Sunday, January 2, 2011

विपिसि क्षमता विस्तारको तयारीमा स्थानियवासीद्धारा विरोध

प्रकाश डोटेल स्याङ्जा-१८, पौष
स्याङ्जाको आँधीखोलाबाट विद्युत उत्पादन गर्दै आएको बुटवल पावर कम्पनी (बीपीसी) ले क्षमता बृद्धिको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । बीपीसीले सहमति नगरि क्षमता बृद्धि तर्फलागेकोमा स्थानियवासीले विरोध गरेका छन् । सहमति विना काम अगाडी बढाएमा अवरोध गर्ने समेत स्थानियवासीले चेतावनी दिएका छन् ।
जिल्लाको जगत्रदेवी गाविस-८ मा बाँध बाधेर वार्ड-९ को लल्याङ्मा पावर हाउस निर्माण गरेर २०४६ सालबाट ५.१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले थप ४.३ मेगावाट क्षमता बृद्धि गर्ने तयारीमा रहेको बताएको छ ।
कम्पनीले स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाका विभिन्न भागमा विद्युत सेवा प्रदान गर्दै आएको छ । थप क्षेत्र विस्तारका लागि क्षमता बृद्धि गर्ने तयारीमा रहेको कम्पनीले सहमति नगरि अगाडी बढ्दा स्थानियवासीले विरोध गरेका हुन् ।
२०४६ सालमा निर्माण सम्पन्न भएको सुरुङ्गमार्ग अशुरक्षित बन्दै गएको छ। जगत्रदेवी गाविसका लल्याङ् र सिम्ले क्षेत्रका करिव ९० घरपरिवार अशुरिक्षत बनेको हो । पावर हाउसको (फलोसिङ्ग) बाट निस्केको पानीले बर्षोनी भुक्षय गर्ने क्रम बढदै गएपछि स्थानियवासिन्दा अशुरक्षित बनेका हुन् । कम्पनीले भुक्षय रोक्ने पक्षमा कुनै पहल नगरेको स्थानियवासीले बताएका छन् ।
कम्पनीले बनाएको पुरानो ड्याममा डुबेर करिव ८ वर्ष अघि स्थानिय ४ र्सवसाधारणको ज्यान गएको थियो । मृतकका परिवारले हालसम्म कुनै क्षतिपुर्ति पाएका छैनन् । तत्कालिन समयमा कम्पनीले पिडित परिवारलाई ५/५ लाख दिने सहमति गरेको थियो ।
कम्पनी क्षमता बृद्धिको अन्तिम चरणमा पुग्दा स्थानियवासीले समस्या समाधान सरोकार समिति गठन गरेका छन् । स्थानियवासी प्रेम श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय समिति गठन गरिएको हो । समस्या समाधान नभएसम्म क्षमता बृद्धि गर्न दिदैनौ, अध्यक्ष श्रेष्ठले भने, पहिले समाधान त्यसपछि मात्रै क्षमता विस्तार ।
भुक्षय रोक्नुको सट्टा क्षमता बृद्धि तर्फलागेर कम्पनीले स्थानियवासीको समस्यालाई अपहेलना गरेको छ । प्रभावित परिवारलाई सुरक्षित बनाउनुपर्छ, सरोकार समितिका सदस्य गुरुप्रसाद भट्टर्राई भने, अपहेलना गर्दै अगाडी बढे अवरोध गरिन्छ । सुविधाको तुलनामा अशुरक्षा बढ्दै गएको छ ।
क्षमता बृद्धि स्याङ्जाली जनताको हितमा छ । स्थानियवासीले सहयोग गर्नुपर्छ । बीपीसी स्याङ्जाका प्रमुख डोल खरेलले भने, विरोध भन्दापनि यसको उपयोगितालाई ध्यान दिनुपर्छ । क्षमता विस्तार गर्न नपाए कम्पनी बन्द गर्नुको विकल्प छैन् ।
आँधीखोलालाई थुनेर सरकारी लगानीमा उच्चबाँध बनाउने कार्यलाई सरकारले चालु आर्थिक वर्ष२०६७/०६८ मा ४५ लाख विनियोजन गरेको छ । सरकारले आँधीखोला हाईड्यामबाट एकसय ७५ मेगावाट विद्युत उतपादन गर्ने लक्ष्य लिएको सभाषद मोहनप्रसाद पाण्डेले बताए ।
कम्पनीले क्षमता विस्तारमा करिव ८० करोड लगानी गर्न लागेको छ । सभाषद पाण्डेले भने, लगानीको ५ प्रतिशतले हुने आउने करिव ४ करोड सामाजिक उत्तरदायीत्वमा खर्च गर्नुपर्ने छ ।
थोरै लगानीमा कम्पनीले क्षमता बृद्धि गर्न लागेको हो । विगत केहि वर्षेखि क्षमता बृद्धि गर्ने कुरा चलेपछि उच्चबाँध बनाउने घोषणपछि कम्पनीले क्षमता बृद्धि गर्ने कार्यलाई त्रि्रता दिएको हो । कम्पनीको एक श्रोतले भर्‍यो, थोरै लगानीमा धेरै मुआव्जा पाउने आशमा यो काम भएको हो ।
कम्पनीले क्षमता बृद्धि गर्न ड्यामको पर्खाल उच्च बनाउने तर्फकाम थालनी गर्न लागेको छ । थप थोरै लगानीमा विद्युत गृहमा रहेको टरबाईन परिवर्तन क्षमता बृद्धि गर्न सकिने भएपछि कम्पनीले क्षमता बृद्धिको कार्यलाई अगाडी बढाएको बताएको छ ।

No comments:

Post a Comment