Sunday, August 15, 2010

एमालेले देशलाई अनिर्णयको बन्दि बनायोः श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा, साउन- २८
नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठले नेकपा एमालेले देशलाई अनिर्णयको बन्दी बनाएको बताउंदै, देशलाई छिटो निकास दिनका लागि भाद्र २ मा हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस स्याङ्जाले सदरमुकाम स्थित पार्टी कार्यालयमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रममा उपसभापति श्रेष्ठले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर एमालेले अन्य शक्तिलाई चलखेल गर्ने मौका दिएको आरोप लगाउनुभयो ।
पुर्व मन्त्रि समेत रहनुभएका उपसभापति श्रेष्ठले काँग्रेसलाई एमालेले धोका दिएर माओवादीलाई सहयोग पुर्‍याएको आरोप लगाउँदै भन्नुभयो- एमाले कै कारण मुलुक संवैधानिक जटिलतामो गएको हो ।
उपसभापति श्रेष्ठले एकिकृत नेकपा माओवादीले हतियारमोह नत्यागेसम्म सहमतिको सरकार बन्न नसक्ने दावी गर्दै, उग्रबामपन्थी र दक्षिणपन्थीहरुको गठबन्दनका कारण मुलुक संकट उन्मुख भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा सभासद धनराज गुरुङ्ले नेपाली काँग्रेसका १२ औं महाधिवेशनको सिलसिलामा युवाहरुले सक्रियताले काँग्रेस सैद्धान्तिक अडानमा मात्रै होईन् भौतिक रुपमा पनि सम्पन्न भएको सन्देश दिएको बताउनुभयो ।
नेपाली काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनीले गरीव तथा दलितहरुको उत्थानका लागि राजनीतिक मुलधारमा समेट्नुपर्नेमा जोड दिनुभएको थियो ।
निर्वतमान सभापति खगेन्द्रराज रेग्मीले नवनिर्वाचित सभापतिलाई कार्यभार सुम्पनु भएको थियो । सोहि अवसरमा महासमिति सदस्य हिरादेवी शर्मा, स्वतन्त्रता सेनानी बेदप्रसाद पनेरु लगायतले बोल्नुभएको थियो |

No comments:

Post a Comment