Wednesday, October 27, 2010

कालीगण्डकीमा -याफ्टिङ गर्नेको घुइँचो


वर्षा रोकिएलगत्तै नदीमा पानीको बहाव घटेपछि कालीगण्डकीमा ¥याफ्टिङ गर्ने पर्यटकको संख्या बढेको छ । विश्वका विभिन्न देशबाट पर्यटकहरू (याफ्टिङ गर्न कालीगण्डकी आउने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ ।
कात्तिकको अन्तिम सातादेखि मंसिरको अन्तिम सातासम्म पर्यटकहरूको घुइँचो लाग्छ । यो समयमा -याफ्टिङका लागि सहज हुने भएकोले पर्यटकको संख्या बढ्ने
गर्छ ।


हरेक वर्ष यसै समयमा पर्यटकहरू याफ्टिङका लागि आउने गरे पनि पर्यटन वर्ष २०११ को घोषणासँगै यस वर्ष विगतभन्दा पर्यटकको संख्या बढेको व्यवसायीहरूको अनुभव छ । केही वर्षअघिसम्म  प्रतिपर्यटक एक डलर लिने गरे पनि अहिले त्यो रकमसमेत लिन छाडेपछि पर्यटकको तथ्यांक यकिन हुन सकेको छैन ।
कालीगण्डकीमा विशेषगरी इजराइल, जर्मनी, अमेरिका, बेलायत, स्कटल्यान्ड, इंगल्यान्ड, पोल्यान्डलगायतका देशबाट ¥याफ्टिङका लागि पर्यटक आउने गर्छन् । नेपालमा ¥याफ्टिङ गराउने कम्पनीहरू थुप्रै भए पनि कालीगण्डकीमा दर्जनभन्दा बढी कम्पनी कार्यरत छन् । पर्यटकहरू स्विसा, लोटस, होलिडे, प्याडल नेपाल, साई रिभरलगायतका कम्पनीमार्फत ¥याफ्टिङका यहाँ आउने गर्छन् ।
नयाँपुल र मालढुंगादेखि स्याङ्जाको मिर्मिसम्म ६२ किलोमिटरको ¥याफ्टिङ पूरा गर्न तीन दिन लाग्नेगर्छ । नयाँ पुलबाट सुरु भएको ¥याफ्टिङ यात्रामा मोदीबेनी र पुर्तीघाटमा एक÷एक रात बिताउने गरिएको पर्यटकहरू बताउँछन् ।
¥याफ्टिङका लागि उपयुक्त बहाव, मनोरम प्राकृतिक दृश्यलगायत विशेषताका कारण पर्यटकहरू बढी यहीँ आउने गरेको पर्यटक गाइड राम पाण्डेले बताए । पर्यटन वर्ष मनाउँदै गर्दा विगतभन्दा पर्यटकको संख्यामा दोब्बरले वृद्धि हुने आशा उनको छ ।
नेपालका तमोर, अरुण, कर्णाली, त्रिशुली र भोटेकोसीलगायतका नदीहरूमा ¥याफ्टिङ गरिँदै आएको छ । 
¥याफ्टिङलाई व्यवस्थित गर्न र पर्वत जिल्लाका पर्यटकीयस्थलमा पर्यटक भिœयाउने कार्यमा पर्यटन केन्द्र पर्वत लागिपरिरहेको संयोजक शिव शर्मा पौडेलले बताए । जिविसका सूचना अधिकृत तुलसी शर्माले ०५८ सालअघि जिविसले प्रतिपर्यटक एक डलर कर लिने गरेको भए पनि अहिले नेपाल सरकारले नै लिने गरेको जानकारी दिए । यस क्षेत्रमा उपयुक्त होटलहरू नहुँदा पर्यटकहरू धेरै आउन नसकेको उनले बताए

No comments:

Post a Comment