Saturday, June 4, 2011

बेरोजगार युवाले गाउँमा पुस्तकालय खोले



बैंकव्दारा पुस्तक प्रदान

श्रीकृष्ण सिग्देल वालिङ्,२१,जेष्ठ
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।
नेपालमा बेरोजगार युवाहरु दिनप्रतिदिन बढदै गइरहेको अवस्था छ । बेरोजगार भएपछि युवाहरु बिदेश पलायन हुन्छन् भने केही युवाहरु कुलतमा फसेर आफनो जिन्दगी बर्बाद बनाइरहेका हुन्छन् । बिदेशीनेलाइ रोक्ने र कुलतमा लागेकालाइ न्युनिकरण गर्ने उदेश्यले स्याङ्जाको खिलुङ्देउराली गाविस ३ का युवाहरुले गाउँमै पुस्तकालय संचालनमा ल्याएका छन् ।
खिलुङ्देउराली ३ का युवाहरुले रोजवड युथ र्सकल संस्था स्थापना गरि रोजवड रिडिङ् कर्नर पुस्तकालय नामाकरण गरि संचालनमा ल्याएका छन् । दिनदिनै काम नपाएपछि युवाहरु जाड,रक्सी,जुवातास लगायतमा दिन खेरा फाल्ने युवाहरु अहिले पुस्तकालयमा गएर पुस्तक र पत्रपत्रिकाहरु पढने गरेको युथ र्सकलका अध्यक्ष नारायण कोइरालाले बताए ।
स्थानिय स्तरमै आर्थिक स्रोत जुटाएर संचालनमा ल्याएको पुस्तकालय युवा देखी बृद्ध सम्मले पुस्तक र पत्रपत्रिका पढेने गरेको कोइरालाको भनाइ रहेको छ । स्थानीय जनजागरण आमा समुहले निमाण गरेको भवनमा पुस्तकालय संचालन गरेका छौ र्सकलका सचिव बिदुर कोइरालाले भने बेरोजगार युवाहरुले समाजलाइ परिवर्तन र चेतनाको कमीलाइ बिकसीत गर्ने उदेश्यले पुस्तकालयको स्थापना गरेको बताए । उनले भने पुस्तकालय संचालनमा आर्थिक संकटका कारण समस्या परेको जानकारी दिए ।
र्सकलले ग्रामिण क्षेत्रमा पुस्तकालय संचालन गरि सामाजिक रुपान्रणमा टेवा पुबैंकहरु सेवामुखि भन्दा पर्‍याएको भन्दै नेपाल एसविआइ बैंक वालिङ् शाखाले पुस्ताकालयलाइ पुस्तक प्रदान गरेको छ । बैंकहरु नाफामुखी तिर मात्रै अग्रसर भइरहेका बेला एसविआइ बैंकले सेवामुखि भावना देखाएर बेरोजगार युवाहरुले समाज परिवर्तनका लागी गरेको योगदानको कदर गर्दै पुस्तक प्रदान गरेको बैंकका वालिङ् शाखा प्रमुख सुधिर पौडेलले बताए ।
ग्रामिण क्षेत्रमा रहेका जनता सुचनाको पहुच बाट टाढा भएका बेला युवाहरुले संचालनमा ल्याएको पुस्ताकालयले युवाहरुमा बेरोजगारिका कारण बढदै गएको लागुऔषधको प्रयोगको न्युनिकरणमा टेवा पुग्ने प्रमुख पौडेलले बताए । रकम मात्रै ठुलो नभएको भन्दै प्रमुख पौडेलले पत्रपत्रिका र पुस्तक बाट आर्जन गरिने ज्ञाननै सम्पति भएकोले मान्छेमा ज्ञान भयो भने मात्रै समाज परिवर्तनमा कोशेढुङगा सावित हुने बताए ।
तिन बर्षअगाडी स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ्मा आफनो शाखा बिस्तार गरेको नेपाल एसविआइ बैंकले जिल्लामा रहेका बिपन्न बर्गहरुलाइ सहयोग गर्दै आइरहेको छ । वालिङ्मा बाणिज्य,बिकास,फाइनन्स र सहकारी गरि करिव दुर्इदर्जन बित्तिय संस्थाहरु रहेका छन् । तर पनि बित्तिय क्षेत्रबाट सामाजिकरुपले सहयोग गर्ने बैंक योनै पहिलो हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा वालिङ् बचत तथा ऋण सहकारीका प्रमुख खिलराज पाठक,नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल,जनजागरण आमा समुहकी अध्यक्ष लिलावती के.सी.,एसबिआइ बैंकका राजेन्द्र पौडेल,सन्दिप लामीछाने,क्लवका सदस्य सुन्दर कोइराला,बुद्धिजिविहरु बाट हुमकान्त कोइराला मानबहादुर जिसि लगायतले पुस्तकालयको प्रगतिका बारेमा शुभकामना दिएका थिए।
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।

1 comment: