Monday, October 4, 2010

दुर्घटना :करेन्ट लागेर बालकको मृत्यु


स्याङ्जा- , आश्विन १७ - पुतलिबजार नगरपालिका-१, विरेन्द्र नगरमा ११ वर्षीय बालकको विद्युतीय करेन्ट लागेर आइतबार  मृत्यु भएको छ ।
 ओरष्टे  स्थायी घर भई  विरेन्द्र नगरमा डेरा गरी बस्ने कमल थापाका छोरा दीपक थापाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थापा खेल्नेक्रममा स्थानीय दिलबहादुर नेपालीको घरको टिनको छानामा छोईदा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपालीको घरको छानामा करेन्ट सर्ट भएको थियो ।
  

No comments:

Post a Comment