Friday, November 19, 2010

विचारी चौतारा खुल्ला दिशा मुक्त गाविस घोषित

 By Lok Nath Marasini
स्थानियबासीहरुको सक्रियतामा स्याङ्जको विचारी चौतार गाँउ विकास समितिलाई बुधबार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त गाविस घोषण गरीएको छ ।
विचारी चौतारामा आयोजित एक विशेष कार्यक्रम अगाडि स्थानियबासीहरु विभिन्न झाकि बाजा गाजा सहित गाविसका विभिन्न स्थानको परिक्रमा समेत गरेका थिए ।
आफनो गाविसलाई खुल्ला दिशामुत्त गाविस घोषण गर्न सकेको मा निकै खसि देखिएका स्थानियबासिहरु विभिन्न सचेतनामुलक ¥यालि सहित गाविस परिक्रमा गरेका हुन् ।
खुल्ला दिशा मुक्त गाविस घोषण गर्न विचारी चौतारा पुग्नुभएका स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले स्थानियबासीहरुको सरहाना गर्दै जिल्ला विकास समिति स्याङ्जाले दिशामुक्त गाविसलाई व्यावहारीक बनाउन तथा कार्यन्वयन गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सहयोगि संस्था नेपाल खानेपानी तथा सरसफाई कार्यक्रम स्याङ्जाका इन्जीनियर खेमकान्त रेग्मी, गृहमन्त्रालयका उपसचिव विष्णुप्रसाद पौडेल, पिल्यान्ड नागरिक अर्थे, अखिल त्रन्तीकारी स्याङ्जा अध्यक्ष सुभाष पौडेल, नेपालि कांग्रेसकी लेखमायाँ पौडेल, एमालेका विश्वनाथ पौडेल, महिला विकास अधिकृत मिरा शेरचन, ई. दिनेशकुमार घिमिरे, पदमबहादुर कार्कि लगायतले खुल्ला दिशामुक्त क्षेत्र घोषणसँगै स्थानियबासीहरुको जिम्मेवारी बढेको भन्दै पुरा गर्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
गाविस सचिव विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भक्तबहादुर केसीले गर्नुभएको थियो ।
कार्यक्रममा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषण गर्न विशेष भुमिका निर्वाहा गर्ने उत्प्रेरकहरुलाई सम्मान समेत गरीएको स्थानिय प्रतिनिधि लुमचन्द्र रेग्मीले जानकारी गराउनुभएको छ ।

No comments:

Post a Comment