Wednesday, October 6, 2010

सामाजिक स्वास्थ्य चेतना : स्याङ्गजा का महिला निर्धक्क कण्डम किन्छन !





परदेशबाट श्रीमान् घर आउने बेला भयो, कन्डम दिनुहोस् न ?' बिरुवा अर्चलेकी रिता पौडेलले रेडक्रसकी 'साथी शिक्षक' नन्दकुमारी खड्कासँग निर्धक्क मागिन् । दसैं आउन लाग्दा पैसा, खाद्यान्न र लत्ताकपडासँगै कन्डमको जोहो गर्नेको संख्या यहाँ बढ्न थालेको छ । यसले रेडक्रसकी 'साथी शिक्षक' खड्कालाई थप व्यस्त बनाएको हो ।

ज्ााने-बुझेकाले त मागे तर नबुझेकालाई पनि खड्का उनीहरूका श्रीमान् आउने बेलामा कन्डम बाँड्दै हिँडछन् । दसैमा विदेशिएका धेरैका श्रीमान् घर आउने कारण पनि कन्डमको कुरासँगै व्यापार बढी हुन थालेको छ । अहिले बजारमा मात्र होइन, गाउँसम्म 'पहिलो रात कन्डमको साथ' भन्ने उखान चर्चित छ । गर्भनिरोधकबिना सन्तान जन्मने त्रासभन्दा पनि अहिले कुनै यौनरोग वा एचआईभी संक्रमणमा नपरियोस् भन्ने चेतना बढेकाले कन्डमको प्रयोग बढ्दो छ । विदेश रहेका श्रीमान्ले यस्ता रोग लिएर आउने आशंकामा अधिकांश श्रीमतीहरू सचेत बन्न थालेका छन् ।

'सानो होस पुर्‍याउँदैमा जीवन बर्बाद हँुदैन भने लाजशरम मान्न नहुने' सुझाव छ रिताको । उनी भन्छिन्, 'यो त चेतनाको कुरा हो, लाज मान्नुपर्दैन ।' रेडक्रस सामुदायिक सेवाले मात्रै वर्षमा 'साथी शिक्षक' र आफ्नो कार्यालयमार्फत कम्तीमा ३२ हजार कन्डम वितरण गर्ने गरेको छ । 'पोहोरसम्म घरमा श्रीमान् नभएकी महिलाले कन्डम बोकेर हिँडेमा चरित्रहीन भएको आरोप लगाउनेहरू थुप्रै हुन्थे,' नन्दकुमारीले भनिन्, 'पहिला त हामी पनि डराएका थियौं ।'

उनका अनुसार बढ्दो चेतनाकै कारण अहिले भने श्रीमान् विदेशमा रहेकै बेला पनि श्रीमतीले घरमा कन्डम राख्न डराउँदैन । कन्डम मात्रै राख्ने होइन कि श्रीमान् आएपछि नजिकको परामर्श केन्द्र र रक्त परीक्षण केन्द्रसम्म उनलाई लैजान थालेको रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य सेवा केन्द्रकी कार्यक्रम संयोजक गीता पोख्रेलले बताइन् । उनले भनिन्, 'दसैंका बेला श्रीमान्-श्रीमती मिलेर स्वैच्छिक परामर्श लिन तथा रक्त परीक्षण गर्न आउने क्रम बढेको छ ।' अहिले केन्द्रमा दैनिक परामर्श गर्न आउँने जोडीको संख्या कम्तीमा १० पुगेको छ ।

एचआईभी तथा यौनरोगको उपचार श्रीमान्-श्रीमतीले एकैपटक गर्दा लाभदायक हुने स्टाफ नर्स उर्मिला बस्नेतले बताइन् । उनले भनिन्, 'यसरी दम्पती नै एकसाथ आएमा दुवैसँग परामर्श गर्न र एक-अर्काका कुरा बुझ्न पनि सजिलो हुन्छ ।'



http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=227836

No comments:

Post a Comment