Tuesday, October 26, 2010

स्याङ्गजा मा भव्य कार्यक्रम गरी कण्डम दिवस मनाउने

By Lok Nath Marasini ( Radio Syangja,89.6MHZ )
यहि कार्तिक १३ गते शनिबार कण्डम दिवस विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने जिल्ला एडस समिति स्याङ्जाले निर्णय गरेको छ। पछिल्लो समयमा एच.आई.भि र एडसका बारेमा विभिन्न संघ संस्थाहरुको माध्यमबाट जनस्तरमा राम्रो प्रभाव पार्ने सकिरहेको सन्दर्भमा कण्डम दिवसलाई अझै विस्तृत र खुल्ला रुपमा मनाउने निर्णय भएको हो। कण्डम दिवस मनाउने तयारीका बारेमा सम्बन्धित संघ संस्था तथा पादाधिकारीहरु विच आज स्याङ्जा सदरमुकाममा भएको छलफलले जिल्लाका २ नगरपालिका पुतलिबजार र वालिङ्मा पंञ्चेबाजा सहित वृहत जनसहभागिता सहित चेतना मुलक र्‍यालि प्रदर्शन गर्ने निर्णय गरेको हो।
जिल्ला विकास समिति स्याङ्जा, पुतलिबजार नगरपालिका, वालिङ् नगरपालिका, स्याङ्जा सपोर्ट ग्रुप, सहार समुह, जिल्ला रेडक्रस सोसाइटि, संकल्प सेवा समुह, सक्रिय सेवा समुह, जिल्ला एडस महासंघ लगायत जिल्लाका विभिन्न संघ संस्थाको अर्थिक तथा भौतिक सहयोगमा कार्यक्रम संचालन गरीने भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद ओलीले जिल्ला भित्र रहेका एच.आई.भि. सक्रिमितहरुको वास्तविक तथ्याकं ल्याउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा जिल्लामा एच.आई.भि संक्रमितिको संख्या अनुमानित १ हजार भन्दा बढि भएको भएपनि जिल्लाका विभिन्न संघ संस्थाको सम्पर्कमा मात्रै २४५ जना आएको जानकारी गराइएको थियो।
स्याङ्जा सपोर्ट ग्रुपको संयोजनमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय स्याङ्जाका प्रमुख डा. तारानाथ पौडेल लगायतले बोल्नुभएको थियो।
निमित्त स्थानिय विकास अधिकारी मोतिप्रसाद भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्याङ्जा सपोर्ट ग्रुपका परियोजना संयोजक विजय ज्ञावलिले आफ्नो संस्थाले जिल्लामा गरेका गतिविधि तथा जिल्लामा एच.आई.भि को अवस्था, समस्या तथा समधानका पहल लगायतका विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो।

No comments:

Post a Comment