Sunday, December 5, 2010

सामाजिक सेवाका लागि युवा संगठित

प्रकाश डोटेल स्याङ्जा–१९, मंसिर
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्रमा बसोबास गरेका मुस्लिम समुदायका सक्रिय युवाहरुको एक भेलाले जिल्लामा सचेतना मुलक कार्यक्रक संचालन गरि सामाजिक सेवाको उद्देश्यले मुस्लिम युवा क्लव गठन गरेका छन् ।
गठित क्लवको अध्यक्षमा सैदुद्धिन मियाँ, उपाध्यक्षमा मोहम्मद सहिद अलि, अहम्ददिन अलि, समिम अलि, सचिवमा मोहम्मद साहाजाहा, सह–सचिवमा मजिद मियाँ र कोषाध्यक्षमा अलि मियाँ (मुमु) रहेका छन् ।
त्यसैगरि क्लवको सदस्यमा अनुबर मियाँ, मोहम्मद हुसेन अलि, नुर मोहम्मद अलि, अरमान अफ्जल, मोहम्मद याकुब, अमिर आलम मियाँ, अनुर खाँ, मुबारक मियाँ र साखालिद मियाँलाई चयन गरेको क्लवका अध्यक्ष सैदुद्धिन मियाँले जानकारी दिएका छन् ।
भेलाले मुस्लिम समुदायका अग्रजहरुको सहभागितामा १२ सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा मुन्ना सेख, हाजी नुरबक्स, हाजी मोहम्मद अलि, हाजी बसर अलि, हाजी, अहमद खाँ, हाजी अलि मोहम्मद, हाजी युसुफ मियाँ, अमिर बक्स, हाजी नुरबक्स, सम्सुदिन मियाँ, हाजी शेर अलि र हनिफ अफ्जल रहेका छन् ।
गठित क्लवले जिल्लामा हुनसक्ने लागुऔषधको ओसारपसारमा नियन्त्रण, सामाजिक रुपान्तरण मुलक सचेतनाका कार्यक्रमहरु संचालन गर्ने लक्ष्य रहेको बताइएको छ ।

No comments:

Post a Comment