Sunday, December 5, 2010

मतदाता नामावलीमा कम सहभागीता

प्रकाश डोटेल स्याङ्जा–१९, मंसिर
नेपाल सरकारले लागु गर्न खोजेको फोटो सहितको मतदाता परिचयपत्रका लागि पहिलो पटक नगरपालिकाबाट शुरु गरिएकोमा स्याङजाका दुइ नगरपालिकामा कुल मतदाता संख्याको आधा भन्दा कम सहभागी भएको जिल्ला निर्वाचन कार्यालय स्याङजाले जनाएको छ । फोटो सहितको नामावली संकलन कार्य दुइ नगरपालिकाका बिभिन्न वाडहरुमा ३३ केन्द्रवाट संकलन गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय स्याङजाको नामावली दर्ता विबरण तथ्याङक अनुसार २०६३ को मतदाता नामावलीको संख्याका आधारमा आधा भन्दा कम मतदाताको फोटो सहितको बिबरण संकलन गरिएको देखिएको हो ।
२०६३ मा दुइ नगरपालिकाको कुल मतदाता संख्या ४५ हजार १ सय ५८ रहेकोमा हाल संकलन केन्द्रमा आएर आफ्नो फोटो खिचाउने मतदाता संख्या मात्र २२ हजार ५ सय ९९ रहेका छन । जुन तथ्याङक अनुशार आधाभन्दा कम देखिएको छ ।
स्याङजाका दुइ नगरपालिका पुतलीबजार र वालिङ नगरपालिकामा संकलन गरिएको फोटो सहितको नामावलीमा २२ हजार ५ सय ९९ जना मतदाता सहभागी रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङजाले पहिलो चरणको फोटो सहितको मतदाता नामावली गत भदौ ५ देखि कार्तिक २९ गते सम्म संकलन गरेको थियो । संकलित मतदाता नामावली मध्ये पुतलिबजार नगरपालिकामा १३ हजार ३ सय ३७ मतदाता र वालिङ नगरपालिकामा ९ हजार २ सय ६२ मतदाता मात्र सहभागी रहेका थिए ।
प्रचार प्रसार र ग्रामिण भेगका सर्वसाधारण जनतालाइ फोटो सहितको मतदाता परिचय पत्रको वारेमा जनचेतना फैलाउन नसक्नु र अत्यन्तै छिटो समयमा कार्यक्रम जनतामाझ ल्याइनुको प्रतिफल आधा भन्दा कम सहभागिता भएको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङजाले जतिपनि मतदाताले तोकिएको केन्द्रमा गइ फोटो खिचाउन वांकी रहेका छन उनिहरुको फोटो सहितको विवरण जिल्ला निर्वाचन कार्यालयमा गर्ने ब्यबस्था मिलाइएको जनाएको छ ।

No comments:

Post a Comment