Tuesday, November 16, 2010

स्थानिय निकाय कर्मचारी संघ स्याङ्जाद्धारा आन्दोलमा उत्रने चेतावनी

Lok Nath Marasini


स्थानिय निकाय कर्मचारी संघ स्याङ्जाले आफना मागहरुको पटक पटक बेवस्ता हुदै अएकाले १५ दिन भित्र माग पुरा नभए आन्दोलमा उत्रने चेतावनी दिएको छ ।
स्थानीय विकास मन्त्रालय र स्थानिय कर्मचारी संघ नेपाल बीच भएको सहमति अनुसार स्थानीय निकायहरुमा कार्...यरत अस्थाई, करार, ज्यालादार कर्मचारीहरुलाई स्थाई गर्नुपर्ने लगायतका १३ बुधे माग पत्र आज स्थानिय विकास अधिकारी समक्ष पेश गर्दै उनिहरुले यस्तो चेतावनी दिएका हुन् ।
२०५९ असार मसान्त अघि नियुक्ति दिएका सबै कर्मचारीहरुलाई पक्रिया पुरा गरी स्थाई गर्नुपर्नेमा लिखित परिक्षाको नतिजा समेत प्रकाशित भइसकेपछि पनि राजनितिक दुराग्रहका कारण पदपुर्ति प्रकृया अगाडि नबढाउदा आफुहरु मर्कमा परेको उक्त ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
स्थानिय मन्त्रालयले ठाडो हस्तक्षेपमा विना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गर्ने परिपार्टिको अन्त्य, कार्यलय प्रमुखले निश्चित व्यत्तिलाई काखि च्याप्ने प्रबृतिको अन्त्य तथा आर्थिक परदर्शिता लगायतका विषयप्रति पनि कर्मचारी संघले ध्यानअकर्षण गराएको छ ।
स्थानिय निकाय कर्मचारी संघ, जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष ढाकाराम पौडेलद्धारा हस्ताक्षेरित ज्ञापनपत्र बुझदै स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
धेरैजसो मागहरु केन्द्रिय स्तरसँग जोडिएकाले आफुले केहि गर्न नसक्ने भएपनि पहल गर्ने र १५ दिन भित्र मागको सम्बोधन गर्नका लागि सुरुवात गर्न सक्ने पौडेलको भनाई थियो ।

No comments:

Post a Comment