Monday, February 7, 2011

चीलाउनेवासमा जारी महायज्ञमा १८ लाख बढि आर्थिक संकलन


तेस्रो दिनसम्म आइपुग्दा भक्तजनहरुको भिड बढदै

लोकनाथ मरासिनी

माघ २३, स्याङ्जा ।

      चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पस स्याङ्जामा जारी श्रीमदभागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको तेस्रो दिन आइतबारसम्म १८ लाख बढि आर्थिक संकलन भएको छ ।

      उच्च माविको भौतिक पूर्वाधार विकास, व्यवस्थित पुस्तकालय, प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञको तेस्रो दिन आइतबारमात्रै ५ लाख बढि रकम संकलन भएको हो ।

      नेपालका सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं. रामकृष्ण उपाध्यायले कथाबाचन गर्नुभएको यज्ञमा दिनानुदिन भक्तजनहरुको भिड बढदै गएको छ ।

        महायज्ञको तेस्रो दिन चिलाउनेवास गाउँ विकास समितिले १ लाख प्रदान गरेको छ । त्यस्तै चिलाउनेवास ६ हाल भरतपुर निवासी शान्तिकुमार पौडेलले २१ हजार एक सय ११, चिलाउनेवास ४ निवासी पुण्यप्रसाद उपाध्यायले १२ हजार दुई सय २६, चिलाउनेवास ८ का उमाकान्त गौतमले १० हजार पाँच सय ६०, सापकोटा आमा समूह चिलाउनेबास ३ ले १० हजार ११, चिलाउनेवास ९ फणिन्द्रराज नेपालीले सात हजार एक सय १०, चिलाउनेवास ७ का रमेशप्रसाद पौडेलले ७ हजार एक सय १५, पुतलीवजार १२ निवासी नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवी अर्यालले ७ हजार ५५, चिलाउनेवास ९ टापु निवासी शिवप्रसाद शर्माले सात हजार १० रुपैया प्रदान गर्नुभएको छ ।



No comments:

Post a Comment