Monday, June 6, 2011

मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला


मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला

प्रकाश डोटेल

स्याङ्जा–२३, जेठ ।

स्थानिय प्रतिष्ठीत समाजसेवि, उद्योगीहरुको सामुहिक पहलमा जिल्लामै पहिलो पटक सुविधा सम्पन्न बैंकिङ् कारोबार गरेको मुक्तिनाथ विकास बैंकले मंगलबारबाट सर्वसाधारणका लागि कुल लगानीको ३५ प्रतिशतले शेयर खुला गरेको छ ।

स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा बैंकिङ्क कारोबार गर्दै आएको बैंकले सर्वसाधारणसम्म आफ्नो सेवाको पहुँच पु¥याउने उद्देश्यले शेयर पुजिँ बृद्धि गर्न लागेको हो । सात करोड बराबरको सात लाख कित्ता शेयर विक्रीको प्रबन्ध मिलाएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा बताइएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमिटेड काठमाडौं रहेको छ ।

आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ् कारोबारको एकसाथ नेपालमा पहिलो पटक सेवा संचालनमा ल्याएको बैंकले मंगलबारबाट शेयर खुला गरि जेठ २७ गतेसम्म छिटो र ढिलोमा असार ७ गतेसम्म विक्री गर्ने बताइएको छ । विज्ञप्तीमा सर्वसाधारणले एक हजारदेखि १० लाख रुपयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

 स्थापना कालदेखि मुनाफामा रहेको बैंकमा एक हजारदेखि एक करोडसम्म कर्जा प्रवाह गर्ने गरेको बैंकका कम्पनी सचिव झलक सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने मुल उद्देश्यका साथ बैंक स्थापना गरिएको हो ।

शेयर विक्रीपछि चुक्ता पुजिँ २० करोड पुग्ने बताइएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकले हालसम्म झण्डै आठ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । पोखराको पृथ्वीचोकमा बैंकको हाल केन्द्रिय कार्यालय रहेको छ ।

No comments:

Post a Comment