Friday, February 11, 2011

विद्यालयमा अनिश्चितकालिन तालाबन्दी


प्रकाश डोटेल/स्याङ्जा, २७ माघ
स्याङ्जाको पञ्चमुल गाविस-८, स्थित राजस्वाँरामा रहेको जनहित निम्न माध्यामिक विद्यालयका विद्यार्थी र अभिभावकहरुले विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै त्यसको अनुसन्धान गर्न माग गर्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
बिद्यार्थी र अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले भष्ट्रचार गरेको भन्दै उनीहरुको राजीनामा नदिएसम्मका लागि विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयका प्रध्यानध्यापक घनश्याम पौडेल र ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र गुरुङ्ले विभिन्न समयमा विद्यालयको नामको खातामा राखिएको करिव १० लाख भ्रष्टचार गरेको विद्यार्थी र अभिभावकहरुले आरोप लगाएका छन् ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि भन्दै जिल्ला शिक्षा कार्यालय तथा अभिभावकबाट समय-समयमा संकलन गरिएको करिव ७ लाख र विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आएको छात्रबृत्ति करिव ३ लाख रकम गरि करिव १० लाख भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।
विद्यालयको कोषमा अनियमितताको भएको भन्दै विद्यालयमा तालाबन्दी भएपछि प्रध्यानाध्यापक पौडेलले राजिनामा दिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

No comments:

Post a Comment