Tuesday, October 26, 2010

स्याङ्जाको थुमपोखरा का स्थानीयबासीहरु गाउँमा पुस्तकालय खोल्न कसिए

(रिपोर्टर स्याङ्गजा एफएम )
आफ्नो गाउँ आफै बनाउ भन्ने मूल नाराका साथ स्याङ्जाको थुमपोखरा ४ डुम्रीस्वाँराका स्थानीयबासीहरु गाउँमा पुस्तकालय खोल्न कासिएर लागेका छन्। गाउँको शैक्षिक स्तर सुधार्ने उद्धेश्यले गाउँमा पुस्तकालय खोल्ने निर्णय गरेपछि उनिहरु पुस्तकालय संचालनमा जुटेका हुन्। स्थानीय सर्वोदय जनसेवा युवाक्लबको पहलमा गाउँका बुद्धिजिवि, समाजसेवी, युवा एवं बालबालिकाको भेलाले पुस्तकालय संचालन निर्णय गरेको हो। भेलाले अशोक गैह्रेको संयोजकत्वमा पुस्तकालय सञ्चालनको लागि ५ सदस्यीय कार्यसमिति र ३३ सदस्यीय पुस्तकालय व्यवस्थापन उपसमिति गठन गरेको छ। गाउँका युवा शक्ति विदेश पलायन भईरहेको अवस्थामा बालबालिकाको शैक्षिक स्तर खस्कने र फुर्सदको समयमा युवाहरुले विकृति निम्त्याउने खालका क्रियाकलाप गर्ने हुँदा उनीहरुको फुर्सदको समय सहि सदुपयोग गराउनको लागि पुस्तकालय सञ्चालनमा ल्याउने निर्णय गरिएको क्लबका अध्यक्ष बिनिता गैह्रेले जानकारी दिनुभयो। यस्तै आगामी एक महिनाभित्रमा पुस्तकालयको लागि आव्ाश्यक भौतिक पूर्वाधार तयार गरी पुस्तकालय सञ्चालनमा ल्याइने सञ्चालन समितिका संयोजक अशोक गैह्रेले जानकारी दिनुभयो। पुस्तकालयमा बालबालिका, युवा तथा बृद्धबृद्धाहरुलाई आवश्यक ज्ञान, सूचना र मनोरञ्जन प्रदान गर्ने खालका पुस्तक, पत्रपत्रिका राखिनुका साथै हाम्रो समाजमा लोपोन्मुख रुपमा रहेका पुरातात्विक बस्तुहरुको संकलन गरिने क्लबले जनाएको छ।

1 comment:

  1. Please I need the phone number of one of the active member. I want to help. Email at rajesh_subed@hotmail.com
    Thanks for esyangja.blogspot.com

    ReplyDelete