Saturday, August 21, 2010

सिडनीमा रहेका युवाहरुको सक्रियतामा नेपाली लिंक प्रकाशन!

अस्ट्रेलियाको सिडनीमा रहेका नेपाली युवाहरुको सक्रियतामा नेपाली लिंक मासिक पत्रिकाको प्रकाशन हुन थालेको छ ।नेपाल पर्यटन वर्ष२०११ का अवसरमा अस्ट्रेलियामा नेपालबारे प्रचारप्रसार गर्ने उद्देश्यसहित प्रकाशन हुन थालेको सो मासिकको पहिलो अंक स्थानीय बजारमा वितरणमा रहेको छ ।नेपालका पर्यटकीय स्थलहरुबारेको परिचय, सांस्कृतिक महत्वका स्थलहरुको जानकारी, समसामयिक राजनीति, जीवनशैली, महिला, चलचित्र, साहित्य, विश्वभरिका विभिन्न देशमा रहेका नेपालीहरुले गरेका कार्यक्रमबारेको समाचार प्रकाशन हुने सो पत्रिका कूल ५२ पृष्ठको रहेको छ ।
पत्रिकामा नेपालसम्बन्धी जानकारीमूलक सामग्री अंग्रेजीमा प्रकाशित हुन्छ भने बालबालिका पृष्ठ, नेपाली साहित्य, चलचित्र र अन्य केही सामग्री नेपाली भाषामा प्रकाशित हुन्छ । शिवप्रसाद लामिछाने सम्पादक, अमृत जोशी सहयोगी सम्पादक रहेको सो पत्रिका विवुध लुइँटेल, किशोर बोगटी र राजेन्द्र उप्रेतीको सक्रियतामा सिडनीबाट हरेक महिनाको पहिलो हप्ता प्रकाशन हुने गरेको सम्पादक शिवप्रसाद लामिछानेले ई स्यांग्जा लाई जानकारी दिएका छन् । अस्ट्रेलिया मा रहेका नेपाली हरु को दुख सुख अब बाहिर आउने छ  !
नेपाली लिंक मासिकwww.nepalilink.com.au मा पनि हेर्न सकिनेछ ।

No comments:

Post a Comment