Saturday, November 20, 2010

महशुल नबढाएमा तालबन्दीको चेतावनी

प्रकाश डोटेल स्याङ्जा–३, मंसिर
नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघका पश्चिमाञ्चल अध्यक्ष राजेशकुमार शर्माले नेपाल बिद्युत प्राधिकरण महसुल निधारण आयोगले महशुल नबढाएमा बिद्युत प्राधिकरणको केन्द्रिय कार्यलयमा तालबन्दी गर्ने चेतावनी दिएका छन् ।
नेपाल बिद्युत प्रधिकरण कालीगण्डकी ए जलबिद्युत बिभाग कर्मचारी संघको दोस्रो इकाइ अधिवेशनको उदघाटन गर्दै क्षेत्रिय अध्यक्ष शर्माले बिद्युतको महशुल निर्धारण गर्ने आयोगले अहिले सम्म महशुल बढाउन चासो नदिएकोले कर्मचारी संघको पुस १४ गते हुने केन्द्रिय महाअधिवेशन पछि पनि महशुल नबढाएमा पुस १५ गतेदेखि केन्द्रिय कार्यलयमा अनिश्चिकालीन तालावन्दी गरिने चेतावनी दिएका हुन् ।
देशका ठुला उद्योगपतिहरु र ठेकेदारका कारण बिद्युत महशुल बढाउन नसकेकाले नेपाल बिद्युत प्राधिकरणले करोडौ घाटा बेहोर्नु परेको उदारहण दिदै शर्माले, अझै पनि जल माफियाहरुलाई धनि बनाउने काम गरिन्छ भने कर्मचारी संघ चुपलागेर नबस्ने चेतावनी समेत दिए ।
बिद्युत प्राधिकरणले १० बर्षसम्म बिद्युत महशुल बढाएको छैन शर्माले भने, नेपालमा हरेक समानको मुल्य वृद्धि हुदापनि बिद्युत महशुल बढाउन नसक्दा प्राधिकरण घाटामा गएको तर्क राख्दै राज्यले प्राधिकरणलाई स्वायत्त संस्था भन्दै सरकारी कार्यलयले नै महशुल नबुझाइ दिदा कर्मचारीको भविश्यको समेत सुनिश्चिता नहुने हुदा महशुल तत्काल बढाउनु पर्नेमा शर्माको जोड थियो ।

No comments:

Post a Comment