेलिकमले संचालन गरेको मोवाईल सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधरणहरुको गरेका छन्। जिल्लाका बिभिन्न क्षेत्रमा गरि २४ वटा मोवाइलका टावरहरु राखिएको छ। सम्बन्धीत निकायबाट समय–सयमा टावरहरुको मर्मत र निरिक्षण नहुदा ग्रामिण क्षेत्रमा मोवाइल सेवा प्रभावकारी नभएको गुनासो आउने गरेको हो। जिल्लामा मोवाइल सेवा संचालनमा आएपछि ग्रामिण जनता सुचनाका माध्यामबाट नजिक भएका थिए। स्याङ्जा सदमुकामबाट उत्तर क्षेत्र पञ्चमुल, फेदिखोला, लगायतका गाविसका जनता एक महिना देखि सुचनाको पहुचबाट टाढा रहेका छन्।
मोवाइल टावर नआएको एक महिना भयो सर्वोदय उच्च माविका शिक्षक रामप्रसाद पौडेलले भने, मोवाइलको टावर नै नभएपछि टेलिकमलाई खवर गर्न पाइएन। पर्वतको सिमानामा पर्ने गाविस भएका कारण पर्वतको मोवाइल सेवा प्रयोग गरेर सदरमुकाममा रहेको टेलिकम कार्यालयमा खवर गर्दा पनि सुनुवाइ नभएको दुखेसो पौडेलले पोखे।
स्याङ्जामा मोवाइल सेवा दिए पनि मोवाइल प्राविधिक नै नभएकोले पटक–पटक यो समस्या आएको निमित्त टेलिकम प्रमुख एकनारायण सापकोटाले बताए। आफु राजस्व संकलनमा मात्रै काम गर्ने भएकोले पोखरा खवर गरि यो समस्या समाधान गर्ने सापकोटाले बताए।
स्याङ्जा जिल्लामा मात्रै एक लाख भन्दा मोवाइल प्रयोगकर्ताहरु रहेका छन् तर जिल्लामा एउटा पनि प्राविधिक नखटाउने टेलिकमको लापरवाहीले पटक–पटक मोवाइल सेवाबाट हैरान बेहोर्नु परेको छ। पञ्चमुल गाविस ५ कुर्लेमा रहेको टावरमा खरावी आएपछि त्यस भेगका जनता मोवाइल सेवा बाट बन्चित हुन पुगेका हुन्।
एक महिनादेखि यस टावरमा आएपछि नेपालकै पहिलो ग्रामिण पर्यटन केन्द्र शिरुवारी समेत सुचनाको सेवा बाट प्रभावित हुन पुगेको छ।

No comments:

Post a Comment