Wednesday, December 8, 2010

एकीकृत शत्रुजीव व्यवस्थापन तालीम

 ई स्याङ्गजा रिपोर्ट ,

स्याङ्जा जिल्लामा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापनसम्बन्धी ६ महीने तालिम सम्पन्न भयो । कारितास नेपालद्वारा सञ्चालित दिगो कृषि बहुउद्देश्यीय सहकारी संस्था, पञ्चमूलको आयोजनामा सो तालिम भएको थियो । धान तथा तरकारी व्यवसायको आधुनिकीकरण तथा रोग तथा कीराको व्यवस्थापन तथा सचेतीकरणका लागि पञ्चमूल, रापाकोट र आरुचौर गाविसअर्न्तर्गत २१ वटा पाठशालाका माध्यमबाट तालीम प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

ती पाठशालामध्ये १२ मा धान र ९ मा तरकारी खेतीसम्बन्धी तालिम दिइएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको अवलोकनमा शत्रुजीव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशतसम्म र धानमा ६० प्रतिशतसम्म उत्पादनमा वृद्धि भएको बताइएको छ । आधुनिक कृषिप्रणालीको विकास गर्दै कृषकको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले तालिम प्रदान गरिएको प्रमुख प्रशिक्षक लक्ष्मी शर्माले बताइन् । उनले तालीमपछि स्याङ्जाका तीन गाविसका कृषकहरू आधुनिक कृषिप्रणालीमार्फत आयआर्जन गर्न सफल हुने दाबी पनि गरिन् ।

No comments:

Post a Comment