Tuesday, September 7, 2010

फोटो सहितको मतदाता नामावली संकलनका सम्वन्धमा स्याङजा र वालिङमा छलफल सम्पन्न

By Prakash Dotel 
नेपाल सरकार अन्तरगत निर्वाचन आयोगको कार्यक्रम अनुसार फोटो सहितको मतदाता नामावली संकलनका सम्वन्धमा स्याङजा र वालिङमा छलफल सम्पन्न भएको छ। पुतलीबजार, वालिङ नगरपालिका क्षेत्रमा भएको छलफलका सहभागीहरुले फोटो सहितको मतदाता नामावली संकलन र त्यसको प्रक्रियाका वारेमा छलफल गरेका थिए। कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत गंगाप्रसाद सुबेदीले मतदाता नामावली संकलनका वारेमा जानकारी गराए। 
देशका ५८ वटै नगरपालिकामा एकै पटक नामावली संकलन गरिने कार्य्क्रम रहेकोमा स्याङजा निर्वाचन कार्यालयले यसलाई ब्यापक रुपमा तयारी गरिरहेको छ। 
स्याङजाका २ नगरपालिका पुतलिबजार र वालिङ् नगरपालिकामा जिल्ला निर्वाचन कार्यालयको कार्यक्रम तालिका अनुसार यही भदौ २३ गतेदेखि कार्यक्रम सुरु हुने गरि ब्यापक रुपमा तयारी सुरु गरेको जनाएको छ। 
जिल्ला निर्वाचन कार्यालय स्याङजाले तयार गरेको तालिका अनुसार भदौ २३ गतेदेखि तोकिएको मतदाता नामावली संकलन केन्द्रहरुमा प्रचार– प्रसार भदौ २७ गतेसम्म गरिने तथा भदौ २८ गतेवाट दर्ता तथा संकलन कार्य सुरु गरिने उल्लेख छ।
साधन स्रोतको अभाबका कारण पहिलो चरणमा वालिङ नगरका ११ वटा र पुतलिबजार नगरपालिकामा ३ वटा वडामा संकलन कार्य प्रारम्भ गरिने जिल्ला निर्वाचन अधिकृत गंगाप्रसाद सुबेदीले बताए।

No comments:

Post a Comment