Friday, November 12, 2010

राप्रपा नेपालको जिल्ला भेला सम्पन्न


गल्याङ, २५ कात्तिक।
राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल युवा मोर्चा स्याङ्जाको आयोजनामा जिल्ला भेला स्याङजाको पार्टीकार्यलयमा बिहीबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गदै राप्रपा नेपाल जिल्ला अध्यक्ष मदनबहादुर कार्कीले देशमा भइरहेको अन्योल, अस्थिरता र अराजकता हटाउनको लागि युवा मोर्चा हरु सशक्त ढङ्गबाट अगाडि बढ्न आग्रह गर्नुभयो।
उहाँले राष्ट्रमा प्रधानमन्त्री निवार्चन हुन नसक्नु,तोकिएको समयमा संविधान बन्न बस्ाक्नलगायतका विषयलाई लिएर राप्रपा नेपालले कात्तिक २९ गते सदरमुकाम स्याङ्जा बजारमा विरोध र्‍याली गर्ने र सोको उद्घाटन राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा पाटीका सचिव जयनाथ श्रेष्ठ, विद्यार्थी सङ्गठन जिल्ला अध्यक्ष देवेन्द्र लामिछाने, पुतलीबजार नगर कार्यसमिति राप्रपा नेपालका अध्यक्ष गोपीनाथ पौड्याल, राप्रपा नेपाल क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष चन्द्रप्रसाद गुरुङ, महिला सङ्गठनका जिल्ला सभापति जोककुमारी गुरुङलगायतले देशमा भइरहेको अस्थिरतालाई राजनीतिक दलले सहमतिको बाटो खोज्न आवश्यक परको कुरामा जोड दिएका थिए।
कात्तिक २९ गते जिल्लामा हुने विरोध र्‍यालीलाई भव्यरूपमा सम्पन्न गर्नका लागि प्रचार-प्रसारमा तीव्र पारिने अध्यक्ष कार्कीले जानकारी दिनुभएको थियो।
युवा मोर्चाका जिल्ला अध्यक्ष खेमबहादुर गुरुङले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन इन्द्रबहादुर रानाभाटले गर्नुभएको थियो

No comments:

Post a Comment