Wednesday, December 1, 2010

मुक्तिनाथ बैंकको ८० करोड लघुवित्तमा लगानी

प्रकाश डोटेल स्याङ्जा–१५, मंसिर
पाँच वर्षदेखि बैंकिङ् कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले २ वर्षअघि देखि संचालनमा ल्याएको लघुवित्त कार्यक्रम मार्फत उत्पादनशिल क्षेत्रमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ८० करोड लगानी गरि ४२ करोड फिर्ता गरेको छ भने ३८ करोड लगानीमै रहेको छ । हाल स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा लघुवित्त (विनाधितो) कार्यक्रम संचालन भएको छ । कार्यक्रम अनुशार बैंकले विपन्न परिवारका महिला सदस्यहरुलाई समुहमा आवद्ध गराएर सामुहिक जमानीमा ऋण लगानी गर्दै आएको छ । एक महिला बराबर कम्तीमा एकहजार देखि ९० हजारसम्म लगानी गरेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकले तीन जिल्लाका २२ स्थानमा शाखा कार्यालय स्थापना गरि सेवा प्रवाह गरेको छ । कुल दुईहजार दुईसय केन्द्रमा छहजार आठसय महिला समुह गठन गरिएको छ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले भने, करिव ३४ हजार महिलाहरु सामुहिक जमानीमा ८० करोड विनाधितो ऋण लिएर आयआर्जनमा लागेका छन् ।
बैंकको बैंकिङ् सेवा तर्फको लगानीको तुलनामा लघुवित्त विभाग तर्फको लगानी सुरक्षित रहेको अधिकृत ढकालले बताए । उनले भने, सामुहिक जमानीमा ऋण लिएका महिलाहरुले भरपुर मेहनत गर्ने गरेका छन् । पुरुषको तुलनामा महिलाहरु बढि इमान्दार हुने गरेको अधिकृत ढकालले दावी गरे ।
उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भएपछि लघुवित्तमा महिलाहरुको आक्रर्षण बढेको छ । मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रमबाट ऋण लिएर गरेको बाख्रापालन र तरकारी खेतीबाट छोराछोरीको पठनपाठन सहित पारिवारिक खर्चको व्यवस्था गरेको स्याङ्जाको बहाकोटकी माया शाहीले बताईन् । बैंकका अनुशार, लघुवित्तमा आवद्ध ३४ हजार महिलाहरु आयआर्जन गर्न सफल भएका छन् ।
५ वर्षपछि २०७२ भित्रमा तीन जिल्लाका प्रत्येक घरमा मुक्तिनाथ बैंकको सेवा पु¥याउने लक्ष्य लिएका छौं । अधिकृत ढकालले भने, महिलाहरुको जीवनस्तर माथि उठाएर आत्मनिर्भर बनाएमा देशको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने छ । बैंकको सेवालाई गाउँमुखी बनाएका छौं, ढकालले भने ।
स्याङ्जाको पुतलीबजारबाट कारोबारको थालनी भएकोमा हाल जिल्लाका दुईनगरपालिका र ६० गाविस मध्ये दुईनगरपालिका सहित ५६ गाविस, कास्कीको पोखरा उपमहानगरपालिका र ४३ गाविस मध्ये ३० गाविस तथा तनहुँ जिल्लाको ४७ गाविस मध्ये ३५ गाविस र व्यास नगरपालिका क्षेत्रमा लघुवित्त कार्यक्रम लागु भएको छ ।
मुक्तिनाथ विकास बैंक संचालन गरेको लघुवित्त कार्यक्रमको (मोडल) कार्ययोजना बमोजिम नेपाल राष्ट्र बैंकले देशका अन्य विकास बैंकहरु मार्फत लघुवित्त कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुशार, विकास बैंक र लघुवित्त विनियम निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आगामी २ वर्षभित्रमा राष्ट्रिय स्तरको बैंक बनाउने तयारीमा जुटेको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको बैंकको हाल अधिकृत पुँजी एक अर्ब जारी पुँजी २० करोड र १३ करोड चुक्ता पुँजी रहेको छ । पौष मसान्तभित्रमा चुक्ता पुँजीलाई बृद्धि गरि २० करोड बनाउने भएको छ

No comments:

Post a Comment