Thursday, December 23, 2010

दुइसयको सिम पाँच सयमा बिक्रि

प्रकाश डोटेल स्याङ्जा–८, पौष
नेपाल टेलिकमले वितरण गरेको प्रिपेड मोवाइलको सिम दुइ सयमा किनेर पाँच सयमा बिक्रि भएको खुलासा भएको छ । नेपाल टेलिकमले सक्कली फर्मको फोटोकपीबाट सिम वितरण गर्दा सिमको व्यापारमा संलग्न हुनेले सिम बिक्रि गरेका हुन् । पौष ४ गते देखी वितरण गर्न लागीएको दुई सयको सिम टेलिकमबाट किनेर गाँउघरका सोझा साझा सर्वसाधारणलाई सिम बिक्रि गरिएको उपभोक्ता बताउछन् । सिम प्राप्त गर्न भरीने निवेदनका लागी टेलीकमले सक्कली फर्म उपलब्ध नगराउदा सिमको व्यापार गर्नेले यस्तो मौका पाएका हुन् ।
एउटै ब्यक्तिले ५० ओटा सम्म फर्म बुझाएपछि ५० ओटै सिम टेलिकमले दिने गरेको छ । टेलिकममा लाइनमा बस्नु पर्ने झन्झट भएकाले र सक्कली फर्म नभएपनि हुने गरेकाले सिमको व्यपार गर्ने दलालीहरुले यस्तो मौका पाएको उपभोक्ताको गुनासो छ ।
स्याङ्जामा मात्रै तीनदिनमा करिव ४ हजार सिम वितरण भएको छ । ४ हजार सिम मध्ये २ हजार सिम दलालहरुले लगेको टेलिमक स्याङ्जाले आशंका गरेको छ । तीनदिन सम्म वितरण गरिएको सिम मध्ये ५० प्रतिशत सिमको चलखेल गरेका दलालले निरन्तरता दिइरहनेहो भने र टेलिकमले समयमा ध्यान नपुर्याएमा दलालले लाखौको ठगी गर्न सक्ने बताइएको छ ।
अर्को तर्फ टेलिकमले सक्कली फर्म उपलव्ध नगराएपछि फोटोकपीको १५ रुपया तिरेर निवेदन दिनुपर्दा पनि उपभोक्ता ठगीन बाध्य भएका छन् । टेलिकमले दिएको सक्कली फर्मबाट फोटोकपी गरेर व्यवसाय गर्नेको स्याङ्जा बजारमा तछाडमछाड नै छ ।
नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ्बाट गरि तीन स्थानबाट सिम बितरण गरिरहेको छ । सिमको दलाल गर्नेहरुले स्याङ्जाका तीन स्थानबाट एउटै नागरिकता प्रयोग गरि सिम लिने गरेको समेत बताइएको छ ।

No comments:

Post a Comment