Monday, November 29, 2010

सुन्तला उत्पादनमा बृद्धि भए पनि कृषक भने चिन्तित !

प्रकाश डोटेल स्याङजा–१३ मंसिर
अधिराज्यमै मिठो र स्वादिलो सुन्तला उत्पादनमा अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जामा चालु आर्थिक बर्षमा सुन्तला उत्पादनमा बृद्धि भएको छ। उत्पादीत सुन्तलाले आवश्यक बजार नपाउँदा भने कृषकहरु चिन्तित बनेका छन्। सुन्तला फल्ने मौसममा असिना र खडेरी नपर्दा सुन्तला उत्पादनमा यस वर्ष २५ प्रतिशतले बृद्धि भएको छ। सुन्तला उत्पादनमा बृद्धि भएपनि बिक्रीका लागि बजारको अभाब भएको व्यवसायीहरुले बताए। बिगतका बर्षमा उद्योग बाणिज्य संघको पहलमा उत्पादीत सुन्तला बंगलादेश पुर्‍याउने गरेको भएपनि यस बर्ष कुनै पहल नहुदा बजारको अभाब भएको हो।

गत बर्ष अहिलेको समयमा सुन्तला बिक्रि भएर सकिए थियो। बजारको अभाबमा हुदा यस बर्ष ७५ प्रतिसत सुन्तला बोटमा रहेको तरकारी तथा फलफुल ब्यवसायि समितिका अध्यक्ष फणीनारायण अर्यालले बताए।
जिल्लामै ठुलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषक अर्जुनचौपारी गाविस–२, घर भएका फलफुल समितिका अध्यक्ष अर्यालले आफुले ४० टन सुन्तला उत्पादन गरेको बताए। स्याङ्जामा रहेका कृषकहरुले उत्पादीत सुन्तला विक्रीबाट एक लाख देखि १५ लाख सम्म आम्दानी गर्ने गरेका छन्।
ठुलो मात्रामा सुन्ताला उत्पादन गर्ने अर्याल मात्र होइन शिक्षक पेशाबाट निबृत्त भएर विगत ५ बर्षदेखि सुन्तला खेती गर्दै आएका रापाकोट गाविस–५, का चोलाकान्त काफ्लेले १० पाथी कोदो उत्पादन हुने बारीमा दुई लाख बराबरको सुन्तला उत्पादन गरेको बताए।
जिल्लाका २ नगरपालिका र ६० गाविस मध्ये पुतलीबजार नगपालिका ४, १०, ११, १२ र १३, वडाहरु, वालिङ् नगरपालीका केहि क्षेत्र, अर्जुनचोपारी, रापाकोट, मनकामना, खिलुङ्–देउराली, पेलाकोट, ठुलाडिही, एलादी, स्वरेक सहित एक दर्जन गाउँ बिकास समितिमा ब्यवसायीक रुपमा सुन्तला उत्पादन गरिएको छ। यहाँ उत्पादीत सुन्तला बुटवल, पोखरा, काठमाडौ, नेपालगञ्ज बजारमा पुर्‍याउने गरिन्छ।
गतबर्ष ३० करोड बराबरको कारोबार गरेको स्याङ्जाका कृषकहरुले बताए। चालु बर्ष ४० करोड बराबरको सुत्तला उत्पादन गरेको जिल्ला कृषी बिकास कार्यालय स्याङ्जाका बरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताए।
गतआर्थिक बर्षमा ११ हजार ११ मेटि्रक टन सुन्तला उत्पादन भएकोमा चालु बर्ष करिब १५ हजार मेटि्रक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको अधिकारीले बताए।
स्याङ्जामा करिव ३ हजार ५ सयको संख्यामा ठुला देखि साना सुन्तलाका बगैचा रहेको रहेका छन्। जिल्लाका ३ हजार घरपरिवार व्यवसायीक रुपमा सुन्ताला खेती गर्दै आएको कृषि बिकास कार्यालय स्याङ्जाले जनाएको छ 


स्याङ्जामा पाचँ सय २८ हेक्टर जग्गामा सुन्ताला खेती गरिन्छ। उक्त जग्गामा चार लाख बिरुवा रोपण गरिएको अधिकृत अधिकारीले बताए। उनले भने, रोपण गरिएका करिब दुइ लाख ५० हजार फल्ने र एक लाख ५० हजार नफल्ने सुन्तलाका बिरुवा रहेका छन्। २ वर्षभित्रमा बाँकी विरुवाले उत्पादन दिने समेत अधिकारीले दावी गरे।

No comments:

Post a Comment