Wednesday, November 24, 2010

राजासहितको प्रजातन्त्रका लागि ठूलादलसँग छलफल गर्दैछौं : थापा

स्याङ्जा, मंसिर ८ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताएका छन् ।
बुधबार बिहान स्याङ्जाको वालिङमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले कांग्रेस र एमाले पनि माओवादीको गणतन्त्रको एजेण्डाको पछि दौडेर गणतन्त्रको एकलौटी घोषणा गरेको आरोप लगाए ।
अध्यक्ष थापाले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प छैन, त्यसका लागि कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुसँग छलफल गरिरहेका छौँ ।’
संविधानसभाको औचित्य समाप्त भएको बताउँदै उनले त्यसको विघटन गरी नयाँ जनमतका लागि जनमत सङ्ग्रहमा जान दलहरुलाई सुझावसमेत दिए ।
अध्यक्ष थापाले माओवादीले हालै संसद्मा बजेट ल्याउने बेलामा भएको आक्रमण प्रजातन्त्रमाथिको नाङ्गो नाच प्रदर्शन गरेको टिप्पणी गरे । उनले भने– ‘माओवादीले प्रजातन्त्र चाहेको छैन, त्यो कुरा काँग्रेस, एमालेजस्ता दलहरुले बुझेका छैनन्, त्यसैले म उहाँहरुलाई भन्न चाहन्छु– आउनुहोस् हामी मिलेर जनमत सङ्ग्रहमा जाऔँ ।

(ई कान्तिपुर सहयोग )

No comments:

Post a Comment