Monday, June 6, 2011

वातावरण दिवसमा बृक्षरोपण


वातावरण दिवसमा बृक्षरोपण

प्रकाश डोटेल

स्याङ्जा–२२, जेठ ।

३८ औ बिश्व वातावरण दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ तिनधारेमा बृक्षरोपण गरिएको छ । कञ्चनखोला अलैंचीवारी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बृक्षारोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा बन बिभागका महानिर्देशक गोपालकुमार श्रेष्ठले वन नेपालको धन भएकोले संरक्षणका लागि सबै क्षेत्रको भुमिका जरुरी रहेको बताए । बनको संरक्षण गर्न सके देशको आर्थिक बिकास हुने श्रेष्ठको भनाई थियो ।

बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओली, जिल्ला बन अधिकृत जिवनाथ पौडेल, कृषि बिकास कार्यालयका प्रमुख चेतनाथ अधिकारी, भुमिसुधार अधिकृत श्यामलाल सापकोटा, कन्चनखोला सामुदायीक बनका अध्यक्ष नारायण लम्साल  लगायतले बनको संरक्षण सबैको दायित्व रहेको जिकिर गरे ।

बृक्षारोपण कार्यक्रममा लप्सी, बडहर, अम्रिसो, धुपि, कपुर, सर्पगन्धा, अमला, खनियो, बकाइनो लगायतका दुई दर्जन एक हजार बिरुवा रोपण गरिएको थियो ।

त्यस्तै सदरमुकममा रहेको नेपाली सेनाको विरभद्रजंग गुल्ममा पनि विभिन्न प्रजातिका तीन सय विरुवा रोपण गरिएको छ ।

यसैबिच विश्व वातावरण दिवसको अवसर पारेर स्याङ्जाको वाँगेफड्के गाविसस्थित भगवती प्रा.वि सिरानचौरको विद्यालय हाताभित्र विरुवा रोपिएको छ । जिल्ला वन कार्यलय स्याङ्जाको सहयोग तथा स्थानीय मैदान इको क्लवको सक्रियतामा पैयु, बकाइनो, लाकुरी, सल्लो, चाप गरी तीन सय विरुवा रोपिएको हो ।

विक्रम सम्बत २०२९ सालमा सोही स्थानमा पैह्रो गई ४२ जनाको मृत्यु भएका अग्रजहरुको सम्झनामा वृक्षारोपण गरिएको स्थानियवासीले बताएका छन् ।

No comments:

Post a Comment