Sunday, September 5, 2010

आर्रुखर्कका कृषकले एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल

'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'

प्रकाश डोटेल स्याङ्जा, २० भदौं
उत्तरी स्याङ्जाको आर्रुखर्कका एक कृषकले गरेको गोलभेडा खेतीमा एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल भएका छन् । कृषक रामजी पौडेलले कलमी गरेर लगाईएको बोटमा जिल्लामै पहिलो पटक बढि गोलभेडा उत्पादन भएको छ । उनले विगत पाँच वर्षेखि गोलभेडा लगाउदै आए पनि यसरी बढि उत्पादन दिएको यो पहिलो पटक हो । कृषक पौडेलले भने, 'यो प्रविधिबाट धेरै फाईदा हुदो रहेछ ।'
स्थानिय स्तरमा उत्पादीत गोलभेडा पोखरा र स्याङ्जा सदरमुकाम निकासी हुदै आएको छ । त्यस क्षेत्रका करिव १० घरपरिवार मौसमी तथा बैमौसमी तरकारी खेतीमा निर्भर रहेको छ । कृषकको भनाई अनुशार १५ रुपयाँ देखि ४० रुपयाँसम्म गोलभेडाको मुल्य रहेको छ ।
नेपालमा यो प्रविधि बंगलादेशबाट भित्रिएको हो । यस प्रविधि अर्न्तगत बंगलादेशबाट नेपाल ल्याईएको सोलानम सिसिम्व्रो फोलियम -जंगली भण्टा) को जरालाई आफुले मन परेको जातको टमाटरमा कलमी गरेपछि यो विरुवा उत्पादन हुन्छ । विज्ञका अनुसार कलमी गरेको ४५ दिनदेखि ६० दिनसम्म गोलभेडाको विरुवा र्सार्न योग्य हुन्छ।
यसरी सारेको विरुवा अरु पुराना जात भन्दा बढि प्रभावकारी देखिएको छ । यो बोटमा फल धेरै फल्ने मात्र नभई गोलभेडा पनि स्वादिलो हुने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारीले बताए ।
चाडै नविग्रने र देख्दा आर्कषक दाना हुनाले पनि ग्राहकले रुचाएको स्थानिय कृषकहरुको अनुभव छ । कलमीमा पि.एच.डि गरेका कृषि विषेशज्ञ डाक्टर महेश प्रसाद पुडासैनीले भने, 'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'
परम्परागत गोलभेडाको जराम गाँठो परी खनीज र पानि लिनेकाममा अवरोध गर्नाले गोलभेडा राम्ररी फस्टाउन नसक्ने डा.पुडासैनीले बताए । यसरी कलमी बोट व्यवसायि कृषकको लागी धेरै लाभदायक बनेको छ 

No comments:

Post a Comment