Tuesday, October 5, 2010

संकल्प अध्यक्षमा रेग्मी

 एचआईभी एड्सको क्षेत्रमा क्रियाशील संकल्प सहयोग समूहको पाँचौं वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशनले टीका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समूहको उपाध्यक्षमा मनुका शाही, सचिव लक्ष्मण खाँड, सहसचिव काशीराम रेग्मी, सदस्यमा पाण्डव केसी, धनसिंह सारू छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एचआईभीलाई न्यूनीकरण गर्नका लागि सबैले मन खोलेर सहयोग गर्नुपर्ने बताए ।

No comments:

Post a Comment