Saturday, October 30, 2010

दशैं को टिका नलगाए पनि गाबिस मा बिजुली बालेरै तिहार को भने लगाउने

राजन पौडेल 


गाउँमा बिजुली बत्ती नबलेपछि दशैको टिका समेत नलगाएका स्याङ्गजा साखँरका राजनितिक दलका संयन्त्र सगै स्थानियबासीले तिहारको टिका भने बिजुली बत्तीको झिलिमिलीमा लगाउने भएका छन् । १४ बर्ष अघि बिजुली बाल्न पोल गाडिएको साखँर गाबिस मध्ये ३ वडामा पहिलो चरणमा हिन्दुहरुको दोस्रो महान्चाड तिहार अघि नै बत्ती बल्ने भएपछि स्थानियबासी खुसी भएका छन् । लामो समयको मेहनत पछि शुक्रबार पाल्पा दर्छा गाबिस बडा नम्बर ८ को अधेरीखोलाबाट मिलनचोकमा रहेको ट्रान्सर्फरमरमा परिक्षणका लागि छाडिएको करेन्ट सफल भएपछि अब एक कार्यक्रमको बिच गाउँमा झिलिमिली हुने गरी बत्ती छाडिने साखँर बिद्युतिकरण समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा गाउँ विकास समितिका वडा नम्बर ५, ६ र ८ मा बिद्यत बल्ने भएको हो । गाबिसका ति वडामा बत्ती बलेपछि करिब ८ सय घरधुरीका जनता लाभान्वित हुनेछन् । १४ बर्ष देखिको मेहनतमा गाबिसमा क्रियाशिल राजनितिक दलका प्रमुखहरुले बेवास्ता गरेको भन्दै स्थानियबासी युवाहरुले दवाब स्वरुप गएको भदौ १९ गते गरेको परामर्श कार्यक्रममा राजनितिक संयन्त्र सदस्यहरुले दशैसम्ममा बक्ती बालेरै छाड्ने र बत्ती नबले दशैको रातो टिका नलगाउने प्रतिबद्धता गरे अनुसार टिका लगाएका थिएनन् 

No comments:

Post a Comment