Saturday, November 20, 2010

ट्रक पल्टदा एकको मृत्यु

प्रकाश डोटेल स्याङ्जा–३, मंसिर
स्याङ्जाको तिनदोबाटो गाविस–५, गाहाखोलामा शुक्रबार विहान मालबहाक ट्रक अचानक नालीमा पल्टन जादा एक जनाको मृत्यु भएको छ । बुटवलबाट सामान लिएर पोखरा तर्फ आउदै गरेको ना १ ख ५०७३ नम्बरको ट्रक सडकको नालीमा पल्टिदा पाल्पा जिल्ला मस्याङ् गाविस–४, घर भएका वर्ष १९ का सन्देश थकालीको च्यापिएर घटनास्थलमा मृत्यु भएको हो । मृतक ट्रकका सह–चालक रहेको वालिङ् वडा प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्घान भैरहेको जिल्ला ट्राफिक कार्याल स्याङ्जाले जनाएको छ ।

No comments:

Post a Comment