Sunday, November 21, 2010

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नाफामा

लोकनाथ मरासिनी मंसिर ५ स्याङ्जा
स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ लाख ८० हजार ९ सय रुपैँया नाफा कमाउन सफल भएको छ । गतवर्षको तुलनामा १ करोड ३४ लाख ७० हजार रुपैँया आम्दानीमा बृद्धि भई १० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गरी बैंकले ३२ लाख नाफा कमाउन सफल भएको शनिबार बैकंको १८ औ साधरण सभामा जानकारी गराइएको हो । विगत १७ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आएको यस संस्थाले गत आर्थिक वर्षको तुलनामा ३७।६७ प्रतिशतले शेयरपूजी बृद्धि गर्दै यसवर्ष १२३५ शेयर सदस्यको २ करोड ८९ लाख ११ हजार आठसय रुपैँया कायम गरेको छ ।
संस्थाले चालुआर्थिक वर्षको आषाढ मसान्त सम्ममा १० करोड ३५ लाख ७८ हजार ८ सय १६ रुपैँया निक्षेप संकलन गरेको छ ।
जुन गतवर्षको तुलनामा २२।१९ प्रतिशतले बृद्धि भएको हो । यस्तै संस्थाले यसवर्ष २० करोड १० लाख २७ हजार कर्जा लगानी गरेको छ ।
जुन गतवर्षको तुलनामा ५८।५१ प्रतिशतले बृद्धि भएको हो । २०५० साल असोजबाट २७ सय रुपैँया शेयर पूँजी लिएर सुरु गरेको यस संस्थाले अहिले स्याङ्जाको बाँयटारी र मिर्मिमा समेत शाखा विस्तार गरी सेवा दिदै आएको छ ।

No comments:

Post a Comment