Saturday, February 12, 2011

डाँसीराम स्मृती कप फुटबल प्रतियोगितामा पेल्काचौर युवा क्लब र आयोजक ए सेमिफाइनलमा


लोकनाथ मरासिनी
माघ २८, स्याङ्जा । 




प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगितामा पेल्काचौर युवा क्लब र आयोजक ए सेमिफाइनलमा यात्रा तय गरेका छन् ।
स्याङ्जाको मालेबगरमा शुक्रबार भएको क्वाटरफाइनल खेलमा खगेन्द्र पुनको ह्याट्रिकको मद्धतमा पेल्काचौरले ६– ० गोल अन्तरले कुमाल गाउँ युथ क्लबलाई पराजित गरेको हो ।
पेल्काचौरका लागि दिपक गुरुङले दुइ र रमेश अधिकारीले एक गोल गरेका हुन् । त्यस्तै अर्कौ खेलमा आयोजक ए टिमले त्रिभुवन आदर्श माबिलाई ४– २ गोलले पराजित गरेको हो ।
प्रतियोगितामा आयोजकका तर्फबाट बिकास गुरुङ्ले दुई , सुमन श्रेष्ठ र आशिष अधिकारीले एक एक गोल गरेका थिए भने त्रिभुवन आदर्शको तर्फबाट अरुण गुरुङ् र अनिल हमालले सान्त्वना एक एक गोल गरेको हुन् ।
तरुण दल नगर समितिको आयोजना माघ २५ गते शुरु भएको खेल फागुन ३ गते सम्म संचालन हुनेछ ।


पत्रकार पौडेल सम्मानीत


लोकनाथ मरासिनी

माघ २८, स्याङ्जा ।
 ग्रमिण भेगमा रहेर पत्रकारीताको क्षेत्रमा सक्रिय रहेको भन्दै जनप्रदीप बहुमुखि क्याम्पस चिलाउनेवास स्याङ्जामा सम्पन्न महायज्ञ मुल समारोह समितिले शुक्रबार पत्रकार अशोक पौडेललाई सम्मान गरेको छ ।

 स्याङ्जा एफ.एममा आवद्ध रहेका पौडेललाई महायज्ञ सफल बनाउन पत्रकारीताको माध्यमबाट ठुलो मद्धत पुराएको तथा गाविसका अन्य गतिविधिलाई संचारका माध्यमबाट बाहिर ल्याएको भन्दै हैसला बढाउनका लागि सम्मान गरीएको हो ।
माघ २१ गतेदेखि विद्यालयमा जारी महायज्ञको शुक्रबार भएको समापन समारोहामा पौडेललाई महायज्ञका मुल प. रामकृष्ण उपाध्यायले प्रमाण पत्र सहित खादा ओढाएर सम्पन्न गरेका हुन ।

महायज्ञ ६५ लाख भन्दा बढि आर्थिक संकलन गर्दै शुक्रबार सम्पन्न भएको हो ।

Friday, February 11, 2011

विद्यालयमा अनिश्चितकालिन तालाबन्दी


प्रकाश डोटेल/स्याङ्जा, २७ माघ
स्याङ्जाको पञ्चमुल गाविस-८, स्थित राजस्वाँरामा रहेको जनहित निम्न माध्यामिक विद्यालयका विद्यार्थी र अभिभावकहरुले विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै त्यसको अनुसन्धान गर्न माग गर्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
बिद्यार्थी र अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले भष्ट्रचार गरेको भन्दै उनीहरुको राजीनामा नदिएसम्मका लागि विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयका प्रध्यानध्यापक घनश्याम पौडेल र ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र गुरुङ्ले विभिन्न समयमा विद्यालयको नामको खातामा राखिएको करिव १० लाख भ्रष्टचार गरेको विद्यार्थी र अभिभावकहरुले आरोप लगाएका छन् ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि भन्दै जिल्ला शिक्षा कार्यालय तथा अभिभावकबाट समय-समयमा संकलन गरिएको करिव ७ लाख र विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आएको छात्रबृत्ति करिव ३ लाख रकम गरि करिव १० लाख भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।
विद्यालयको कोषमा अनियमितताको भएको भन्दै विद्यालयमा तालाबन्दी भएपछि प्रध्यानाध्यापक पौडेलले राजिनामा दिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

आगलागिबाट किराना पसल जलेर नष्ट


लोकनाथ मरासिनी

माघ २७ स्याङ्जा ।

सेतिदोभान गाउँ विकास समिति वडा नं. ४ स्याङ्जामा विहिबार दिउसो भएको आगलागिबाट एक किराना पसल जलेर नष्ट भएको छ ।

      स्थायिन गिता ढकालको किरना पसलमा विहान ११ बजेतिर अचानक अगलागि भएपछि घरमा रहेका सम्पुर्ण सामन सहित लाखै मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

करिब २ घन्टाको प्रयास पछि जिल्ला प्रहरी कार्यलय स्याङ्जा, सेतिदोभान प्रहरी, स्थानिय बासी, विद्यार्थि लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

