Wednesday, August 18, 2010

गाउँ का भोका नांगा असिक्षित, दाजु भाई लाई अमेरिका को गफ !

                                              सेखर ढुङ्गेल 
एक त नेपाली विश्वकै  गफाडि   नम्बर एकमा घोषित भै सक्यौ त्यसमा पनि अमेरिका आई सकेपछिको कुरै अर्कै न देखेका  र न बुझेकालाई सपना बाड़छौ । बुझेकालाई धारे हात लगाउछौ । बास्तबिक पीड़ा  लुकाएर नक्कली हासो हास्छौ । रेस्टुरामा प्याज काट्दै आशु झरेर कम्पूटर चलाउदै छू भन्ने को कुरा छडौ, जीवनभर (२०-२५बर्ष )को उधारोमा किनेको घर होस की कम्तिमा ५ बर्ष चुकता गर्ने बाचा बंधनमा सही छाप धस्काएर लिएको गाडी होस सित्ताईमा  पाए झै वा चिट्ठाई परे झै वा रातौ रात कमाएर कीने झै छिमेकी , मित्रहरुलाई र स्वदेसका आसामुखीलाई ब्रेकिंग न्यूज बनाएर देखाउने, सूनाउनेको पनि कुरै छाडौं कुरो गरौ यो ठुलो देशको यथार्तताको र यथार्तता के हो भने यहाँ को जीवन सजिलो छैन यहाँ इजी मनी छैन यहाँ ठगी मुस्किलले बिक्छ अस्थायी रुपमा स्थायी रुपमा कानूनको हुन्छ पकड़मा । यो ठुलो देश परिश्रमी , इमानदार नागरिक र यहाँको क़ानूनी राजको आधारमा चलेको छ । 
 
अमेरिका आएपछि राता रात धनि बन्ने, ठुलो बन्ने भन्ने न भोग्नेहरुको सोचाई  मात्र हो । यहाँ मानसिक, शारीरिक, पारिवारिक र आर्थिक तनावले शुमेरू पर्बत बनेर कांधमा बसेको हुन्छ । सबै कुरो सकारात्मक हुदा हुदै पनि एउटा प्रबासीलाई (अपबाद बाहेक) कम्तिमा ५ बर्ष त यहाँको ब्यबस्थालाई चिनाउन नै लाग्दछ । त्यसपछि सुरु हुन्छ सराद्धे गर्न भन्दा सीधा पुर्याउन गार्हो भन्ने नेपाली कथनको पुनरावृत्ति पत्याउनु  हुन्न होला  कुरो सत्य हो हेर्नुस केही कथा ब्यथा हरु गफ़ नंबर एक  "एक जना ४० नाघेका उताक़ा (नेपालक़ा) संपन्न मित्र सपरिवार यता भास्सिएका थिए एउटा शहर मा क्याब (ट्याक्सी) चलाउन सुरु गरेछन  । यहाँ डलर छन छना छन गनिदैन भन्ने कुरोको एउटा उधाहरण मात्र दिन खोजिएको हो। एक दिन डाउन टाउनबाट बिमान स्थल जानको लागी यात्रीले क्याब रोकेछन लगेज राख्न पछाड़ीको डिकी खोली दिएका उनले क्याब त हुइक्याएछन  तर जब बिमानस्थलमा पुगेर पछाड़ी हेर्छन त यात्री नै छैनन रे हा हा हा यो मजाक होइन सत्य कुरो हो ।"
एक मित्र छुट्टीमा नेपाल पुगेछन  । आफन्त साथी संगीले के काम गर्छस नि अमेरिकामा भनेर सोधे छन उनले भने छन खेती किसानी  गर्छु अमेरिका मा गएर पनि खेती किसानीको काम गर्ने भए किन जानु यही छन नि पाख़ा बारि भयाई न भ्याई रु यही गर न अमेरिकी तरिकाले देस बिकास हुन्थ्यो नि र ? तब उनले जवाफ दिएछन " कहा अमेरिकामा यहाँ को जस्तो हो र भन्या ठुला ठुला फाटमा खेती गरिन्छ की के भन्ने ? बिहान गएर ट्रयाक्टर स्टार्ट गरेर छोड़ी दियो दिन भरी आफै घुमेर जोती रहन्छ बेलुका गएर स्टार्ट बंद गरी दिन्छु दिन भरीको तलब पाक्यो" कहा छ यस्तो सिस्टम ? सबै दंग परे छन वाह अमेरिका ठुलो देसको ठुलाई    कुरा हा हा हा ।।।।
 

3 comments:

  1. so true.... ma usa ayeko 2 yrs bhanda badhi bhayo ra kei din agadi nepal gayeko thiye... nepal ka sathi haru sabai sochhan ki paisa falcha yaha bhanera...bastawikta hamilai thaha cha..tara samjhaune kasari...bhanyo bhane...afu ta gai halyo hamilai yesto bhancha bhanchan...tyesaile maile kei bhanthina...haso uthyo kura sunda..america ko bayan sunda...sathi haru...america bhaneko yeuta daldal jastai ho..ek palta teke pachi niskana ati nai garo cha..jati bahira uthrina khojchu uti bhasidai janchu.... garnele nepal ma gareka chan nagarnele yaha ayera pani jogi bhayeka chan...
    manche lai santusti ho thulo kura...
    and the most important thing is family and being near to them..i miss my family and my frens alot....alot

    ReplyDelete
  2. अमेरिका एक दृष्टीले सपनाहरुको खेती हुने देशहो। सपना सहित मानिसहरु सपनाका महल र परेबेशमा रमाउने स्वभाबिक पनि हो। गर्नेहरुले देशमै गरेका पनि छन् र अमेरिकामा पनि गरेकै छन्। थुप्रै नराम्रा घटना सहित निकै राम्रो गरेका नेपालीहरु पनि छन् त्यहा। तर कामको पहिचान र काम सानो ठूलो हुदैन बन्ने कुराको हेक्का अमेरिका गए पछि थाह पाईन्छ। राम्रो लाग्यो लेख्दै गर्नुहोला सेखर जी

    ReplyDelete