Wednesday, February 9, 2011

डाँसीराम स्मृती कप शुरु, उद्घाटन खेलमा आयोजक बिजयी


प्रकाश डोटेल

स्याङ्जा–२५, माघ ।

नेपाली काँग्रेसको भातृ संगठन तरुण दल पुतलीबजार नगर समिति स्याङ्जाको आयोजनामा प्रथम डाँसीराम स्मृती कप खुल्ला जिल्ला स्तरिय पुरुष फुटबल प्रतियोगिता जिल्ला सदरमुकामको मालेबगर खेलमैदानमा शुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक ए बिजयी भएको छ । मंगलबार भएको खेलमा आयोजक ए ले बाडखोला युवा क्लबलाई २ गोलका विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । निर्धारित समयमा २–२ गोलको बरावरी भएपछि इन्जुरी ससमयमा आयोजक क्लवका तर्फबाट निरञ्जन राईले गरेको गोलले आयोजक ए विजयी भएको हो ।

खेलमा आयोजक ए लाई बिजयी बनाउन सन्तोष श्रेष्ठ र कृष्ण गुरुङ्ले १÷१ गोल गरेका थिए । पराजित बाडखोला क्लवका तर्फबाट सुभाष गुरुङ्ले दुई गोल गरेका हुन् । प्रतियोगिताको नियमित खेलहरु बुधबारबाट शुरु हुने आयोजकले बताएको छ ।

 प्रतियोगिताको नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले उद्घाटन गदै राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको खेल जगतलाई राज्यले उपयुक्त ध्यान दिन नसकेको आरोप लगाउँदै खेलबाट खेलाडीले जीवन निर्वाह गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए

 उद्घाटनका अवसरमा अखिल नेपाल फुटवल संघ (एन्फा)का केन्द्रिय सह महासचिब दिपक लम्साल, नेपाली काग्रेस महासमिति सदस्य राजु थापाले खेलबाट आपसी समझदारी हुने भएको हुदा प्रतियोगिताहरु नियमित रुपमा हुनुपर्ने बताए ।

  सोहि अवसरमा नेपाली काग्रेस क्षेत्र नं १ का सभापती, तुलसी रेग्मी, नेपाली काग्रेस महाधिबेशन प्रतिनिधी मुन्ना शेख लगायतले बोलेका थिए । तरुण दल नगर समितिका सभापती अनुबर अलिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कुमार रानाले गरेका थिए

प्रतियोगितामा स्याङ्जा, कास्की, पर्वत र पाल्पा जिल्लाका गरि १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन २ गते सम्म संचालन हुनेछ ।

No comments:

Post a Comment