      के कारणले आगलागि भएको भन्ने विषयमा केहि खुल्न नसकेको स्थानिय बासीले बताएका छन् ।

      यसैविच आगलागिमा परि सम्पुर्ण आधरभुत बस्तुहरु जलेर नष्ट भएपछि उद्योग वाणिज्य संघ स्याङ्जाले पिडितलाई राहात समेत प्रदान गरेको छ ।

      पिडितका देवर नत्रनारायण ढकाल मार्फत उद्योग वाणिज्य संघका महासचीव रविन्द्र श्रेष्ठले राहात हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरीएको राहात सामाग्रिमा चामाल, दाल र आलु गरी १५ सय बराबरको रहेको उद्योग व

बरजा र सतौ क्वाटरफाइनलमा


लोकनाथ मरासिनी

माघ २७, स्याङ्जा
      स्याङ्जाको मालेबगरमा जारि प्रथम डाँसीराम स्मृती कप नकआउट फुटबल प्रतियोगितामा बरजा र सतौ रजस्थल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

 बिहिबार भएको पहिलो खेलमा बरजाले आयोजक बिलाई ५–० गोलको भारि अन्तरले पराजित गरेको हो ।
बरजाको तर्फबाट सन्तोष श्रेष्ठले र चन्द्र रानाले दुई दुई गोल र अबिनास थापाले एक गोल गरेका हुन् ।

 त्यस्तै दोस्रो खेलमा रजस्थलले बाडखोला युवा क्लबलाई सडन डेथमा १– ० गोल अन्तरले पराजित गरेको हो ।
रजस्थलाई बिजयी बनाउन सोबित श्रेष्ठले गोल गरेका थिए । दोस्रो खेलका निर्धारित थप समयमा १– १ गोलमा बराबरी र ट्राइब्रेकरमा ५– ५ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
 जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाण पत्र तथा द्धितिय हुनेले १५ हजार मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ ।
नेपाल तरुण दल पुतलीबजार नगर समितिको आयोजनामा माघ २५ गतेबाट संचालन भएको प्रतियोगिता फागुन ३ गते चल्ने छ ।
प्रतियोगितामा स्याङ्जा र कास्कि १२ टिमको सहभागिता रहेको छ ।

Wednesday, February 9, 2011

डाँसीराम स्मृती कप शुरु, उद्घाटन खेलमा आयोजक बिजयी


प्रकाश डोटेल

स्याङ्जा–२५, माघ ।

नेपाली काँग्रेसको भातृ संगठन तरुण दल पुतलीबजार नगर समिति स्याङ्जाको आयोजनामा प्रथम डाँसीराम स्मृती कप खुल्ला जिल्ला स्तरिय पुरुष फुटबल प्रतियोगिता जिल्ला सदरमुकामको मालेबगर खेलमैदानमा शुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक ए बिजयी भएको छ । मंगलबार भएको खेलमा आयोजक ए ले बाडखोला युवा क्लबलाई २ गोलका विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । निर्धारित समयमा २–२ गोलको बरावरी भएपछि इन्जुरी ससमयमा आयोजक क्लवका तर्फबाट निरञ्जन राईले गरेको गोलले आयोजक ए विजयी भएको हो ।

खेलमा आयोजक ए लाई बिजयी बनाउन सन्तोष श्रेष्ठ र कृष्ण गुरुङ्ले १÷१ गोल गरेका थिए । पराजित बाडखोला क्लवका तर्फबाट सुभाष गुरुङ्ले दुई गोल गरेका हुन् । प्रतियोगिताको नियमित खेलहरु बुधबारबाट शुरु हुने आयोजकले बताएको छ ।

 प्रतियोगिताको नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले उद्घाटन गदै राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको खेल जगतलाई राज्यले उपयुक्त ध्यान दिन नसकेको आरोप लगाउँदै खेलबाट खेलाडीले जीवन निर्वाह गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए

 उद्घाटनका अवसरमा अखिल नेपाल फुटवल संघ (एन्फा)का केन्द्रिय सह महासचिब दिपक लम्साल, नेपाली काग्रेस महासमिति सदस्य राजु थापाले खेलबाट आपसी समझदारी हुने भएको हुदा प्रतियोगिताहरु नियमित रुपमा हुनुपर्ने बताए ।

  सोहि अवसरमा नेपाली काग्रेस क्षेत्र नं १ का सभापती, तुलसी रेग्मी, नेपाली काग्रेस महाधिबेशन प्रतिनिधी मुन्ना शेख लगायतले बोलेका थिए । तरुण दल नगर समितिका सभापती अनुबर अलिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कुमार रानाले गरेका थिए

प्रतियोगितामा स्याङ्जा, कास्की, पर्वत र पाल्पा जिल्लाका गरि १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन २ गते सम्म संचालन हुनेछ ।

