Sunday, December 19, 2010

साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण

Lok Nath Marasini
स्याङ्गजा जिल्लाको सबैभन्दा होचो भागमा रहेको मन्दिर साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण भएको छ । ४० जना अटाउन सक्ने क्षमता भएको एक तले १० कोठे बृद्धाआक्षम भवन निमार्ण भएको हो । महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको १२ लाख र धनधान्याञ्चल महायज्ञको १६ लाख गरेर करिब २८ लाखको खर्चमा बृद्धा आश्रम निमार्ण गरिएको निमार्ण समितिका सचिब घनश्याम खनालले बताउनुभयो । मन्दिरमा रहेका ४० जना बृद्धहरुलाई व्यबस्थित बसाई र सुरक्षित स्थानका लागि मन्दिर परिसरमा बृद्ध आश्रम निमार्ण गरिएको हो । निमार्ण कार्य पूरा भएपछि आउँदो माघ महिनाबाट बृद्धबृद्धालाई आश्रममा बस्ने वाताबरण गराइने भएको छ । २ तले निमार्ण लक्ष्य लिइएको भवनको अर्को तला भने आर्थिक अभाबका कारण निर्माण कार्य सारिएको समितिका हरिबाबु पोखरेलले बताउनुभयो । स्याङ्गजा,पाल्पा तनहुँ र नवलपरासी गरेर ४ जिल्लाको केन्द्र कालीगण्डकी नदीको किनार साखँर स्याङ्गजामा स्थापना गरिएको आश्रममा ४ जिल्ला सहित पश्चिमाञ्चल क्षेत्रका सयौ बृद्धबृद्धाको लागि साहारा बन्ने छ ।

1 comment:

  1. घन्यबाद।।।।।।।।।।।।अरु पनि यस्तै-यस्तै न्युज प्रेशण गर्नु होला

    ReplyDelete