Thursday, October 28, 2010

खुर्सानी ले बजारर मूल्य पाएन !

प्रकाश डोटेल स्याङ्जा–११ कार्त्तिक
स्याङ्जा जिल्लाका विभिन्न भागमा उत्पादीत खुर्सानी मध्ये अकबरे नामको खुर्सानीले उचित मुल्य पाउन सकेको छैन्। ग्याष्टिकको औषधि हुने विश्वासमा अकबरे खुर्सानी लगाउने कृषकको संख्यामा विगतका वर्षको तुलनामा बढे पनि मुल्य र बजार नपाउँदा कृषक चिन्तित बनेका छन्। औषधिको रुपमा खुर्सानी नै उपयोग हुने भएपछि बढि कृषकले महङगो मुल्यमा खुर्सानी विक्ने आशमा अकबरेको व्यवसायिक खेती नै थालेका थिए। कृषकहरुले जती बुझेर खुर्सानी लगाए त्यति उपभोक्ताले नबुझेको कारण अकबरे खुर्सानीले मुल्य नपाएको बताइएको छ।  'उपभोक्तमा ज्ञान नभएर हो प्रचारप्रसार नै छैन्।' अकबरे खुर्सानीको विस्तार गर्ने संस्था सिप्रेड अनुसन्धान उपयोग कार्यक्रमका कर्मचारी अर्जुन चौलागाईले बताए। उनले भने, मुल्य बढि भए पनि त्यसको फाईदाका बारेमा आमनागरिकलाई आवश्यक ज्ञान छैन्।



 जिल्लाका दुई नगरपालिका पुतलीबजार र वालिङ सहित फेदीखोला, आरुखर्क, पौवेगौडे, स्वरेक, छाङछाङदी, दहथुम, जगतभञ्ज्याङ लगायतका एक दर्जनभन्दा बढि गाविसका कृषकहरुले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन्। खुर्सानी उत्पादन हुने नगरपालिका र गाविसकाका कृषकहरुले करिव १ सय ४० रोपनीमा व्यवसायिक अकबरे खुर्सानी लगाएका छन्। प्रति रोपनी जग्गामा सरदर ७ सय किलो फल्ने गरेको कृषकहरुले बताए। उत्पादीत खुर्सानीको मुख्य बजार पोखरा र बुटवल भएको जगतभज्याङ् स्थित पित्लेकका कृषक रामप्रसाद लामिछानेले बताए। उनले भने, 'स्थानिय बजारमा विक्नै मुस्कील छ, बाहिरका बजारमा जादा पनि उचित मुल्य छैन्।  जिल्लामा अकबरे खुर्सानीको मुल्य प्रति किलो ८० देखि १ सय रुपैयाँसम्म पर्छ। सामान्य तया बजारमा पाईने पिरोको लागि प्रयोग गरिने खुर्सानीको मुल्य २० देखि ३० रुपैयाँ छ। अकबरे खुर्सानीलाई औषधिको रुपमा मात्र हैन् तरकारीमा समेत प्रयोग गर्न सकिने कृषक लामिछानेले बताए।  अन्य खुर्सानीको तुलनामा अधिक पिरो र महङगो हुने कारण तरकारीमा अकबरे खुर्सानी उपयोग नगरेको स्थानिय गृहणीहरु बताँछन्। उनीहरु भन्छन्, 'यो खुर्सानी त अति पिरो हुन्छ, यसलाई पहिला–पहिला डल्ले खुर्सानी भनिने गरिन्थ्यो।'  पुरानो नाम डल्ले खुर्सानी भएको यसबाट हुने फाईदाको अज्ञानताले अकबरे खुर्सानीलाई नयाँ नमानेको कारण पनि विक्री नभएको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए। अधिकारीले भने, पहिला गाँउमा खासै प्रयोगमा नआएको खुर्सानी भनेर हेलचक्राई भएका छ। विभिन्न देशमा गरिएको अनुसन्धानपछि यो खुर्सानी ग्याष्टिकको औषधिको रुपमा प्रयोग गर्न सकिने पत्ता लागेको हो। औषधीको रुपमा प्रयोगमा ल्याउन सकिने भएपछि कृषकलाई यस खुर्सानीको व्यवसायिक खेती गर्न सरकारी तथा गैह्रसरकारी कार्यलयले नै प्रोत्साहन गरेका थिए।  कृषक उत्साहित भएर खेती गरे त्यसरी उपभोक्ता विक्री हुन नसक्दा कृषक मर्कामा परेका छन्। ग्याष्टिकको लागी हजारौको औषधि खान सक्ने उपभोत्तामा चेतना अभाव र अविश्वासको कारण सयौ रुपैयाँको खुर्सानी खान कञ्जुस गरेको पाईन्छ।

No comments:

Post a Comment