Tuesday, February 8, 2011

महिला स्वास्थ्य स्वयम सेवकहरुलाई आन्दोलनमा उत्रन सुझाव

लोकनाथ मरासिनी

माघ २४, स्याङ्जा ।  

आफ्ना हक हितका लागि महिला स्वास्थ्य स्वयम सेवकहरुलाई आन्दोलनमा उत्रन स्याङ्जाका सरोकारवला पक्षहरुले सुझाव दिएका छन् । स्वयम सेवकहरुले निःशुल्क सेवा प्रदान गर्नुपर्ने बाध्यता नभएको भन्दै राज्यले त्यसतर्फ ध्यन दिनु पर्नेमा सदरमुकाम स्याङ्जामा आज अयोजित महिला स्वास्थ्य स्वयम सेवक संजालको भेलामा बोल्ने बत्ताहरुले जोड दिएका हुन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, संघ संस्था तथा सरकारी कार्यलयका प्रतिनिधिहरुले समेत महिला स्वास्थ्य स्वयम सेवकहरुको अवस्था नाजुक भएको तर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै केन्द्रिय स्वास्थ्य क्षेत्र युनियन परिषदका संयोजक कमलप्रसाद गौतमले महिला स्वयम सेवहरुलाई एउटा पदका रुपमा बुझि व्यवहार गर्न आग्रह गर्नुभएको थियो । उहँले देशभर कायम रहेको असमान भक्ता वितरण खारेजी गर्दै वार्षिक न्युनतम १९ हजार भत्ता उपल्बध गराउने तथा उपदानका रुपमा १ लाख रुपैया प्रप्ती गर्ने बातावरण बनाउनुका साथै दुर्घटना विमा समेतको व्यवस्थाका लागि स्वयम सेवकहरु आन्दोलनमा अगाडि बढेको जानकारी दिनुभएको थियो । उहँले स्वयमसेवकहरुको न्युनतम आधारभुत आवश्यकताहरु पुरा गर्नका लागि आफ्नौ गाविस तथा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो । सोहि कार्यक्रमका विच पुतलिबजार नगरपालिका स्याङ्जाका कार्यकारी अधिकृत हरिराम पाण्डेले नगरक्षेत्र भित्रका सम्पुर्ण स्वयम सेवकहरुलाई वार्षिक रुपमा १÷१ जोर कपडा उपल्बध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा एकीकृत नेकपा माओवदी स्याङ्जाका कार्यलय सचिव सुरज गैह्रे पारस, नेपालि कांग्रेस जिल्ला सभापति कमल प्रसाद पंगेनि, नेकपा एमाले जिल्ला सचिवलय सदस्य रामबहादुर थापा लगायतले स्वयम सेवकहरुका हक र हितका लागि आ–आफ्नो पार्टि जस्तो सुकै कार्य गर्न तयर रहेको बताउदै संगठित हुदै शान्तिपुर्ण आन्दोलनलाई अगाडि बढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख डा. तारानाथ पौडेल, वरिष्ठ स्वास्थ्य अधिकृत नगेन्द्र चौधरी, जिल्ला रेडक्रस सोसाइटि स्याङ्जाका मन्त्री विष्णुप्रसाद काफ्ले लगायतले स्वास्थ्य स्वयम सेवकहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतबद्धता व्यक्त गरेका थिए । स्याङ्जामा २ नगरपालिका र ६० गाउँ विकास समितिमा गरी ६१२ महिला स्वास्थ्य स्वयम सेवकहरु रहेका छन् भने देभरी ७० हजारको हाराहारीमा उनिहरुको संख्या रहेको छ ।  

Monday, February 7, 2011

चीलाउनेवासमा जारी महायज्ञमा १८ लाख बढि आर्थिक संकलन


तेस्रो दिनसम्म आइपुग्दा भक्तजनहरुको भिड बढदै

लोकनाथ मरासिनी

माघ २३, स्याङ्जा ।

      चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पस स्याङ्जामा जारी श्रीमदभागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको तेस्रो दिन आइतबारसम्म १८ लाख बढि आर्थिक संकलन भएको छ ।

      उच्च माविको भौतिक पूर्वाधार विकास, व्यवस्थित पुस्तकालय, प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञको तेस्रो दिन आइतबारमात्रै ५ लाख बढि रकम संकलन भएको हो ।

      नेपालका सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं. रामकृष्ण उपाध्यायले कथाबाचन गर्नुभएको यज्ञमा दिनानुदिन भक्तजनहरुको भिड बढदै गएको छ ।

        महायज्ञको तेस्रो दिन चिलाउनेवास गाउँ विकास समितिले १ लाख प्रदान गरेको छ । त्यस्तै चिलाउनेवास ६ हाल भरतपुर निवासी शान्तिकुमार पौडेलले २१ हजार एक सय ११, चिलाउनेवास ४ निवासी पुण्यप्रसाद उपाध्यायले १२ हजार दुई सय २६, चिलाउनेवास ८ का उमाकान्त गौतमले १० हजार पाँच सय ६०, सापकोटा आमा समूह चिलाउनेबास ३ ले १० हजार ११, चिलाउनेवास ९ फणिन्द्रराज नेपालीले सात हजार एक सय १०, चिलाउनेवास ७ का रमेशप्रसाद पौडेलले ७ हजार एक सय १५, पुतलीवजार १२ निवासी नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवी अर्यालले ७ हजार ५५, चिलाउनेवास ९ टापु निवासी शिवप्रसाद शर्माले सात हजार १० रुपैया प्रदान गर्नुभएको छ ।