Saturday, November 20, 2010

स्थानियबासिको पहलमा खुल्ला दिशामुक्त गाबिस

प्रकाश डोटेल स्याङ्जा–३, मंसिर
स्याङ्जाको उत्तरी क्षेत्र बिचारीचौतारा गाविसका स्थानियवासिन्दाले कुनै दातृ निकायको सहयोग बिना नै देशमै पहिलो पटक आफ्नो गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाउने सफल भएका छन् । सरकारले २०१७ सालसम्ममा स्वस्थ र सफा नेपाल बनाउने लक्ष्यअनुसार बिभिन्न परियोजना सञ्चालन गरेको अवस्थामा बिचारीचौतारा गाबिसका बासिन्दाको आफ्नै पहल र सक्रियतामा खुल्ला दिशा मुक्त गाउँ बिकास समिती घोषणा गरीएको हो ।
जिल्लाको तेस्रो खुल्ला दिशामुक्त गाउँ बिकास समिति घोषणा गरिएको भएपनि बिचारीचौतारा गाविसले स्थानीयबासीको सक्रियतामा कसैको सहयोग विना नेपालमै पहिलो दिसामुक्त गाउँ बिकास समिती हुन सफल भएको भन्दै पश्चिमाञ्चल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले ७५ हजार र जिल्ला विकास समिति स्याङ्जाले ५० हजार नगद पुरस्कार घोषणा गरेका छन् ।
खुल्ला दिसामुक्त घोषणासँगै जिम्मेवारी बढेको भन्दै स्थानिय राजनैतिक दलका प्रतिनीधि, संघ÷संस्था र सर्वसाधारणले गाउँको सरसफाईमा कसम खाएर लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
पाँच सय ५९ घरधुरी रहेको बिचारीचौतारा गाविसका सबै घरमा चर्पी निर्माण गरी खुल्ला ठाउँमा दिसापिसाब गर्ने आनीवानीमा परिवर्तन भएपछि दिशामुक्त गाउँ बिकास समिती घोषणा गरिएको गाउँ बिकास समिति सचिब बिष्णुप्रसाद पौडेलले बताए ।
बिचारीचौतारा गाविसमा दुई सय ४४ कच्ची र तिन सय १५ पक्की गरी पाँच सय ५९ चर्पी निर्माण गरिएको छ । हालैमात्र स्थानियबासिले थप एक सय १४ घरमा निर्माण गराएपछि पाँच सय ५९ घरमै चर्पी भएका हुन् ।
यसअघि जिल्ला विकास समिति स्याङ्जा, पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाइ तथा स्वाथ्य कार्यक्रमको सहयोगमा सेखाम र साँखर गाउँ बिकास समितिलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको थियो ।
जिल्ला बिकास समिति र ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले पहिलो चरणमा स्याङ्जाका ७ गाउँ बिकास समितीलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार प्राथमिकताक्रममा छनोट गरेको छ ।
तीन गाउँ बिकास समिति खूल्ला दिशा मुक्त गरिएपछि सरसफाई आयोजनाका पहलो चरणका चण्डिभञ्ज्याङ, केवरे, आलमदेबी, चित्रे, क्याक्मी सहित ५७ गाउँ बिकास समिति र २ नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको पर्खाइमा छन् ।

No comments:

Post a Comment