Thursday, September 9, 2010

दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध

प्रकाश डोटेल स्याङ्जा–२४, भदौं
स्याङ्जाको दासिङ् दहथुम गाविस–२ अर्न्तगत सिद्धार्थ राजमार्गमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा पुतलीवजार नगरपालिका–१ का मोहम्वद यासिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटना परि घाईते भएका मियाँलाई उपचारका लागी पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। वालिङबाट स्याङ्जा तर्फ जादै गरेको ग १ ख २९१० नम्वरको माईक्रो बसले स्याङ्जाबाट वालिङ् तर्फ जादै गरेको ग ४ प ५३१० मोटर साईकललाई ठक्कर दिदा मोटर साईकलमा सवार मियाँको मृत्यु भएको हो।
दुर्घटनामा परि घाईते भएका पुतलीवजार नगरपालिका–१ वर्ष १८ का भुपेन गुरुङ्गको चरक अस्पतालमा उपचार भईरहेको छ। गुरुङ् खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
माईक्रो बसको ठक्करबाट मियाँको मृत्यु भएपछि उनका आफन्तले उचित क्षतिपुर्तिको माग राख्द सिद्धार्थ राजमार्गको स्याङ्जा वालिङ् सडक खण्ड अवरुद्ध पारेका छन्। सडक खुलाउनमा स्थानिय प्रशासनले पहल स्वरुप सम्बन्धीत पक्षसँग छलफल गरेको छ।

No comments:

Post a Comment