Friday, September 10, 2010

नेपाल टेलिकमको चरम लापरबाहि

समस्या आएको ७/७ दिनसम्म सम्बन्धित पक्ष मौन

लोकनाथ मरासिनी भदौ २३, स्याङ्जा
पक्कै पनि पैसा तिरीसकेपाछि सेवाग्रहीहरुले गुणस्तरीय सेवा र सुविधाको अपेक्षा गरेका हुन्छन् । तर त्यो अपेक्षाको हुमत काडिरहेको छ नेपाल टेलिकमले । सरकारी लगानी समेत रहेको नेपाल टेलिकमले प्रतिस्पर्धाको नाममा आफ्नो सेवामा जसरी संख्यात्मक रुपमा बृद्धि गरीरहेको छ सोही अनुरुपको सुविधा पटक्कै उपल्बध नगराउदा सेवाग्राहीहरु यतिबेला हैरान भइरहेका छन् ।
यसको पछिल्लो ज्वलन्त उदाहरण बनेको छ स्याङ्जा । नेपाल टेलिकम स्याङ्जा शाखाबाट वितरीत सम्पुर्ण फोन सेवामा समस्या आएको आज एक हप्ता वितिसक्दा समेत त्यसतर्फध्यानै नदिएर अर्को चर्तिकला देखाइरहेको छ नेपाल टेलिकमले ।
गुणस्तरीय सेवाको अपेक्षामा रहेका स्याङ्जाबासीहरु टेलिकमले देखाएको पछिल्लो रबैयाप्रति आक्रोशित हुनका साथै अचम्मित समेत भएका छन् । अचम्ममा नपरुन पनि किन जिल्लामा लगभग ९० प्रतिशत उपस्थिति जनाएको टेलिकमले ७/७ दिनसम्म बिग्रिएको सेवालाई सुधार गर्ने कुनै प्रकृया अगाडि नबढाएपछि ।
ल्यान्ड लाइन टेलिफोनबाट फोन गर्न खोज्य डायल टोन आउन १ मिनेट भन्दा बढि पर्खनुपर्ने, केहि गरी झुकिएर सर्म्पर्क भइहालेपनि १/२ मिनेटम भन्दा बढि कुराकानी गर्न नपाउने समस्याले यतिबेला स्याङ्जाबासी ग्रस्त भएका छन् ।
ल्याण्डलाइन टेलिफोन देखि टेलिकमले जिल्लामा वितरण गरेका प्रिपेड मोबाइल, पोष्डपेड, स्काई, सिडिएमए लगाएतका सम्पुर्ण सेवामा त्यस्तै समस्या आएपछि जिल्लामा रहेका हजारै सेवाग्रहीहरु मर्कामा परेका छन् ।
भोजपुर घर भई हाल स्याङ्जामा नोकरी गरी बस्ने रमेश सुवेदीका अनुसार एक हप्ता अगाडि देखी घरपरिवारसँग कुरा गरै भनेर फोन प्रयास गरेको अहिलेसम्म सफल हुन सकेको छैन् । उनका अनुसार दैनीक १५/२० पटक सर्म्पर्क गर्न खोज्दा २/३ पटक मात्रै सर्म्पर्क स्थापित हुन्छ त्यो पनि एक पटकमा १ मिनेटपनि कुरा गर्न नपाउदा घरव्यवहार मिलाउन गाह्रो परेको छ ।
रमेशको जस्तो व्यथा स्याङ्जामा रहेर नेपाल टेलिकमको सेवा उपभोग गर्ने सहरी तथा ग्रमिण सबै क्षेत्रका बासीन्दा सँग रहेको छ । जिल्लाका २ नगरपालिका र ६० ओटै गाविसहरुलाई सुविधा उपल्बध गराउन टेलिकम स्याङ्जाले जिल्लाका विभिन्न स्थानहरुमा गरी ३० भन्दा टावरहरु समेत विस्तार गरेको छ ।
पछिल्लो समय गाउँ गाउँमा मोवाइल सेवा संचालनमा आएपछि दङ्ग भएका सेवाग्रहीहरु अहिले भने हैरान भएका छन् । फोन गर्न खोज्यो सर्म्पर्क हुदैन भइहाले पनि १ मिनेटमै विच्छेद हुदा मोवाईल व्रि्रेको हो कि सेवा उपल्बध नभएको कति ग्रहकहरु अल्मलमा परिरहेको स्थिति समेत रहेका छ स्याङ्जाका ग्रमिण इलाकाहरुमा ।
सेवा प्रदान गर्न नसक्ने भए किन मोवाईल बाढने हामिलाई अन्योलमा पार्न - सेवाग्रहीहरुको नेपाल टेलिकम प्रति आक्रोशको प्रशन रहेको छ । ग्रमिण भगेहरुमा सेवा विस्तार गर्नु राम्रो पक्ष भएपनि गुणस्तरीय सेवा प्रदान गर्न नसक्नु टेलिकमको गम्भिर भुल भएको छ ।
ग्रामिण भेगमा रहेका मोवाइलका टावरहरु बिग्रेको लामो समयसम्म पनि मर्मत नहुदा सास्ती भोगीनै रहेका स्याङ्जाबासीका लागि पुनः फोन सर्म्पर्क भएको मिनेटमै विच्छेद हुने नयाँ समस्याले ग्रस्त पार्दा सेवाग्रही आक्रोशित तथा चिन्तीत भएका छन् ।
यता फोन सेवालाई समेत प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको टेलिकमले पछिल्लो समयमा विस्तार गरेको एडिएसएल प्रविधिको इन्टरनेट सेवा र मोवाइलमा रहेको इन्टरनेट समेत प्रभावकारी नहुदा थप झन्झट व्योहर्न बाध्य भएको बताउछन् स्थानिय पत्रकार राजन पौडेल ।
यस विषयमा हामिले नेपाल टेलिकम स्याङ्जा शाखामा बुझन खोज्दा कार्यलय प्रमुख सरुवा भई गएको दुर्इ महिना विति सकेको र नयाँ प्रविधिक ज्ञान सहितको कार्यलय प्रमुख नभएकाले आफुलाई यसबारेमा थाहा नभएको प्रतिक्रिया दिए निमित्त कार्यलय प्रमुख एकनारायण सापकोटाले ।
उनका अनुसार क्षेत्रिय कार्यलय पोखराबाटनै समस्या आएकाले पोखराबाटनै स्याङ्जाको समस्या समाधान हुन्छ । यसरी नफाको रकमबाट बोनस खाने कुरामा अगाडिनै रहेका टेलिकमका कर्मचारीहरुले र्सवसाधरणको अत्यावश्यक बनिसेकेको संचार सेवामा गरेको चरम लापारबाहिको सम्बन्धमा अब सम्बन्धित सरकारी पक्ष पनि मौन बस्न मिल्दैन् ।

No comments:

Post a Comment