Thursday, September 9, 2010

पिंडीखोलामा टाम्केकोट महोत्सव हुने


(ई स्यांग्जा सम्बाददाता )

स्याङ्जाको पश्चिमी ग्रामीण पर्यटकीय क्षेत्र पिँडीखोलामा पहिलोपटक टाम्केकोट महोत्सव हुने भएको छ। जनमुक्ति युवा क्लब पिँडीखोला-७ सल्यान गाउँको आयोजनामा असोज २७ देखि कात्तिक ४ गतेसम्म महोत्सवको आयोजना हुनलागेको हो।
ग्रामीण पर्यटनको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बिनोद रखालीमगरले जानकारी दिनुभयो।
महोत्सवले स्याङ्जा जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने तथा पर्यटन वर्ष २०११ लाई टेवा दिन, ग्रामीण भेकमा लुकेर रहेका ऐतिहासिक भौगोलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्न, ग्रामीण पर्यटन विकास गर्ने उद्देश्य लिएर आयोजना गर्न लागिएको हो।
महोत्सवमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, रस्साकसी प्रतियोगितालगायतका प्रतियोगता हुनेछन्।
महोत्सवमा पर्यटकीय क्षेत्र टाम्केकोटको भ्रमणको व्यवस्था, पिडीखोला गाउँ विकास समितिअर्न्तर्गतका एकगौडे गुफा, सौरेनी गुफा, वाकछ्याक चौर, भाल्थुमकोट चिया बगान तथा सुन्दर मगर बस्ती सल्यान गाउँको अवलोकनको व्यवस्था गरिएको मगरले जानकारी दिनुभयो।
महोत्सवलाई आकषर्णबनाउनका लागि राष्ट्रियस्तरका कलाकारहरुको प्रदर्शन, स्थानीय मौलीक कला, संस्कृतिको झाँकी प्रदर्शन, मगर खानाको व्यवस्था, मगर गायक गायिकाको प्रस्तुति रहने छ।
महोत्वसलाई सफल बनाउन राम बहादुर रखाली मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन भएको छ भने पाँचवटा उपसमिति समेत गठन भइसकेको छ। महोत्सव अवलोकनका लागि १० हजार आउने अनुमान गरिएको महोत्सव सम्पन्न गर्न करिब दुर्इ लाख खर्च लाग्ने क्लबले अनुमान गरेको छ। महोत्सव स्थल पुग्न स्याङजाको तल्लो गल्याङ बजारबाट कच्ची बाटो हुँदै तीन घण्टामा पुग्न सकिन्छ।

No comments:

Post a Comment